बचत गर्नै समस्या

सानीमा बैकं दमकले खुद्र्रा पैसा बचत गर्न नमानेको सेवाग्राहिको गुनासो, बैकं भन्छ ‘ त्यो पैसा सर्टिङ गरिएको थिएन ।’

दमक/
सानिमा बैक दमक शाखामा रकम बचत गर्न जाँदा बैकले रकम बचत गर्नै नमानेको आरोप लगाइएको छ ।
झापाको कमल गाउँपालिकामा निर्माण हुँदै गरेको भृकुटि अस्पतालका लेखापालले पाटि भुक्तानी गर्न जाँदा पुरै रकम लिन बैकंकले इन्कार गरेको बताउनु भएको छ । अस्पतालको भौतिक निर्माण भइरहेको र त्यसकालागि सामान सप्लायर गर्ने कम्पनीको खातामा नगद जम्मा गर्न जाँदा पुरा रकम लिन बैकले इन्कार गरेको अस्पतालका लेखापाल तुलसी गौतमले बताउनु भयो । गत पुष २३ गते पशुपति आइरसन एण्ड स्टिल कम्पनीको नाममा मन्सा कन्ट्रक्सन एण्ड सप्लायर्सको नामबाट ९ लाख ५० हजार रुपैया बचत गर्न जाँदा बैंकले २ लाख ५५ हजार रुपैँया चाहि बचत गर्नै नमानेको उहाँले बताउनु भयो । २ लाख ५५ हजार रुपैँया ५ र १० रुपैँयाका नोट भएका कारणनै बैंकले जम्मा गर्न नमानेको र अझ आफुलाई त्यहाबट अपहेलना गरेर बैकंबाट फर्कनु परेको गौतमले पत्रकार सम्मेलननै गरेर आफ् माथी बैंकले अन्याय गरेको बताउन्ु भयो ।

कुनैपनि बित्तीय सस्थाले सेवाग्राहिको रकम बचत नै गर्न नमान्नु वित्तिय ऐन विपरित भएको अस्पताल सञ्चालक समितीका अध्यक्ष बुद्धिमान थापाले बताउनु भयो । कोहि पनि सेवाग्राहिले खुद्रा पैसा बचत गर्न जानै नपाउने गरि सानिमा बैकले व्यवहार गरेको हुँदा यस्ता व्यवहारबाट अन्य सेवाग्राहिलाई दुख दिन नदिन उहाँले पत्रकार सम्मेलन मार्फत बैकलाई अनुरोध गर्नु भएको छ ।
यता बैकले भने यो अरोपको खण्डन गरेको छ ।

 

बैकका अपरेसन इन्चार्ज रोषन खड्काका अनुसार त्यो बचत गर्न आएको रकम अन्य कुनै बैकबाट सर्टिङ नगरिएको पैसा थियो । राष्ट्र बैकको निती अनुसार पनि यस्तो सर्टिङ नगरिएको रकम कुनै पनि बैकले ग्राहकलाई दिनै नमिल्ने तर कुमारी बैकंले नयाँ र पुरानो नोट बर्गिकरण नगरि पठाएको हुँदा त्यस्तो रकम कुनैपनि बैकंले नलिने गरेको पनि खड्काले स्पष्ट पार्नु भयो । खुद्रा पैसा नै भएका कारण चाहि रकम जम्मा नलिएको भन्ने कुरा सत्य नभएको खड्काले स्पष्ट पार्नु भयो । त्योा रकम कुमारी बैकंमै गएरर नयाँ नोट वा सर्टिङ गरेको नोट ल्याएर आउनु भनेर पठाएको कुनै दुव्र्यहार भने नगरेको खड्काले बताउनु भयो ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

सरकारले निशुल्क सिकाएको तालीमको प्रभावकारीता बारे के भन्छन् सहभागीहरू?

दमक नगरपालिका वडा नं. ३ को कार्यालयको पहिलो तला। एउटा उज्यालो हल, जहाँ २० जना महिलाहरू व्यस्त छन्। कोही डमीको कपाल मिलाउँदै, कोही एक–अर्कालाई मेकअप

दमक खेलकुद महोत्सवको रौनकः मैदानमा उत्साह, मनमा उमङ्ग

दमक,३१ वैशाख । विशाल खेल मैदान । बीचमा पसिना बगाउँदै गरेका जोसिला खेलाडी। अनि मैदानको चारैतिर आफ्ना मनपर्ने टोलीलाई उत्साह थप्दै चिच्याइरहेका हजारौँ दर्शक। यो

नेपाल मोबाइल व्यवसायी महासंघको तेस्रो महाधिवेशन जेठ १ र २ गते काठमाडौंमा हुने

काठमाडौं,३१ वैशाख । नेपाल मोबाइल व्यवसायी महासंघको तेस्रो केन्द्रीय महाधिवेशन तथा पाँचौं साधारणसभा यही जेठ १ र २ गते काठमाडौंमा हुने भएको छ । महासंघले

सीमा विवादको समाधान कूटनीतिक संवादबाट खोजिने’ भन्ने प्रावधानप्रति आपत्ति :गणेशसिंह ठगुन्ना

काठमाडौं,३१ वैशाख । नेकपा एमालेका सांसद गणेशसिंह ठगुन्नाले लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको भूमि भएकाले त्यसलाई सीमा विवादका रूपमा नभई अतिक्रमित भूभागका रूपमा स्पष्ट उल्लेख

सरकारबाट निजी क्षेत्रमाथि भय सिर्जना गर्ने काम भइरहेको छ : रामकुमारी झाँक्री

काठमाडौं,३१ वैशाख । राष्ट्रियसभा सदस्य एवं नेकपा (एमाले)की नेतृ रामकुमारी झाँक्रीले सरकारको नीति तथा कार्यक्रम पुरानै कार्यक्रमको निरन्तरता मात्र भएको टिप्पणी गर्नुभएको छ ।  

संविधान केवल अक्षरहरूको सङ्ग्रह होइन : सुहाङ नेम्वाङ

काठमाडौं,३१ वैशाख । नेकपा एमालेका सांसद सुहाङ नेम्वाङले संविधान संशोधन केवल संशोधनका लागि मात्र नभई जनताको अधिकारलाई थप सुदृढ गर्दै अग्रगमनतर्फ उन्मुख हुनुपर्ने बताउनु भएको