"बचत गर्नै समस्या"

सानीमा बैकं दमकले खुद्र्रा पैसा बचत गर्न नमानेको सेवाग्राहिको गुनासो, बैकं भन्छ ‘ त्यो पैसा सर्टिङ गरिएको थिएन ।’

दमक/
सानिमा बैक दमक शाखामा रकम बचत गर्न जाँदा बैकले रकम बचत गर्नै नमानेको आरोप लगाइएको छ ।
झापाको कमल गाउँपालिकामा निर्माण हुँदै गरेको भृकुटि अस्पतालका लेखापालले पाटि भुक्तानी गर्न जाँदा पुरै रकम लिन बैकंकले इन्कार गरेको बताउनु भएको छ । अस्पतालको भौतिक निर्माण भइरहेको र त्यसकालागि सामान सप्लायर गर्ने कम्पनीको खातामा नगद जम्मा गर्न जाँदा पुरा रकम लिन बैकले इन्कार गरेको अस्पतालका लेखापाल तुलसी गौतमले बताउनु भयो । गत पुष २३ गते पशुपति आइरसन एण्ड स्टिल कम्पनीको नाममा मन्सा कन्ट्रक्सन एण्ड सप्लायर्सको नामबाट ९ लाख ५० हजार रुपैया बचत गर्न जाँदा बैंकले २ लाख ५५ हजार रुपैँया चाहि बचत गर्नै नमानेको उहाँले बताउनु भयो । २ लाख ५५ हजार रुपैँया ५ र १० रुपैँयाका नोट भएका कारणनै बैंकले जम्मा गर्न नमानेको र अझ आफुलाई त्यहाबट अपहेलना गरेर बैकंबाट फर्कनु परेको गौतमले पत्रकार सम्मेलननै गरेर आफ् माथी बैंकले अन्याय गरेको बताउन्ु भयो ।

कुनैपनि बित्तीय सस्थाले सेवाग्राहिको रकम बचत नै गर्न नमान्नु वित्तिय ऐन विपरित भएको अस्पताल सञ्चालक समितीका अध्यक्ष बुद्धिमान थापाले बताउनु भयो । कोहि पनि सेवाग्राहिले खुद्रा पैसा बचत गर्न जानै नपाउने गरि सानिमा बैकले व्यवहार गरेको हुँदा यस्ता व्यवहारबाट अन्य सेवाग्राहिलाई दुख दिन नदिन उहाँले पत्रकार सम्मेलन मार्फत बैकलाई अनुरोध गर्नु भएको छ ।
यता बैकले भने यो अरोपको खण्डन गरेको छ ।

 

बैकका अपरेसन इन्चार्ज रोषन खड्काका अनुसार त्यो बचत गर्न आएको रकम अन्य कुनै बैकबाट सर्टिङ नगरिएको पैसा थियो । राष्ट्र बैकको निती अनुसार पनि यस्तो सर्टिङ नगरिएको रकम कुनै पनि बैकले ग्राहकलाई दिनै नमिल्ने तर कुमारी बैकंले नयाँ र पुरानो नोट बर्गिकरण नगरि पठाएको हुँदा त्यस्तो रकम कुनैपनि बैकंले नलिने गरेको पनि खड्काले स्पष्ट पार्नु भयो । खुद्रा पैसा नै भएका कारण चाहि रकम जम्मा नलिएको भन्ने कुरा सत्य नभएको खड्काले स्पष्ट पार्नु भयो । त्योा रकम कुमारी बैकंमै गएरर नयाँ नोट वा सर्टिङ गरेको नोट ल्याएर आउनु भनेर पठाएको कुनै दुव्र्यहार भने नगरेको खड्काले बताउनु भयो ।

 

Share: