गाउँपालिकाले बढाइरहेछ चुलाचुलीमा सृजनाको माहोल

चुलाचुली, इलाम, १९ असोज /
जिल्ला सदरमुकामबाट हेंला हुँदै विकटताको पीडामा रुमलिँदै आएको दक्षिणी इलामको चुलाचुली अहिले विकासको गतिसँगै सृजना क्षेत्रमा समेत अघि बढेर आफ्नो फरक चिनारी स्थापित गर्ने कार्यमा अग्रसर छ । यही मेसोमा राखिएको दशैंको शुभकामनासहितको कृतिमाथिको परिचर्चा कार्यक्रम सृजना प्रवद्र्धनको प्रभावकारी कार्यक्रम बन्यो ।

 

अवकासप्राप्त शिक्षक इलामका जीवनहरि शर्माको इलामको विषयलाई समेटेर छन्दमा तयार गरिएको कृति ‘सप्त सरोबर काव्य’माथिको परिचर्चा कार्यक्रममा साहित्यिक माहोल जम्न पुगेको हो । बालसर्जकहरुबाट पनि उत्तिकै प्रभावपूणर् कविता प्रस्तुत हुँदा साहित्य विस्तारको मीठो अनुभूति हुन्थ्यो । यसक्रममा कृतिका काफ्लेले नेपाली एकताको गहन सन्देशको यो कविता प्रस्तुत गर्नुभयो ।

 

पाउँपालिका कार्यालयले उपसमितिका रुपमा खडा गरेको ‘चुलाचुली भाषा साहित्य संस्कृति तथा पर्यटन प्रवद्र्धन समन्वय समिति’ले आयोजना गरेको यो पहिलो कार्यक्रम हो । कार्यक्रममा दशैं तिहार, छैठ सहितको शुभकामना व्यक्त गर्ने क्रममा भूँइमान्छेहरुका लागि दशैं कहर बनेको समेत सृजनामा प्रस्तुत भए ।

 

 

कार्यक्रममा, कविहरु प्राज्ञ सुमित्रा बाङ्देल चेली, हेम अधिकारी र यज्ञ परिश्रमीले काव्य कृतिमाथि परिचर्चा गर्दै २१ वटा छन्दको प्रभावकारी प्रयोग गरेर इलामको इतिहाससहित वर्तमान समेटेर अन्वेषणमा आधारित सो कृति ज्ञानको भण्डार भएको उल्लेख गर्नुभयो । नायक नभएको कोषकाव्यका रुपमा कृतिलाई परिभाषित समेत गरिएको छ ।

 

चुलाचुलीका शक्तिशाली सर्जक एवम् समन्वय समिति उपाध्यक्ष सुन्दर कुरुपले स्वागत रचनाका क्रममा सृजना समाजको चलायमान ऐना रहेको र यसको तागत नजर अन्दाज गर्न नहुँने बताउँदै आफूले साहित्य साँस्कृतिक संग्रहालयका लागि जग्गा समेत दिन तयार गरेको उर्जाशील भावना व्यक्त गर्नुभयो ।

 

समिति अध्यक्ष विवशवलिभद्र कोइरालाको अध्यक्षताको कार्यक्रममा, सर्जकहरु अभागी थेगुवा, भूपेन्द्रराज तिम्सिना, एनबी दाहाल नवीन, दिलीप राई सगर, रुमानी कुलुङ, सेलिङ केसी, दिलीप घिमिरे, मेघनाथ बन्धु, गोपाल दाहाल, रुद्र प्रभात, राजकुमार सुब्बा अनिश्चित, तुलसी भट्टराई, प्रेमप्रकाश पोखरेल, भिजन गुरागाईं, सौरभ बास्कोटा, वीरेन्द्र खड्का, भोला पोखरेल, उद्धव न्यौपाने, सञ्जय राई, विनोद थापा, युगयोगी राईले कविता, गजल सहितका रचना प्रस्तुत गर्नुभयो । बालसर्जकहरु कृतिका काफ्ले, खुसी लावती, इशान केरुङ अनि चुलाचुली ५ का अध्यक्ष वविन राईले समेत कविता प्रस्तुत गर्नुभयो ।

 

ज्ञानोदय लावतीले मूर्तिकलामार्फत चुलाचुलीको सृजना चिनाउँदै गर्नुभएको थियो । पछि आएर साहित्य तथा नाट्य क्षेत्रले चुलाचुलीलाई चिनाउन थालेको अवस्थामा पालिकाले सृजना प्रवद्र्धन क्षेत्रको समिति बनाएर अघि बढ्नुले त्यहाँको सृजनाको तागत प्रस्टिन्छ ।

 

 

गाउँपालिका उपाध्यक्ष दिलकुमारी लावती, १ नम्बर वडाध्यक्ष पूणर् लावतीले समेत सृजना क्षेत्रको प्रवद्र्धनमा आफूहरु जुटेको धारणा राख्नु भयो । पालिकाले सो समितिलाई यो वर्ष ५ लाख रुपैयाँ विनियोजित गरेको छ । रचना वाचन सहितको कृति परिचर्चा कार्यक्रममा गाउँपालिका प्रमुख राजेन्द्र केरुङ अरु काम छोडेर कार्यक्रम अवधिभर उत्सुकतापूर्वक रहेर सृजना क्षेत्रलाई प्रोत्साहन दिनुभयो ।
सृजना क्षेत्रको प्रवद्र्धन तथा प्रोत्साहनमा गाउँपालिकाको यसखाले चिन्तनप्रति सहभागिहरुले प्रशंसा व्यक्त गरेका छन् ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

इलाम दुर्घटना: धन्न मानवीय क्षति भने भएन

इलाम १५ असार । इलाम नगरपालिका–९ राजदुवालीस्थित मेची राजमार्गमा आइतबार दिउँसो गोलिया (काठ) लोड गरेको ट्रक अनियन्त्रित भई करिब १०० मिटर तल खस्दा दुर्घटना भएको छ।

त्रिविका क्याम्पसहरूबाट दलीय विद्यार्थी संगठनका संरचना हटाउन निर्देशन

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आफ्ना सबै आंगिक क्याम्पसहरूबाट दलनिकट विद्यार्थी संगठनका संरचनाहरू हटाउन निर्देशन दिएको छ। विश्वविद्यालयको विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयले सोमबार

किसानलाई राहत कि केवल सरकारी औपचारिकता ?

काठमाडौं १५ असार ।  नेपालमा आज (असार १५) २३औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव हर्षोल्लासका साथ मनाइँदै छ । ‘मानो रोपेर मुरी फलाउने’ महिनाको

प्र्यांकको नाममा समाजलाई त्रास बनाउने खेल कहिलेसम्म

झापा १५ असार । पछिल्लो समय सामाजिक सञ्जालमा प्र्यांकको नाममा देखाइने केही गतिविधिले एउटा गम्भीर प्रश्न खडा गरेको छ—हामी मनोरञ्जन गरिरहेका छौँ कि समाजमा डर

सुस्ता क्षेत्रको विवाद अझै समाधान हुन सकेन : भीम रावल

काठमाडौं ,१५ असार । नेपाली कम्युनिस्ट पार्टीका नेता भीम रावलले नेपाल जस्तो संवेदनशील भूराजनीतिक अवस्थाको देशले आफ्नो राष्ट्रिय हित र सीमाको सुरक्षामा अडान लिनुपर्ने बताउनु

बेरुजु दोहोरिनु वित्तीय अनुशासनका लागि गम्भीर चिन्ताको विषय : सभामुख अर्याल

काठमाडौं , १५ असार । सभामुख डोलप्रसाद अर्यालले वर्षेनी एउटै प्रकृतिका बेरुजु दोहोरिनु वित्तीय अनुशासन, सुशासन र सार्वजनिक उत्तरदायित्वका दृष्टिले गम्भीर चिन्ताको विषय भएको बताउनु