कलेज प्रवेशमा रोक

नोबेल मेडिकल कलेजका विद्यार्थी मंगलबार पनि प्रदर्शनमा

 

मोरङ — अतिरिक्त शुल्क नबुझाउने एमबीबीएसमा भर्ना भएका नयाँ विद्यार्थीलाई कलेज प्रवेशमा रोक लगाएको विरोधमा विद्यार्थीहरुले मंगलबार पनि नोबेल मेडिकल कलेज विराटनगरमा प्रदर्शन गरेका छन् ।

पीडित विद्यार्थीहरु आज टायर बालेर प्रदर्शन गर्दै रिले अनशन बसेका हुन् ।नेपाल विद्यार्थी संघ, अनेरास्ववियू, अखिल क्रान्तिकारी, नेकपा (एकीकृत समाजवादी)का भ्रातृ संगठन अनेरास्ववियू, समाजवादी विद्यार्थी यूनियन मोरङ र चिकित्सा शिक्षा विद्यार्थी आन्दोलन संघर्ष अभियानको सहयोगमा आन्दोलनरत विद्यार्थीहरुले आइतबारदेखि कलेजमा रिले अनशन बस्दै आएका हुन् ।

रिले अनशन बस्ने क्रममा आइतबार सुरक्षा गार्डको आक्रमणले नेकपा (एकिकृत समाजवादी)का भातृ संगठन अनेरास्ववियूका सचिव किसन भगतको टाउको फुटेर घाइते भएका थिए ।

पीडित विद्यार्थीहरुले ५ विद्यार्थी संगठनको सहयोगमा कलेज प्रशासनमा पुस २१ गते नै तालाबन्दी गर्दा समेत समस्या समाधान गर्नेतर्फ राज्य र कलेज प्रशासनको ध्यान नपुगेको भन्दै गुनासो पोखे ।

गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालय मोरङलाई मेडिकल कलेजले अतिरिक्त शुल्क लिएको र अतिरिक्त शुल्कको बहानामा विद्यार्थीको पठनपाठन रोकिएको भए कानुनी कारबाही गर्न पत्राचार गरेको छ ।

मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले विद्यार्थीहरूलाई कलेजले अतिरिक्त शुल्क मागेको उजुरी जिल्ला प्रहरी कार्यालयमा दिन आग्रह गरेका छन् । तर‚ एमबीबीएस अध्ययनका क्रममा कलेजले आन्तरिक मूल्यांकन गरेर परीक्षामा अंक दिने भएकाले कलेजविरुद्ध उजुरी दिन नसकेको बताएका छन् ।

अनेरास्ववियू मोरङका नविन पहाडीले कलेज प्रशासनले परीक्षामा आन्तरिक मूल्यांकनको अंक नदिई अनुत्तीणर् गराउने भएकाले कलेजविरुद्ध उजुरी गर्नु विद्यार्थी र अभिभावकका लागि चुनौतीपूणर् रहेको बताए । राज्यले विद्यार्थीको समस्या समाधानका लागि अघि बढ्नुपर्ने पीडित विद्यार्थीहरुले माग गरेका छन् ।
जिल्ला प्रशासन कार्यालय मोरङको निर्देशनमा पुस ११ गतेदेखि पठनपाठन सञ्चालन गरेको कलेज प्रशासनले अतिरिक्त शुल्क नबुझाएको भन्दै पुस १४ गतेदेखि पठनपाठनमा रोक लगाएको छ ।

कलेजमा रहेको एक सय विद्यार्थीको कोटामा भर्ना भएका ९६ विद्यार्थीमध्ये नौ जना भारतीय, १० जना छात्रवृत्तिका र पाँच जना अतिरिक्त शुल्क बुझाएका विद्यार्थीलाई पढाइरहेको तर आफूहरूलाई अतिरिक्त शुल्क नबुझाएको भन्दै कलेज प्रवेशमा नै रोक लगाएकाले पीडित विद्यार्थीहरुले आन्दोलनलाई निरन्तरता दिँदै आएका छन् ।

कलेजले आयोगले तोकेभन्दा विपरीत पठनपाठन सुरु नै नगरी चार लाख ८२ हजार अतिरिक्त शुल्क बुझाउन दबाब दिएपछि अभिभावक तथा विद्यार्थीले प्रदेश १ का मुख्यमन्त्री, मन्त्रीदेखि जिल्ला प्रशासनमा ज्ञापनपत्र बुझाएर न्यायका लागि अपील गरेका थिए । तर‚ हालसम्म सो विषयमा कतै सुनुवाइ हुन सकेको छैन ।

चिकित्सा शिक्षा आयोगले एमबीबीएस अध्ययनका लागि ४४ लाख ३६ हजार २५ रुपैयाँ शुल्क निर्धारण गरेको छ । त्यसमध्ये प्रथम वर्षको १४ लाख ८५ हजार अभिभावकले बुझाइसकेका छन् । तर‚ कलेज सञ्चालक सुनिल शर्मा अतिरिक्त २० लाख शुल्क बुझाउने सम्झौता पत्रमा हस्ताक्षर गराएपछि मात्रै पठनपाठन सुरु गर्ने अडानमा छन् ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

अमेरिका–इरान शान्ति सम्झौता आजै हुने ट्रम्पको दाबी

एजेन्सी,३१ जेठ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग शान्ति सम्झौतामा आइतबार(आज) हस्ताक्षर हुने र त्यसपछि तुरुन्तै होर्मुज जलडमरू खुल्ने दावी गर्नु भएको छ् । ‘सम्झौता

सर्लाहीमा ईभीको ठक्करबाट एक महिलाको मृत्यु, एक घाइते

सर्लाही,३१ जेठ । सर्लाहीमा ईभी हाईस(माइक्रो)को ठक्करबाट एक महिलाको मृत्यु भएको छ भने अर्की महिला घाइते भएकी छन् । जिल्लाको बागमती नगरपालिका–९ स्थित निर्माण चोक

नेतृत्वलाई दबाब दिन विराटनगरमा कांग्रेस इतर पक्षको शक्ति प्रदर्शन

विराटनगर,३१ जेठ । नेपाली कांग्रेसको संस्थापन इतर पक्षले आज विराटनगरमा प्रदेशस्तरीय भेला आयोजना गर्दै पार्टी नेतृत्वमाथि दबाब सिर्जना गर्ने तयारी गरेको छ । कोशी प्रदेशका

दमक नगरपालिकाद्वारा वडागत बजेट सिलिङ सार्वजनिक ,कुन वडालाई कति?

दमक,३० जेठ।“औद्योगिक, पर्यटकीय र हरित नगर, स्वच्छ, सुरक्षित र समृद्ध नगर“ भन्ने सुन्दर नाराका साथ अघि बढिरहेको कोशी प्रदेश, नेपालको झापा जिल्लास्थित दमक नगरपालिकाको कार्यालयले

मृत्यु भएका आठै जनाको पहिचान खुल्यो

रामेछाप,३० जेठ । बीपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–२ स्थित सेल्फीडाँडामा हिजो भएको यात्रुवाहक बस दुर्घटनामा मृत्यु भएका आठै जनाको पहिचान खुलेको छ। जिल्ला प्रहरी कार्यालय

ब्राजिल र मोरक्कोबीच आइतबार महाभिडन्त

काठमाडौं,३० जेठ । फिफा विश्वकप २०२६ अन्तर्गत समूह चरणको बहुप्रतिक्षित खेलमा आइतबार प्रतियोगिताको सबैभन्दा सफल टोली ब्राजिल र अफ्रिकन जायन्ट मोरक्को आमने–सामने हुँदैछन् । न्यु