औद्योगिक इन्फरमेशन टेक्नोलोजीको २४ महिने निःशुल्क तालिम

दमक, कार्तिक ४
बहुप्राविधिक शिक्षालयका रुपमा विभिन्न विषयमा डिप्लोमा तहको अध्यापन गराउँदै आएको दमक १ स्थित पुष्प- धीरेन्द्र स्मृति प्रतिष्ठानले निःशुल्क रुपमा औद्योगिक प्रशिक्षार्थी प्रि डिप्लोमा तहको इन्फरमेशन टेक्नोलोजी तालिम प्रदान गर्ने भएको छ ।

 

प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषदको समन्वयमा कोशी प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय र दिगो तथा सम्मानित रोजगारीका लागि सीप परियोजना अन्तर्गत औद्योगिक प्रशिक्षार्थी तालिमका रुपमा २४ महिने प्रि डिप्लोमा तहको इन्फरमेशन टेक्नोलोजी सम्बन्धि अध्यापन गराइने भएको हो । एसएलसी वा एससीई उत्तिणर्का लागि कार्तिक ६ गतेसम्ममा आवेदन गर्न प्रतिष्ठानले सार्वजनिक सूचना जारी गरी जानकारी गराएको छ । जसमा ३० जनाको कोटा रहेको उल्लेख गरिएको छ ।

 

मुख्य रुपमा आर्थिक रुपले कमजोर अवस्था भएका तथा द्वन्द पीडितहरुका लागि यसखाले निःशुल्क तालिम प्रदान गरिने प्रतिष्ठानका अध्यक्ष तीर्थराज बस्नेत शंकरले जनाउनु भयो । उहाँले यसअघि पनि विभिन्न विषयमा निःशुल्क शिक्षणको व्यवस्था गर्दै आएको उल्लेख गर्नुभयो ।

 

सरकार -माओवादी द्वन्दकालमा वेपत्ता भएका दमक १ का पुष्प र धीरेन्द्र बस्नेत दाजुभाइको स्मृतिमा २०७५ सालमा सो प्रतिष्ठान स्थापना भएर सिभिल इन्जिनियरिङ, जियोमेट्रिक इन्जिनियरिङ, कम्प्युटर इन्जिनियरिङको डिप्लोमा तहको अध्यापन गराउँदै आएको छ । विभिन्न विषयमा छोटो अवधिका प्राविधिक तालिम समेत यसले सञ्चालन गर्दै आएको छ ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

पत्रकार किशोर श्रेष्ठविरुद्ध रास्वपा नेता हिमेश पन्तद्वारा साइबर ब्युरोमा उजुरी

काठमाडौं , असोज ३०। कलाकार तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य हिमेश पन्तले पत्रकार किशोर श्रेष्ठविरुद्ध नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी दर्ता गराउनुभएको

७१औँ प्रहरी दिवसमा उत्कृष्ट प्रहरी र अमर प्रहरीका सन्तति सम्मानित

काठमाडौं , असोज ३०। ७१औँ प्रहरी दिवस २०८३ को अवसरमा आयोजित विशेष समारोहमा विभिन्न विधामा उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारी,अवकाशप्राप्त अधिकारी तथा अमर प्रहरीका सन्ततिहरूलाई

सरकारद्वारा खुला प्रतिस्पर्धाबाट विभिन्न सार्वजनिक निकायमा ६११ पदाधिकारी नियुक्त

काठमाडौं , असोज ३०। सरकारले पछिल्लो अवधिमा विभिन्न मन्त्रालय तथा सार्वजनिक निकायहरूमा खुला प्रतिस्पर्धा र पारदर्शी प्रक्रियामार्फत ६११ जना पदाधिकारी नियुक्ति गरेको छ । प्रधानमन्त्री

मन्त्रिपरिषद् बैठक : गहुँको समर्थन मूल्य निर्धारण, जापान र जर्मनीको अनुदान स्वीकार गर्ने निर्णय

काठमाडौं , असोज ३०। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक गरिएको छ । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले मन्त्रिपरिषद्का १३ मुख्य निर्णय सार्वजनिक गरेका

दशैंमा पिङ खेल्ने हो ? दमकका यी यूवाको सकृयतामा ठडीयो यी ठाउँमा पीङ

दमक, ३० असोज। गाउँघरमा दशैं आएको छनक नयाँ लुगा, मीठो परिकार र रातो टीकासँगै आकाश छुने लिङ्गे पिङले पनि दिन्थ्यो। पिङ मच्चाउँदै रमाउने बालबालिका, पालो

चिकित्सा शिक्षा आयोगद्वारा स्नातक र उच्च तहका सिट निर्धारण, सरकारी संस्थामा सिट वृद्धि

३० असोज, काठमाडौं । चिकित्सा शिक्षा आयोगले शैक्षिक सत्र २०८३/०८४ का लागि चिकित्सा शिक्षाका विभिन्न तहमा सिट निर्धारण गरेको छ । आयोगको २८औँ बैठकले स्नातक,