औद्योगिक इन्फरमेशन टेक्नोलोजीको २४ महिने निःशुल्क तालिम

दमक, कार्तिक ४
बहुप्राविधिक शिक्षालयका रुपमा विभिन्न विषयमा डिप्लोमा तहको अध्यापन गराउँदै आएको दमक १ स्थित पुष्प- धीरेन्द्र स्मृति प्रतिष्ठानले निःशुल्क रुपमा औद्योगिक प्रशिक्षार्थी प्रि डिप्लोमा तहको इन्फरमेशन टेक्नोलोजी तालिम प्रदान गर्ने भएको छ ।

 

प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषदको समन्वयमा कोशी प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय र दिगो तथा सम्मानित रोजगारीका लागि सीप परियोजना अन्तर्गत औद्योगिक प्रशिक्षार्थी तालिमका रुपमा २४ महिने प्रि डिप्लोमा तहको इन्फरमेशन टेक्नोलोजी सम्बन्धि अध्यापन गराइने भएको हो । एसएलसी वा एससीई उत्तिणर्का लागि कार्तिक ६ गतेसम्ममा आवेदन गर्न प्रतिष्ठानले सार्वजनिक सूचना जारी गरी जानकारी गराएको छ । जसमा ३० जनाको कोटा रहेको उल्लेख गरिएको छ ।

 

मुख्य रुपमा आर्थिक रुपले कमजोर अवस्था भएका तथा द्वन्द पीडितहरुका लागि यसखाले निःशुल्क तालिम प्रदान गरिने प्रतिष्ठानका अध्यक्ष तीर्थराज बस्नेत शंकरले जनाउनु भयो । उहाँले यसअघि पनि विभिन्न विषयमा निःशुल्क शिक्षणको व्यवस्था गर्दै आएको उल्लेख गर्नुभयो ।

 

सरकार -माओवादी द्वन्दकालमा वेपत्ता भएका दमक १ का पुष्प र धीरेन्द्र बस्नेत दाजुभाइको स्मृतिमा २०७५ सालमा सो प्रतिष्ठान स्थापना भएर सिभिल इन्जिनियरिङ, जियोमेट्रिक इन्जिनियरिङ, कम्प्युटर इन्जिनियरिङको डिप्लोमा तहको अध्यापन गराउँदै आएको छ । विभिन्न विषयमा छोटो अवधिका प्राविधिक तालिम समेत यसले सञ्चालन गर्दै आएको छ ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

दमकका सडक सौन्दर्र्यीकरणले नगरको पहिचान फेरिदै, स्थानीय के भन्छन् ?

दमक, कार्तिक २८ । अहिलेको शहरीकरणको समयमा, धेरै स्थानमा हरियालीको अभाव देखिन्छ। तर, दमक नगरपालिकाले यसको विपरीत, सडक किनारमा हरियाली राख्ने पहल गरेको छ। यसले

मधेश प्रदेशमा कलिलै उमेरमा विवाह गर्ने प्रवृत्ति अझै पनि बलियो

काठमाण्डौं,२८ कार्तिक । कानुनी प्रतिबन्ध र निरन्तरका जनचेतनामूलक अभियानका बाबजुद मधेश प्रदेशमा बालविवाहको अवस्था अझै विकराल रहेको एक सरकारी तथ्याङ्कले देखाएको छ।राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक

९८ किलो गाजासहित २ पक्राउ

सुनसरी, कार्तिक २८ । सुनसरीको इटहरी उपमहानगरपालिका–३ डाँडागाउँ टोलबाट प्रहरीले ९८ किलो गाँजा बरामद गरेको छ । सीटी सफारीमा लोड गरिएको अवस्थामा गाँजा बरामद भएको

संसद पुनर्स्थापनाकाे विकल्प छैन : सभामुख देवराज घिमिरे

बिर्तामोड,२८ कार्तिक । सभामुख देवराज घिमिरेले छिटोभन्दा छिटो संसद पुर्नस्थापना हुनुपर्ने बताउनु भएको छ् । उहाँले असंवैधानिक प्रक्रियाबाट संसद विघटन भएकोले पुर्नस्थापना हुनैपर्ने बताउनु भयो

दमकमा ट्राफिक व्यवस्थापन अस्तव्यस्त–नियम कार्यान्वयन गर्नै सकेन नगरले

दमक, २७ कार्तिक । दमक नगरपालिकामा रहेका मुख्य बजार क्षेत्रहरुको सडकहरुमा ट्राफिक व्यवस्थापन गर्न र दुर्घटना न्युनीकरण गर्नका लागी भनेर एकतर्फी पार्किङको नियम बनाईएको थियो