मौलिकता र संस्कृति जोगाउन खुला भजन प्रतियोगिता

पथरी, कार्तिक १०
मोरङको पथरी शनिश्चरे वडा नम्बर ३ आइतबारेमा आफ्नो मौलिकता र संस्कृतिको जोगाउने उद्देश्यले शनिबार खुला भजन किर्तन प्रतियोगिता सम्पन्न भएको छ ।

 

पथरी शनिश्चरे वडा नं ३ को वडा कार्यालयको मुख्य सहयोगमा महिला जागरुक हरिकिर्तन समूह तथा सङ्गीनी समूहको आयोजनामा आयोजित प्रतियोगितामा नगरभित्रका १२ वटा भजन किर्तन टोलीले सहभागिता जनाएका थिए ।

 

निकै रोचक र सुमधुर भजनहरू प्रस्तुत भएको प्रतियोगितामा दिर्घायु हरि किर्तन मण्डली, पशुपति हरिकिर्तन र ज्ञान कुञ्ज हरि कीर्तन मण्डली क्रमशः प्रथम, द्वितीय र तृतीय भए भने सान्त्वना स्थान सिद्धेश्वर हरिकिर्तन मण्डलीले प्राप्त गर्यो । पुरस्कृत भजन किर्तन टोलीलाई कार्यक्रमकी प्रमुख अतिथि नगर पालिकाकी उपप्रमुख देवीमाया काफ्लेले क्रमशः. ३ हजार ,२ हजार , १ हजार ५ सय र १ हजार नगद र प्रमाणपत्र सहित दोसल्ला ओढाएर सम्मान समेत गरिएको छ ।

 

महिला जागरुक हरि किर्तन मण्डलीका सल्लाहकार खगेन्द्रप्रसाद लुइँटेलले लोकसंस्कृति संरक्षण र सम्वद्र्धन आजको आवश्यकता भएको भन्दै कार्यक्रमको औचित्यमाथि प्रकाश पार्नुभयो ।

 

महिला जागरुक हरिकिर्तन समुह तथा संगीनी समूहकी अध्यक्ष देवीमाया पोखरेलको अध्यक्षताका कार्यक्रममा पथरी शनिश्चरे नगरपालिकाकी उपप्रमुख देवीमाया काफ्लेको प्रमुख आथित्यता रहेको थियो ।

 

कार्यक्रममा वडा नम्बर ८ का अध्यक्ष नवीनजंग कार्की, ३ का अध्यक्ष विजय लिम्बू, ४ का अध्यक्ष लोकनाथ न्यौपाने, वडा सदस्यहरू झन्केश्वरी अधिकारी, टंक पराजुली, चन्द्रबहादुर चेम्जोङ लगायतको आतिथ्यता रहेको थियो ।

 

कार्यक्रममा हरिनाम हरिकिर्तन समूह, देवी हरिकिर्तन समूह, पशुपती हरिकिर्तन मण्डली, दीर्घायु हरिकिर्तन मण्डली, पाथीभरा दुर्गा पाञ्चायन हरिकिर्तन, सिद्धेश्वर हरिकिर्तन मण्डली, महिला जागरूक हरि किर्तन समूह, सिद्धेश्वरी पाञ्चायन हरिकिर्तन मण्डली, ज्ञानकुञ्ज हरिकिर्तन मण्डली, रामजानकी हरिकिर्तन मण्डली सिद्धीविनायक हरिकिर्तन मण्डली लगायतले भाग लिएका थिए ।

 

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

गोरखा, बागलुङ र धादिङका प्रभावित स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

३०  असोज, काठमाडौं। सरकारले बाढी तथा पहिरोबाट प्रभावित गोरखा, बाग्लुङ र धादिङका विभिन्न स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरेको

‘सिद्धान्तहीन सरकारले कसरी जनताको पक्षमा काम गर्छ ?’ : कमला पन्त

काठमाडौं , असोज ३०। नेपाली कांग्रेसकी राष्ट्रिय सभा संसदीय दलकी नेता कमला पन्तले वर्तमान सरकारमा सैद्धान्तिक विचलन देखिएको आरोप लगाउनुभएको छ । उहाले सरकारसँग स्पष्ट

भूमि तथा वन सम्बन्धी अध्यादेश संसदमै छलफल हुनुपर्छ : कांग्रेस

काठमाडौं,३० असोज। नेपाली कांग्रेसकी प्रमुख सचेतक बासना थापाले भूमि तथा वन सम्बन्धी अध्यादेश संसदमा छलफल गरेर मात्रै अघि बढाउनुपर्ने पार्टीको धारणा रहेको बताउनु भएको छ

धार्मिक विधिसहित खोकना जात्रा मनाइयो

ललितपुरको खोकनामा परम्परागत तथा ऐतिहासिक खोकना जात्रा विभिन्न धार्मिक तथा सांस्कृतिक विधि पूरा गर्दै मनाइएको छ । जात्रामा परम्परागत पूजा, धार्मिक अनुष्ठान तथा सांस्कृतिक गतिविधि

अनुशासनहीन बन्दै समाज : कारण र समाधान

काठमाडौँ,३० असोज । सामान्य अर्थमा भन्दा आफ्नो कर्मलाई धर्म र नैतिक नियम अनुरूप सञ्चालन गर्नु अर्थात कसैको दवाव र करकाप विना आफ्नो कर्तव्य र सामाजिक

कांग्रेसको नयाँ नेतृत्वमा आधा दर्जनभन्दा बढी चिकित्सक, फिरदोस आलम सहमहामन्त्रीमा विजयी

३० असोज, काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत सम्पन्न केन्द्रीय कार्यसमितिको निर्वाचनमा आधा दर्जनभन्दा बढी चिकित्सकहरू निर्वाचित हुनुभएको छ । मतगणनाको प्रारम्भिक नतिजाअनुसार चिकित्सा पेशामा