मौलिकता र संस्कृति जोगाउन खुला भजन प्रतियोगिता

पथरी, कार्तिक १०
मोरङको पथरी शनिश्चरे वडा नम्बर ३ आइतबारेमा आफ्नो मौलिकता र संस्कृतिको जोगाउने उद्देश्यले शनिबार खुला भजन किर्तन प्रतियोगिता सम्पन्न भएको छ ।

 

पथरी शनिश्चरे वडा नं ३ को वडा कार्यालयको मुख्य सहयोगमा महिला जागरुक हरिकिर्तन समूह तथा सङ्गीनी समूहको आयोजनामा आयोजित प्रतियोगितामा नगरभित्रका १२ वटा भजन किर्तन टोलीले सहभागिता जनाएका थिए ।

 

निकै रोचक र सुमधुर भजनहरू प्रस्तुत भएको प्रतियोगितामा दिर्घायु हरि किर्तन मण्डली, पशुपति हरिकिर्तन र ज्ञान कुञ्ज हरि कीर्तन मण्डली क्रमशः प्रथम, द्वितीय र तृतीय भए भने सान्त्वना स्थान सिद्धेश्वर हरिकिर्तन मण्डलीले प्राप्त गर्यो । पुरस्कृत भजन किर्तन टोलीलाई कार्यक्रमकी प्रमुख अतिथि नगर पालिकाकी उपप्रमुख देवीमाया काफ्लेले क्रमशः. ३ हजार ,२ हजार , १ हजार ५ सय र १ हजार नगद र प्रमाणपत्र सहित दोसल्ला ओढाएर सम्मान समेत गरिएको छ ।

 

महिला जागरुक हरि किर्तन मण्डलीका सल्लाहकार खगेन्द्रप्रसाद लुइँटेलले लोकसंस्कृति संरक्षण र सम्वद्र्धन आजको आवश्यकता भएको भन्दै कार्यक्रमको औचित्यमाथि प्रकाश पार्नुभयो ।

 

महिला जागरुक हरिकिर्तन समुह तथा संगीनी समूहकी अध्यक्ष देवीमाया पोखरेलको अध्यक्षताका कार्यक्रममा पथरी शनिश्चरे नगरपालिकाकी उपप्रमुख देवीमाया काफ्लेको प्रमुख आथित्यता रहेको थियो ।

 

कार्यक्रममा वडा नम्बर ८ का अध्यक्ष नवीनजंग कार्की, ३ का अध्यक्ष विजय लिम्बू, ४ का अध्यक्ष लोकनाथ न्यौपाने, वडा सदस्यहरू झन्केश्वरी अधिकारी, टंक पराजुली, चन्द्रबहादुर चेम्जोङ लगायतको आतिथ्यता रहेको थियो ।

 

कार्यक्रममा हरिनाम हरिकिर्तन समूह, देवी हरिकिर्तन समूह, पशुपती हरिकिर्तन मण्डली, दीर्घायु हरिकिर्तन मण्डली, पाथीभरा दुर्गा पाञ्चायन हरिकिर्तन, सिद्धेश्वर हरिकिर्तन मण्डली, महिला जागरूक हरि किर्तन समूह, सिद्धेश्वरी पाञ्चायन हरिकिर्तन मण्डली, ज्ञानकुञ्ज हरिकिर्तन मण्डली, रामजानकी हरिकिर्तन मण्डली सिद्धीविनायक हरिकिर्तन मण्डली लगायतले भाग लिएका थिए ।

 

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

दमकका सडक सौन्दर्र्यीकरणले नगरको पहिचान फेरिदै, स्थानीय के भन्छन् ?

दमक, कार्तिक २८ । अहिलेको शहरीकरणको समयमा, धेरै स्थानमा हरियालीको अभाव देखिन्छ। तर, दमक नगरपालिकाले यसको विपरीत, सडक किनारमा हरियाली राख्ने पहल गरेको छ। यसले

मधेश प्रदेशमा कलिलै उमेरमा विवाह गर्ने प्रवृत्ति अझै पनि बलियो

काठमाण्डौं,२८ कार्तिक । कानुनी प्रतिबन्ध र निरन्तरका जनचेतनामूलक अभियानका बाबजुद मधेश प्रदेशमा बालविवाहको अवस्था अझै विकराल रहेको एक सरकारी तथ्याङ्कले देखाएको छ।राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक

९८ किलो गाजासहित २ पक्राउ

सुनसरी, कार्तिक २८ । सुनसरीको इटहरी उपमहानगरपालिका–३ डाँडागाउँ टोलबाट प्रहरीले ९८ किलो गाँजा बरामद गरेको छ । सीटी सफारीमा लोड गरिएको अवस्थामा गाँजा बरामद भएको

संसद पुनर्स्थापनाकाे विकल्प छैन : सभामुख देवराज घिमिरे

बिर्तामोड,२८ कार्तिक । सभामुख देवराज घिमिरेले छिटोभन्दा छिटो संसद पुर्नस्थापना हुनुपर्ने बताउनु भएको छ् । उहाँले असंवैधानिक प्रक्रियाबाट संसद विघटन भएकोले पुर्नस्थापना हुनैपर्ने बताउनु भयो

दमकमा ट्राफिक व्यवस्थापन अस्तव्यस्त–नियम कार्यान्वयन गर्नै सकेन नगरले

दमक, २७ कार्तिक । दमक नगरपालिकामा रहेका मुख्य बजार क्षेत्रहरुको सडकहरुमा ट्राफिक व्यवस्थापन गर्न र दुर्घटना न्युनीकरण गर्नका लागी भनेर एकतर्फी पार्किङको नियम बनाईएको थियो