पथरी शनिश्चरे – सुनवर्षी जोड्ने पुल निर्माणले सहजता

पथरी, कार्तिक ११
मोरङको पथरी शनिश्चरे वडा नम्बर ६ र सुनवर्षी जोड्न पथरी खोलामा पक्की पुल निर्माण भएसँगै दुबैतिरका स्थानीयमा सहजता भएको छ ।

 

खासगरी वर्षायामका असारदेखिका ४ महिना पथरी खोलामा बग्ने बाढीले चिसापानी गाँउदेखि गेलाबारी गाउँमा पुग्न ४ -५ किलो मिटरको अर्कै बाटो घुम्नु पर्थ्यो । ४० मिटर लामो प्रि- स्टेप पुल निर्माण भएसँगै स्थानीय बासिन्दाहरूलाई यातायातमा सहज भएको वडा नम्बर ६ का मेघराज अधिकारी बताउनुहुन्छ । खोलामा पुल बनेसँगै सो क्षेत्रका स्थानीयलाई आफूले उत्पादन गरेको कृषि उपजहरू उत्तरमा पर्ने पथरी बजार वा दक्षिणको सुनवर्षी नगरपालिकाको अमरदह बजारमा पुर्याउन सजिलो रहेको उहाँले उल्लेख गर्नुभयो ।
अर्का स्थानीय खेम निरौला भन्नुहुन्छ ‘यो पुल बन्दा हामीलाई धेरै फाइदा भएको छ,असार लागेदेखि असोज- कार्तिकसम्म खोला तर्ने उपाय नभएको र हामीलाई आवतजावत गर्न सजिलो भयो ।’

 

संघीय सरकारको पहिलो किस्तावापतको १ करोड ३३ लाख र पथरी शनिश्चरे नगरपालिकाको ३ करोड ४५ लाख रुपैयाँ गरी कुल ४ करोड ७८ लाख रुपैयाँ बराबरको लगानीमा सो पुलको निर्माण सम्पन्न भएको हो।

 

पुल बनेपछि पथरी बजार वा नजिकैको सुनवर्षी नगरपालिकामा क्षेत्रमा बसोबास गर्ने स्थानीयले उत्पादन गरेका कृषिजन्य उत्पादनहरू धान मकै गहुँ, साग सब्जी आदि बिक्री गर्नका लागि आवतजावतमा सजिलो भएको छ । विद्यालय, क्याम्पसमा पढ्नका लागि विद्यार्थीहरूलाई पनि यातायात सहज भएको सोही पथरी शनिश्चरे ६ का वडाध्यक्ष कृष्णबहादुर बस्नेतले बताउनुभयो ।

 

सो पुल निर्माण भएसँगै पथरी शनिश्चरे नगरपालिकाका वडा नं १,२, ३ ,४, ५, ६, ७, ८ तथा सुनवर्षी नगरपालिकाका आधा वडाहरूमा बसोबास गर्नुहुने स्थानीयवासीहरू प्रत्यक्ष लाभान्वित भएका छन् ।

 

उच्च महत्वका साथ पथरी शनिश्चरे नगरपालिकाको आफ्नो नगरकै गौरवको योजनाको रूपमा रहेको भन्दै वडा नम्बर ६ हसन्दह निवासी पथरी शनिश्चरे नगरपालिकाकी उपप्रमुख देवीमाया काफ्लेले जुझारु जनप्रतिनिधिहरूको टिमले वर्षौंदेखिको समस्याको रूपमा जकडिएको पुल निर्माण गर्ने कार्यमा सफल भएको बताउनु भयो । उहाँका अनुसार उक्त पथरी खोलामा पक्की पुल निर्माण भएपछि पथरी बजार हुँदै डायनिया चोकसम्म पुग्न सजिलो भएको छ ।

 

 

नवनिर्मित पुलको दायाँबायाँ भागमा कालोपत्रे गर्ने सहितको सवा किलोमिटर सडक क्षेत्रमा कालोपत्रे यसै आर्थिक वर्ष २०८१/०८२ मा निर्माण कार्य गरिसक्ने पथरी शनिश्चरे नगरपालिकाका प्रमुख मोहनप्रसाद तुम्बापोले जानकारी दिनुभयो । उहाँले यो पुल पथरी शनिश्चरे नगरपालिका सहित दक्षिणका सुनवर्षी नगरपालिका, रङ्गेली नगरपालिका र विराटनगर महानगरपालिका जोड्ने सबैभन्दा छोटो दूरीको भरपर्दो र छिटो समयमा पुग्न सकिने अर्को एक वैकल्पिक मार्गको रूपमा विकास गरिएको उल्लेख गर्नुभयो । नगर प्रमुख तुम्बापोले सो पुलको निर्माणका लागि छुट्याइएको समय अवधि अगावै निर्माण भई आवतजावत सुचारु भएकोमा खुसी व्यक्त गर्नुभयो ।

 

सो पुल आ. व. २०७९/०८० र २०८०/०८१ मा गरी निर्माण सम्पन्न भयो । यो पुल बनेपछि चिसापानी, गेलाबारी तथा सुनवर्षी नगरपालिका जोडिएका अमरदह बजार र दक्षिणी भेगका डाइनिया बजार, रङ्गेली नगरपालिका जोडिने ठूलो दोमना बजार लगायत ठाउँ जोड्ने काम गरेको देखिन्छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

गोरखा, बागलुङ र धादिङका प्रभावित स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

३०  असोज, काठमाडौं। सरकारले बाढी तथा पहिरोबाट प्रभावित गोरखा, बाग्लुङ र धादिङका विभिन्न स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरेको

‘सिद्धान्तहीन सरकारले कसरी जनताको पक्षमा काम गर्छ ?’ : कमला पन्त

काठमाडौं , असोज ३०। नेपाली कांग्रेसकी राष्ट्रिय सभा संसदीय दलकी नेता कमला पन्तले वर्तमान सरकारमा सैद्धान्तिक विचलन देखिएको आरोप लगाउनुभएको छ । उहाले सरकारसँग स्पष्ट

भूमि तथा वन सम्बन्धी अध्यादेश संसदमै छलफल हुनुपर्छ : कांग्रेस

काठमाडौं,३० असोज। नेपाली कांग्रेसकी प्रमुख सचेतक बासना थापाले भूमि तथा वन सम्बन्धी अध्यादेश संसदमा छलफल गरेर मात्रै अघि बढाउनुपर्ने पार्टीको धारणा रहेको बताउनु भएको छ

धार्मिक विधिसहित खोकना जात्रा मनाइयो

ललितपुरको खोकनामा परम्परागत तथा ऐतिहासिक खोकना जात्रा विभिन्न धार्मिक तथा सांस्कृतिक विधि पूरा गर्दै मनाइएको छ । जात्रामा परम्परागत पूजा, धार्मिक अनुष्ठान तथा सांस्कृतिक गतिविधि

अनुशासनहीन बन्दै समाज : कारण र समाधान

काठमाडौँ,३० असोज । सामान्य अर्थमा भन्दा आफ्नो कर्मलाई धर्म र नैतिक नियम अनुरूप सञ्चालन गर्नु अर्थात कसैको दवाव र करकाप विना आफ्नो कर्तव्य र सामाजिक

कांग्रेसको नयाँ नेतृत्वमा आधा दर्जनभन्दा बढी चिकित्सक, फिरदोस आलम सहमहामन्त्रीमा विजयी

३० असोज, काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत सम्पन्न केन्द्रीय कार्यसमितिको निर्वाचनमा आधा दर्जनभन्दा बढी चिकित्सकहरू निर्वाचित हुनुभएको छ । मतगणनाको प्रारम्भिक नतिजाअनुसार चिकित्सा पेशामा