सरकारले प्रतिबन्ध लगाएको प्लाष्टिकका फूलहरु कसरी आउँछन् बजारमा ?

दमक, कार्तिक १३

२०८१ कार्तिक १२ गते वन तथा वातावरण मन्त्रालय अन्तर्गतको वातावरण बिभागले एउटा सुचना जारी गरेको छ । जसमा भनिएको छ ‘प्लाष्टिकजन्य फूलगुच्चामा प्रतिबन्ध लगाउने भनेर ।’ विभागले यसखाले पत्र लेखेर भन्सार विभागलाई पठाएको छ सबै सीमामा रहेका भन्सार कार्यालयबाट यसको आयात रोक्न भनेर । तर विभागले पत्राचार गर्नु अघि नै बजारमा भने छ्यापछ्याप्ती प्लाष्टिकजन्य फूलगुच्छाहरु आइरहेका छन् ।

 

अहिले तराईका बजारहरुमा प्रकृतिक फूलगुच्छा भन्दा यस्ता प्लाष्टिकजन्य फूलका गुच्छाहरु जताततै देख्न सकिन्छ ।
झापाको दमक बजार र मुख्य चोकमा अहिले प्रतिबन्धित यस्ता फूल गुच्छाहरु खुलाम खुला बिक्री भइरहेको छ । बजारको अनुगमन गर्ने निकाय स्थानीय तह यसबारेमा मुकदर्शक बनेको छ । अनुगन गर्न भनेर दमक नगरपालिकाले उप प्रमुख रेगिना भट्टराई प्रसाईको संयोजकत्वमा समिति बनाएको छ । तर अहिले उहाँ बिदामा हुनुहुन्छ । तर यो वातावरणसँग जोडिएको हुनाले वातावरण समितिले पनि यसमा सजग हुनुपर्ने हो । तर समितिका अध्यक्ष टेक बहादुर थापा पनि अहिले बिदामा हुनुहुन्छ ।

 

हामीले नगरपालिकाका वातावरण अधिकृत भुवन बराललाई प्रश्न गरेका छौं ‘दमक यसरी छ्यापछ्याप्ती बेचिरहिएको प्लाष्टिकजन्य सामग्रीले वातावरणमा कुनै असर पार्दैन ? किन नियन्त्रणमा लिन नसकेको ?’ उहाँको जवाफ छ ‘हामीले बजारमा अनुगमन् गर्दैछौं । त्यस्तो भेटिएमा कारबाही गर्छौं ।’

 

२०७९ साल असार १२ गते नेपाल सरकारको मन्त्री परिषदको बैठकलेनै यस खाले फूल गुच्छा विक्री वितरण र आयातमै प्रतिबन्ध लगाउने निणर्य गरेको थियो । यसले मानव स्वास्थ्यसँगै वातावरणमा समेत असर पार्ने भन्दै प्रतिवन्ध लगाइएका यस्ता सामग्री मरिहत्ते गरेर ब्यापारीले चाँहि किन बेचेको भनेर हामीले दमक उद्योग वाणिज्य सघंका अध्यक्ष गोपाल गुरागाईलाई प्रश्न गरेका छौं । ‘प्लाष्टिकका फूल बेच्न नहुनेखाले सूचना हामीले हाम्रो फेसबुक पेजमा शेयर गरेका छौं । अनि भन्सार क्षेत्रसहितबाट प्लाष्टिकका फूल किन नरोकेको भनेर सरकारलाई हाम्रो प्रश्न पनि छ ।- उहाँले भन्नुभयो ।

 

तिहार र छठमा प्लास्टिकजन्य फूल, माला तथा अन्य सामग्रीहरु विक्री वितरण गरेको पाइएमा १ लाख रुपैयाँसम्म जरिवाना हुने चेतावनी छ । त्यस्तो विपरीत कुनै कार्य गरेको पाइएमा वातावरण निरीक्षकबाट १५ हजारदेखि २० हजारसम्म जरिवाना हुने र विभागका महानिर्देशकबाट १ लाखसम्म जरिवाना हुने जारी गरेको सूचनामा उल्लेख छ । तर बजारमा तिहार सुरु नहुँदै प्लास्टिकका फूल तथा मालाहरु बेच्न राखिएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

गौतमबुद्ध विमानस्थलमा आश गरेर लगानी गर्नेहरू संकटमा स् सांसद अग्रवाल

काठमाडौँ , १ भदौ । रुपन्देहीस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालन नहुँदा व्यवसायी र लगानीकर्तालाई मार परेको सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद पुनमकुमारी अग्रवालले

भूमिहीनलाई अधिकार दिऔं, निराशा होइन : सांसद खत्री

काठमाडौं ,१ भदौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद राजिव खत्रीले भूमिहीनलाई अधिकार दिनुपर्ने र निराशा फैलाउने भाष्य निर्माण गर्न नहुने बताउनु भएको छ । सोमबार प्रतिनिधिसभाको

कोशी प्रदेशमा ११ सदस्यीय मन्त्रिमण्डलले पायो पूर्णता

विराटनगर ,१ भदौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मन्त्रिपरिषद् विस्तार गर्दै मन्त्रीहरूको कार्यविभाजन टुङ्ग्याउनुभएको छ। एमाले र नेकपाबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति भएसँगै

भारतीय स्थल सेनाध्यक्ष सेठलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान

काठमाडौं ,१ भदौं । राष्ट्रपति रामचन्द्र पौडेलले भारतीय स्थल सेनाध्यक्ष धिरज सेठलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गर्नु भएको छ ।   सोमबार राष्ट्रपति

नेपालमा रहेका ब्रिटिश गोर्खाले मनाए नागपञ्चमी

काठमाडौं,१ भदौं। नेपालभर नाग पञ्चमी पर्व श्रद्धा र भक्तिभावका साथ मनाइँदै गर्दा नेपालमा रहेका ब्रिटिश गोर्खाले पनि नागपञ्चमी मनाएका छन् । ब्रिटिश गोर्खाज नेपाल (बीजीएन)को

सामाजिक सञ्जालमा लगाइएको आरोपप्रति सांसद इन्दिरा राना मगरको आपत्ति

काठमाडौं ,१ भदौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद इन्दिरा राना मगरले मानव बेचबिखन तथा ओसारपसारसम्बन्धी विधेयकमा प्रयोग भएका केही शब्दप्रति आपत्ति जनाउँदै नेपाली महिलामाथि