दमकमा मदनको मगमगाउँदो फूल खेती

madan foolbari

दमक, कार्तिक १५
बारीमा ढकमक्कै भएर सयपत्रीका फूल फूलेका छन् । फूलका गुच्छाहरु हेर्दा साना छन् तर यसका पत्र निकै आकर्षक छन् । यसले दिएको मगमग बास्नाले मनमा आनन्द अनुभूति हुन्छ ।
यो ठाउँ हो झापाको दमक नगरपालिका वडा नं ३ स्थित दुईघरेको ।

 

 

यहाँ ८ कट्ठा जमिनमा व्यवसायिक हिसावले फूल खेती गरिएको छ । फूल फुलाउने कामको नेतृत्व लिनु भएको छ राष्ट्रिय अपाङ्ग महासंघका केन्द्रीय सदस्य मदन बोहोराले ।

 

 

अपाङ्गता भएकाहरु पनि उद्यममा लाग्न सक्छन्, उत्पादनसँग जोडिन सक्छन् भन्ने अरु कसैको गरेको देखेर प्रेरणा मिलेको बताउँदै बोहोराले भन्नु भयो ‘प्रयास गरिएको छ, आम्दानी हुन्छ कि भन्ने विश्वास छ ।

 

 

यहाँ ५ हजारको हाराहारीमा बिरुवा रोपिएको थियो । सबै विरुवा झापाकै हो । यहाँ रोप्दा देखि अहिले फूल फुल्दासम्म कुनैपनि विषादीको प्रयोग नगरेको दावी उहाँको छ । त्यसैले भन्नु हुन्छ यो अर्गानिक फूल हो । यसले मानव स्वास्थ्यमा कुनै असर गर्दैन ।

 

पहिलो प्रयास भएको र यसले बजार कस्तो पाउँछ भन्ने यो परीक्षण उत्पादन रहेको उहाँको भनाई छ । भाडामा जमिन लिएर फुलाइएको यो फूलमा कुल ३५ हजार बराबरको लगानी भएको छ । लगानी उठेर केही मात्रै मुनाफा भयो भने यसबाट थप हौसला लिँदै अरु बिस्तार गर्ने योजनामा रहेको उहाँले सुनाउनु भयो ।

 

 

गर्दा सकिन्छ र हुन्छ भन्ने विश्वास बोहोरमा छ । सबैले साथ, सहयोग र समर्थन गर्ने हो भने अपाङ्गता भएकाहरुले पनि सवलाङ्ग जत्तिकै काम गर्न सक्नेछन् भनेर अपाङ्गता भएकाहरुको आत्मविश्वास बढाउन यसखाले काम महत्वपूणर् हुन्छ ।

 

सरकारले यो वर्षदेखि जथाभावी विषादी प्रयोग गरेर उत्पादन गरिएका भारतीय सयपत्री फूलमा हानिकारक भाइरस र रोगकिरा रहेकोले आयातमा प्रतिबन्ध लगाएको छ । यसले गर्दापनि स्थानीय उत्पादनले भाउ र बजार पाउने आशामा बोहोरा हुनुहुन्छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

पाँचथरमा निर्माणाधीन बेलिब्रिज भाँचियाे, एकजनाकाे मृत्यु, तीन जना गम्भीर घाइते

पाँचथर, ३१ जेठ | पाँचथरको हेवाँ खोलामा निर्माणाधीन बेलिब्रिज भाँचिँदा एक जनाको मृत्यु भएको छ । घटनामा परि अन्य तीन जना गम्भीर घाइते भएका छन्।

दीपिनी मार्गमा प्राइमर हाल्न सुरु (फलोअप समाचार)

दमक, ३१ जेठ / दमक ५ स्थित दीपिनी मार्ग भत्काएर अस्तव्यस्त बनेको २ महिनापछि शनिबार दिउँसोबाट सडक कालोपत्रेको प्रक्रिया अघि बढाइएको छ ।   घर

रतुवा र मावाबाट नदीजन्य सामग्री उत्खनन रोकियो, अवज्ञा गरे कारबाहीको चेतावनी

दमक, जेठ ३१ — दमक नगरपालिकाले पूर्व र पश्चिम तर्फ बहने कमस खोला र मावा खोलाबाट नदीजन्य सामग्री (बालुवा, गिट्टी, ढुंगा आदि) को उत्खनन, संकलन