तरुलले राम्रो मूल्य पाएपछि किसान दंग

तरुलको व्यापार फस्टायो

 

 

झापा /
जिल्लामा व्यावसायिकरूपमा तरुलको खेती अझै हुनसकेको छैन । कन्दमुलअन्तर्गत पर्ने तरुल लागि अझै पनि वनकै भर गर्नुपर्ने बाध्यता छ तर माघेसङ्क्रान्तिमा तरुल तथा चाकु खानैपर्ने हिन्दू परम्पराअनुसार पर्व नजिकिँदै जाँदा तरुलको व्यापार पनि निकै फस्टाएको हो ।
जमिनमुनि फल्ने फल रहेकाले तरुलमा कुनै विषादी हुँदैन । यसमा रोग तथा किराको आक्रमणसमेत नहुँदा खानका लागि उपयुक्त भएकाले पनि तरुलको माग बढेको हो ।

तानसेनका बजार क्षेत्रमा जङ्गल र खेतबारीमा उत्पादित तरुल तथा सखरखण्डको माग प्रशस्त छ । तरुल उसिनेर, आगोमा पोलेर तथा तरकारीका रूपमा खाने चलन छ । माघेसङ्क्रान्तिका अवसरमा सामाजिक तथा सांस्कृतिक महत्वका कारण पनि तरुल खाने चलन रहिआएको छ ।

तानसेन नगरपालिका-२ का कुशल पाण्डेयले पछिल्ला दुई दिनको अवधिमा २०० किलो तरुल र सखरखण्डको व्यापार गरेको बताए । पहिला तरुलको माग यति धेरै थिएन, मकरसङ्क्रान्तिका अवसरमा बजारमा तरुलको माग बढेको छ । उनले भने, “ अन्य तरकारीभन्दा तरुल बिक्री बढी छ ।”

तानसेन नगरपालिका-२ नारायणस्थानकै तरकारी व्यवसायी विक्रम अधिकारीले तरुलको मागअनुसार पूर्ति गर्न समस्या भएको बताए । तानसेन बजारमा स्थानीय जङ्गल तथा खेतबारीमा उत्पादित तरुल बिक्रीका लागि राखिएको छ । अहिले दैनिक ५० किलोभन्दा बढी तरुल बिक्री हुँदै आएको उनको भनाइ थियो । मकरसङ्क्रान्ति नजिकै आएपछि दैनिक ५० किलोग्रामसम्म तरुल बेच्न थालेको अधिकारीले बताए ।

बगनासकाली गाउँपालिका-३ आर्यभञ्याङका यमबहादुर घर्तीमगरले अहिले गाउँमा उत्पादित तरुल सदरमुकाम तानसेनमा थोक मूल्यमा बिक्री गर्दै आउनुभएको छ । गाउँमा उत्पादित तरुल उहाँले तानसेनमा मात्र चार क्विन्टल बिक्री गरी आम्दानी गरेका छन् । थोक रु १२० मा बिक्री हुन्छ ।

वनमा फलेको तरुल खनेर तानसेन बजारमा बिक्री गर्नेहरु पनि अहिले कमी छैन । डोकोमा बोकेर एक किलोग्रामका पोकामा तरुल हातमा झुण्ड्याएर बिक्री गर्नेहरूले पनि दैनिक राम्रो आम्दानी गरेका छन् ।

प्रतिकिलो रु १२० देखि रु १५० सम्म तरुल बिक्री हुन्छ । दैनिक १५ देखि २० किलोग्राम बिक्री हुँदै आएको तिनाउ गाउँपालिका-४ सत्यवतीका ओमप्रकाश दर्लामीले बताए । पाल्पाको पूर्वी क्षेत्रमा उत्पादित तरुल जिल्ला बाहिर निर्यात हुँदै आएको छ तर पाल्पालगायत पहाडी जिल्लामा व्यावसायिक तरुल खेतीप्रति स्थानीय सरकारको चासो देएिखाइएको छैन ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

भैरहवा विमानस्थल चल्नेमा आशासँगै कार्यान्वयनको चिन्ता

रुपन्देही,८ मंसिर । नेपाल–भारतबीच हवाई रुटलाई दुईतर्फी बनाउने सहमतिले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन हुने आशा जगाएपछि लुम्बिनी प्रदेशको निजी क्षेत्र उत्साहित बनेको छ ।प्रधानमन्त्री बालेन्द्र

ब्राउन सुगरसहित कन्काईका एक युवक पक्राउ

कन्काई , मंसिर ८ । लागूऔषध ब्राउन सुगरसहित कन्काईका एक युवक पक्राउ परेका छन् ।आज मंगलबार दिउँसो १२ः३० बजे कन्काई नगरपालिका वडा नं.३ गोहीखाडीमा इलाका

कुमरखोद प्रहरी इन्चार्ज ढुङ्गाना ‘पुलिस अफ द मन्थ’ घोषित

झापा, ८ मंसिर । दक्षिणी सीमावर्ती नाकाबाट भित्रिने गरेको लागूऔषध नियन्त्रणमा महत्वपूर्ण भूमिका खेल्दै आएका इलाका प्रहरी कार्यालय कुमरखोदका इन्चार्ज प्रहरी नायव निरीक्षक (सई) सुबास

सुनकोसी–मरिण आयोजना रद्द भए मधेस आन्दोलित हुने सांसद झाको चेतावनी

काठमाडौं,८ मंसिर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनिष झाले आयोजना अलपत्र पार्ने नभई निर्धारित योजनाअनुसार सम्पन्न गर्न सरकारसँग स्पष्ट कार्ययोजना माग गर्नु भएको

भैरहवा–लखनउ हवाई रुट दुईतर्फी हुने सहमतिले लुम्बिनीमा उत्साह

भैरहवा,८ मंसिर । प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणका क्रममा नेपाल र भारतबीच काठमाडौं–भैरहवा–लखनउ हवाई रुटलाई दुवैतर्फी सञ्चालन गर्ने विषयमा सहमति भएसँगै लुम्बिनी क्षेत्रमा उत्साह थपिएको

अयोध्या हवाई सेवा सुरु गर्न मुख्यमन्त्री यादवको आग्रह

जनकपुर ,८ मंसिर। मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले जनकपुरधामदेखि भारतको अयोध्यासम्म हवाई सेवा सुरु हुनु पर्नेमा जोड दिनु भएको छ।अयोध्याबाट जनकपुरधाम आईपुगेको सरयू कमला

भारत भ्रमणमा बालेनः संसदमा चर्को अडान, मोदीसँगको वार्तामा लिपुलेकको प्रसंगै उठेन

काठमाडौँ,८ मंसिर । प्रधानमन्त्री बालेन शाहले कालापानी, लिपुलेकको सीमा विवादबारे सार्वजनिक रूपमा जे बोल्दै आँउनु भएको थियने, त्यसलाई भारतसँगको द्विपक्षीय वार्तामा उठाउन नसकेको खुलेको छ।