यसकारण ग्रामथानमा एमाले

मोरङको ग्रामथान गाउँपालिकामा अध्यक्ष पदको लागि मंसीर १६ गते उपनिर्वाचन हुँदैछ । आसन्न यो उपनिर्वाचनमा सूर्य ध्वजाबाहक उम्मेदवार तुलसीराम विश्वासलाई अघि सारिएको वस्तुगत अवस्थालाई एमालेले कार्तिक २७ गते पालिकाकै झोराहटमा आयोजना गरेको भव्य कार्यक्रममार्फत आफ्नो दावी सार्वजनिक गरेको छ ।

 

उम्मेदवार सार्वजनिक भएयताका दिनहरूमा पालिकाका अन्तरकुन्तर क्षेत्रहरूमा भएको चहलपहल, सार्वजनिक महत्वका स्थलहरूमा हुने गरेको चर्चा परिचर्चा र यहाँको राजनीतिक संगठनको प्रभावका हिसावले विश्वासले नै विश्वासको जनमत लिने र एमालेको जीत सुनिश्चित हुने देखिएको छ ।

 

जित  सुनिश्चितताका आधारहरू
१) उम्मेदवार तुलसीराम विश्वास पार्टीबाट सोझै ताकिएको, खटिएको र खटाइएको नभएर एमालेको स्थानीय कमिटी र मतदातामाझ उभिएकामध्ये आकर्षित छवि भएको र स्थानीय मतदाताले मागेका व्यक्ति हुनुहुन्छ ।

 

 

२) शासक भएर होइन, सेवक भएर काम गर्ने मान्यतामा स्थापित तुलसीराम विश्वास अन्यअन्य दलबलका उम्मेदवारमाझ हेर्दा नै आकर्षक लाग्ने व्यक्तित्व विकासको धनी हुनुहुन्छ । बहुलक्षणयुक्त युवा अनुहार, जोश र जाँगरको पर्याय हुनुहुन्छ ।

 

३) स्थानीय भाषा, सम्पदा, संस्कृति र रैथानेपनको प्रतिनिधित्व गर्न सक्ने उम्मेदवारको रूपमा उहाँको छवि सार्वजनिक छ । समुदायका ससाना मुद्दाको उठान गर्न र समाधानका लागि पहलप्रयत्न लिन सक्ने राम्रो र सकारात्मक प्रभावले आकर्षित हुनुहुन्छ । पार्टी र जनताको काममा इमान र निष्ठासाथ उभिनुभएको व्यक्तित्व हुनुहुन्छ ।

 

४) ७ वटा वडा रहेको गाउँपालिकामा योजना छनौट, विकास-निर्माणको अग्रसरता लिनुहुने उपाध्यक्ष गुणावति धामीसहित बहुमत वडा र कार्यपालिका सदस्य संख्या एमालेसम्बद्ध छ । दलीय उपस्थिति छिन्नभिन्न हुँदा पनि कार्ययोजना बनाउन र कार्यसम्पादन गर्न पर्ने असजिलोको बारेमा यहाँको जनमत सचेत छ । स्मरण रहोस् यसपूर्व ग्रामथान गाउँपालिकाको अध्यक्ष नेपाली काँग्रेससम्बद्ध हुनुहुन्थ्यो ।

 

५) स्थानीय जाति र भाषाको बाहुल्यता रहेको ग्रामथानको उत्पादन र विकासका लागि यसको सम्बर्धन र प्रवर्धनमा अगुवा भूमिका खेल्ने एमाले पार्टी कमिटीले फराकिलो मतान्तरसहित जीतका लागि रणनीतिक महत्वका साथ सशक्त र व्यवस्थित योजना बनाएको छ ।

 

६) पार्टीमा उम्मेदवारको टुंगो लाग्नुपूर्व आकांक्षीको रूपमा धेरै जनाको नाम आए पनि, अर्थात् यत्रतत्र चर्चा चले पनि उम्मेदवारको अन्तिम टुंगो लागेपछि अब नीति र नेतृत्वमा विरोधाभास छैन । उम्मेदवार जो भए पनि जनप्रतिनिधि भनेको स्थानीय जनताको नजरमा उसको दुःखसुखको साथी हो, तदनुरुप लाग्नु, खट्नुपर्छ भन्ने सस्वरमा उद्घोष गर्दै आएको एउटा बृहत पंक्ति छ, यहाँको नेतृत्व सबैजना एक ठाउँमा हुनुहुन्छ, एकमत हुनुहुन्छ ।

 

७) बालबालिकाको हकमा सर्वसुभल पठनमैत्री वातावरण निर्माणदेखि लिएर महिलाहरूको आर्थिक सामाजिक सशक्तीकरणका ठोस योजनामा आधारित चुनाव प्रचार-प्रसारका वस्तुगत मुद्दाहरू उठेकाछन् । प्रतिबद्धताको फेहरिस्तका माध्यमहरू अनेकन छन्, जो स्थानीय भाषा, रैथाने जनजीवनमा आधारित छन् र जनमैत्रीय छन् ।

 

८) जनप्रतिनिधि चुनिएपछिका दिनहरूमा सेवाग्राहीलाई सेवाप्रवाहमा छिटो, छरितो र झञ्झटरहित बनाउन सक्ने शैक्षिक र प्राविधिक क्षमताबाहक उम्मेदवार आफैंमा अत्यन्तै बेदाग, जनसम्पर्क आधारित र घरदैलोसम्म पुग्न सक्ने र यहाँका समस्याहरुलाई राम्रोसँग बुझ्न सक्ने हुनुहुन्छ ।

 

९) शुद्ध पिउने पानी, स्थानीय सरसफाइ, वातावरण संरक्षणको आदिको क्षेत्रमा चुइक्क नबोल्ने बरु भ्रष्टआचरण मात्र कोरल्ने नयाँ नाउँका कतिपय उपद्रवकारी गतिविधिबाट आजित असंगठित मत पनि राष्ट्रिय राजनीतिको निणर्ायक शक्ति भनेको एमाले हो भन्ने बुझेको परिपक्व जनमत छ, जसले विकास र निर्माणको क्षेत्रमा बाढी ल्याउन चाहन्छ ।

 

यस्तैयस्तै थुप्रै कारणले पनि सूर्य चिह्न ध्वजाबाहक उम्मेदवार कमरेड तुलसी विश्वासको जित सुनिश्चित छ । अग्रीम बधाई तथा कार्यकाल आशातीत शानदार सफलताको शुभकामना ।

   (मोरङको पथरी शनिश्चरे निवासी बास्कोटा नेकपा (एमाले) का केन्द्रीय सदस्य हुनुहुन्छ )

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

पत्रकार किशोर श्रेष्ठविरुद्ध रास्वपा नेता हिमेश पन्तद्वारा साइबर ब्युरोमा उजुरी

काठमाडौं , असोज ३०। कलाकार तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य हिमेश पन्तले पत्रकार किशोर श्रेष्ठविरुद्ध नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी दर्ता गराउनुभएको

७१औँ प्रहरी दिवसमा उत्कृष्ट प्रहरी र अमर प्रहरीका सन्तति सम्मानित

काठमाडौं , असोज ३०। ७१औँ प्रहरी दिवस २०८३ को अवसरमा आयोजित विशेष समारोहमा विभिन्न विधामा उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारी,अवकाशप्राप्त अधिकारी तथा अमर प्रहरीका सन्ततिहरूलाई

सरकारद्वारा खुला प्रतिस्पर्धाबाट विभिन्न सार्वजनिक निकायमा ६११ पदाधिकारी नियुक्त

काठमाडौं , असोज ३०। सरकारले पछिल्लो अवधिमा विभिन्न मन्त्रालय तथा सार्वजनिक निकायहरूमा खुला प्रतिस्पर्धा र पारदर्शी प्रक्रियामार्फत ६११ जना पदाधिकारी नियुक्ति गरेको छ । प्रधानमन्त्री

मन्त्रिपरिषद् बैठक : गहुँको समर्थन मूल्य निर्धारण, जापान र जर्मनीको अनुदान स्वीकार गर्ने निर्णय

काठमाडौं , असोज ३०। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक गरिएको छ । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले मन्त्रिपरिषद्का १३ मुख्य निर्णय सार्वजनिक गरेका

दशैंमा पिङ खेल्ने हो ? दमकका यी यूवाको सकृयतामा ठडीयो यी ठाउँमा पीङ

दमक, ३० असोज। गाउँघरमा दशैं आएको छनक नयाँ लुगा, मीठो परिकार र रातो टीकासँगै आकाश छुने लिङ्गे पिङले पनि दिन्थ्यो। पिङ मच्चाउँदै रमाउने बालबालिका, पालो

चिकित्सा शिक्षा आयोगद्वारा स्नातक र उच्च तहका सिट निर्धारण, सरकारी संस्थामा सिट वृद्धि

३० असोज, काठमाडौं । चिकित्सा शिक्षा आयोगले शैक्षिक सत्र २०८३/०८४ का लागि चिकित्सा शिक्षाका विभिन्न तहमा सिट निर्धारण गरेको छ । आयोगको २८औँ बैठकले स्नातक,