सति प्रथा उन्मूलन गरेजस्तै गरी बोक्सी प्रथाको समेत उन्मूलन गर्नु आवश्यक

बोक्सी प्रथा विरुद्धको अभियानमा ‘अग्निदहन’, चलचित्र उपन्यास भन्दा राम्रो बनेको दाबी

 

 

दमक, कार्तिक २९

यो दृष्य हेर्दा अहिले नयाँ पुस्तालाई यो के होला भन्ने लाग्ला । तर अहिले पनि बोक्सा बोक्सी हुन्छ भन्ने मानेर यातना दिइने यो प्रथा जनचेतना कम भएको क्षेत्रमा उस्तै जरा गाडेर बसिरहेको छ ।

चलचित्र बजारमा छक्कापञ्जा, १२ गाउँको प्रभाव रह्यो । अनि अहिले पूर्णबहादुरको सारंगीले सबैलाई धुरुधुरु रुवाएर मन जितिरहेको छ । यही मेसोमा अब यी चलचित्र भन्दा अलि फरक जनरामा बोक्सा बोक्सीलाई अपराधका रुपमा लिएको चेतनामूलक सामाजिक चलचित्र ‘अग्निदहन’ प्रदर्शनको तयारीमा छ ।

 

लोकमणि पौडेलको उपन्यासमा आधारित चलचित्र ‘अग्निदहन’ मंसिर ७ गतेबाट देशभर प्रदर्शनको तयारीमा रहेको सन्दर्भसहित यसको निर्माण पक्षले चलचित्रको प्रचार प्रसारको क्रम अघि बढाइरहेको छ । यसैबीच बिहीबार दमकस्थित डीम्याक्स मिनेमाजमा पत्रकार सम्मेलन गर्दै निर्माण पक्षले चलचित्र बोक्सी प्रथाको विरुद्ध सचेतनाको अभियानसँग जोडिएर आएको जानकारी गराएको छ ।

 

‘मान्छे बोक्सी हुन्न कहिल्यै राष्ट्रिय जागरण प्रतिष्ठान नेपाल’ पोखराले निर्माण गरेको सो चलचित्रका निर्देशक घनश्याम लामिछानेले चलचित्र उपन्यास भन्दा पनि राम्रो बनेको दावी गर्नुभयो ।

 

निर्देशक लामिछानेको चलचित्र प्रदर्शनको हिसावले यो दोस्रो र निर्देशनको संख्याका आधारमा पाँचौं हो ।

 

५ वर्ष अघि निर्माण भएर बोक्सी प्रथा विरुद्धको सामाजिक जागरणका रुपमा करिब ५ सय स्थानमा विशेष शो गरिएको चलचित्र व्यवसायिक हिसावले यसबेला हलहरुमा प्रदर्शनमा आएको छ ।

 

विशेष चलचित्र पुरस्कार ०७५ बाट पुरस्कृत भएको चलचित्रको प्रसंग अघि सार्दै निर्माता संस्थाका विशिष्ट संरक्षक मोहनराज पौडेलले समाज परिवर्तनमा यसले महत्वपूर्ण भूमिका निर्वाह गर्ने उल्लेख गर्नुभयो ।

 

 

चलचित्रको शिर्ष भूमिकामा रहनु भएका चर्चित अभिनेता प्रकाश घिमिरे, प्रमिला तुलाचन, प्रतिष्ठानकी केन्द्रीय सदस्य कमला पाण्डेको टोलीले पत्रकारहरुसँग भेटघाट गरेको छ । सामाजिक गतिविधिमा सामेल भएको र विशेष सन्देशमूलक चलचित्र खेल्न रुचाउने भएकाले आफूले अग्निदहनमा अभिनय गरेको कलाकार प्रकाश घिमिरेले प्रसंग अघि सार्नुभयो ।

 

 

सति प्रथा उन्मूलन गरेजस्तै गरी बोक्सी प्रथाको समेत उन्मूलन गर्नु आवश्यक रहेको आफूले पनि महसुस गरेर चलचित्रमा बोक्सीको पात्रका रुपमा माइली दमिनी भएर अभिनय गरेको कलाकार प्रमिला तुलाचनले उल्लेख गर्नुभयो ।

 

 

अंग्रेजीमा सव टाइटल राखेर चलचित्रलाई हिन्दी भाषामा समेत डबिङ गरिएको छ । अब भोजपुरी, मैथिली भाषामा समेत डबिङ गर्ने क्रम अघि बढाइएको छ । यसलाई जनवरीमा विदेशमा समेत प्रदर्शनको चाँजोपाँजो मिलाउँदै गरेको निर्माण पक्षले जनाएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

श्रम संस्कृतिको पहिलो बैठकमा सुदन किरातीको २४ बुँदे फरक प्रस्ताव

विराटनगर , १७ भदौ। श्रम संस्कृति पार्टीका वरिष्ठ नेता सुदन किरातीले पार्टीलाई व्यवस्थित र संस्थागत गर्न २४ बुँदे प्रस्ताव पेस गरेका छन् ।बुधबार पार्टीको केन्द्रीय

काठमाडौँ उपत्यकामा कसरी भित्रिँदै छ ग्यास ?

काठमाडौँ , भदौ १७। अविरल वर्षापछिको आएको बाढीका कारण देशकै मुख्य लाइफलाइन (नागढुंगा–मुग्लिन सडक खण्ड) क्षतविक्षत् बनाएपछि काठमाडौँ उपत्यकामा दैनिक उपभोग्य वस्तु र इन्धनको आपूर्ति

इन्टर्नशिपका लागि गएका शिशिर सम्पर्कविहीन, कलेजको भूमिकामाथि परिवारको प्रश्न

 काठमाडौँ , भदौ १७। काठमाडौं विश्वविद्यालयमा सिभिल इन्जिनियरिङ अध्ययनरत शिशिर गिरी साउन २८ गते रसुवा लागेका थिए । रसुवा जानुको उद्देश्य माथिल्लो त्रिशूली ३बी मा

मंसिर २१ देखि २३ सम्म महाधिवेशन गर्ने देउवा पक्षको तयारी

काठमाडौं ,१७ भदौ। नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा समूहले पार्टीको १५औँ महाधिवेशन आगामी मंसिरमा गर्ने प्रस्ताव गरेको छ। बुधबार चुनदेवीमा जारी बैठकमा मंसिर २१ देखि

झापाको मुस्लिम समाज विकास प्रतिष्ठानद्वारा प्रधानमन्त्री राहत कोषमा १ लाख २८ हजार जम्मा

बिर्तामोड,१७ भदौ  । भदौ १० गतेको भीषण बाढी तथा विपदबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि मुस्लिम समाज विकास प्रतिष्ठान झापाले १ लाख २८

झापामा सीमा निगरानी र तस्करी नियन्त्रणका लागि सशस्त्र प्रहरीद्वारा ‘गोप्रो क्यामेरा’ प्रयोग

झापा ,१७ भदौ । सीमा सुरक्षा, सूचना सङ्कलन तथा निगरानीलाई थप प्रभावकारी बनाउन झापामा सशस्त्र प्रहरीले अत्याधुनिक ‘गोप्रो क्यामेरा’ प्रयोगमा ल्याएको छ।सशस्त्र प्रहरी बल, नेपाल