निन्दा, भत्सर्ना र अपील

प्रधानमन्त्री एवं नेकपा (एमाले) अध्यक्ष कमरेड केपी शर्मा ओली, जसले श्रीमती राधिका शाक्यको जागिरकालमा आर्जित सम्पत्तिसमेत आफ्नो मरणोपरान्त स्वसिद्ध राज्यको हुने शर्तमा बकस गरिदिएको छ । परिवारभित्र कसैलाई सम्पत्ति जोडिदिनुपर्ने अवस्था छैन । राजाको सक्रिय राजनीतिक राजकीयसत्ताका अँध्यारा कालखण्डमा १४ वर्ष झ्यालखाना बसेर आउनुभएका उहाँ सभ्याचरणका पर्याय हुनुहुन्छ ।

 

मानिसको आचरण, व्यवहार र दैनिक सक्रियतामा लोकतन्त्र र लोकतान्त्रिक आचरण प्रकट गर्नुपर्छ भन्ने मान्यता दृढ उहाँले कम्युनिष्ट आन्दोलन र राजनीतिक-बैचारिक उद्देश्यनिर्देशित संगठनात्मक काममा समेत लोकतान्त्रिक आचरण अवलम्बनलाई अनिवार्य गर्नुभएको छ । यसैको राजनीतिक दिशानिर्देशमा आज एमालेबाहेक लोकतान्त्रिक राजनीतिक पार्टी र सिंगो समाज लोकातान्त्रीकरणको प्रक्रियामा सफलतापूर्वक प्रवेश गरेको छ ।

 

 

यसकारण उचाइ लिनुभएका उहाँ कतिपयलाई मन पर्नुहुन्न होला । यो पनि लोकतान्त्रिक आचरण र आस्था नै हो । फलतः विभिन्न बेलामा उहाँविरुद्ध राग अपाल हुने र जहर ओकल्ने गरिन्थ्यो, गरिन्छ र अहिले फेरि नियोजित ढंगले गरिएको छ । कम्बोडियामा टेलिकम बिजनेसको प्रसङ्ग जोडेर कपोलकल्पित झुठको खेती आरम्भ गरिएको छ, कुनै आकर्षक तथ्य, उर्जा र उर्वरता नभएको साढे ३२ अर्बको सेयर लगानी भनेर कीर्ते कागजात, अडियो र भिडियो तयार गरेर भ्रामक चर्चा सुरु गरिएको छ ।

 

 

केही अराजनीतिक, अराजकतावादी र पश्चगामी समूहको यो भ्रमको खेती गर्न मलजल गर्ने शक्तिलाई नेपाल र नेपालीको उन्नति-प्रगतिविरुद्ध खडा शक्तिकेन्द्रका रूपमा पहिचान गर्न र जनमतमार्फत निस्तेज गर्न जरुरी छ ।

 

 

यो आफैंमा राजनेता केपी शर्मा ओलीविरुद्धको षडयन्त्र मात्रै होइन, विभिन्न नामधारी अभियन्ताद्वारा स्वचालित वा परिचालित उहाँको देशभक्तिपूणर् अडानविरुद्धको अभियान हो र यो अडानको पक्षमा दृढ़ उभिने देश, नागरिक, प्राप्त लोकतान्त्रिक व्यवस्था र कम्युनिष्ट आन्दोलनविरुद्धको गम्भीर षडयन्त्र हो भन्ने निष्कर्षसहित अग्रसरता लिन हामी सचेत पंक्तिलाई अब निकै हतारो हुनुपर्छ ।

 

 

देशमा राजनीतिक अस्थायित्व र अस्थिरताको निरन्तरताभित्र आफ्ना अनुचित आकांक्षाहरू पूरा गर्न उद्यत तत्व, केही पात्र र प्रवृत्तिहरूले पनि यस्ता निन्दा र भत्सर्नायोग्य हरकतहरूलाई उकेरा लगाएको आभास हुन्छ । तिनको पालितपोषित क्षणिक लाड, आड र भरोसामा समकालीन नेपाली राजनीतिमा टावरिङ व्यक्तित्व कमरेड केपी शर्मा ओलीलाई ढाल्न सकिन्छ कि भनेर यो सबै प्रपञ्च गरिएको हुनुपर्छ भन्ने सहजै निष्कर्ष निकाल्न सकिन्छ । सामाजिक सञ्जालमा सेयर, लाइक र यसमाथिको क्षुद्र टिप्पणीले पनि यसलाई जगजाहेर गर्दछ ।

 

 

सफा नियत र स्वच्छ मनले भन्नुपर्दा- यो फटाहापन हो, फटाहा मन हो र झुठो वकवासको पछिल्लो एउटा हावामहल झैँ लाग्ने पुलिन्दा मात्र हो । प्राप्त लोकतन्त्र, लोकतान्त्रिक हाम्रो अभ्यास र समाजको लोकतान्त्रीकरणको चरित्र भनेको केवल अश्लील अभिव्यक्ति, परस्पर अस्तित्वको दोहन र अराजकता किमार्थ होइन । राज्यले यिनलाई कडाइसाथ कारबाहीको दायरामा ल्याउनुपर्छ ।

 

 

समाजमा निराशा फैलाउन खोज्नु, अराजकता र अस्थिरता ल्याउन खोज्नु समस्याको समाधान होइन । यसबेला जिम्मेवार हामी सबै यसविरुद्ध एक ठाउँमा उभिएर प्रतिवाद गरौँ । प्रहरी प्रशासनले तत्काल यो अपराधमा संलग्न र आपराधिक गतिविधि गर्ने समूहलाई छानबिनको अधीनमा लियोस् ! यस प्रक्रियामा सबैले आ-आफ्नो ठाउँबाट योगदान गरौँ !

 

 

आज नानाभाँतीका आरोपहरू कसैलाई लक्षित गर्दै लगाइरहने अवस्था भोलि अरु कसैमाथि नहोला भन्न सकिँदैन । कसैको व्यक्तित्व, अस्तित्व र प्रतिष्ठालाई धुमिल पार्न झुठा लाञ्छना लगाउने नियत र नियति सरासर गलत छ । समाजमा सकारात्मक प्रभावभन्दा पनि निराशा जन्माउन नकारात्मक भेलबाढी ल्याउने पहल प्रयत्न भइरहेको छ । आममानिसको पहुँचमा रहेको विद्युतीय सञ्चारमाध्यम र सामाजिक सञ्जाल हतियारभन्दा ठूलो अनियन्त्रित अस्त्र बनाइँदै छ । अनियन्त्रित सामाजिक सञ्जाललाई सरसर्ती नियाल्दा र सुक्ष्म अध्ययन गर्दा कीर्ते दस्तखतदेखि लिएर विभिन्न प्रकरणमा ठगफटाहाहरू एक ठाउँमा उभिएको देखिन्छ । भिन्नभिन्न आस्थागत अवस्थामाझ सक्रिय सामाजिक सद्भावलाई बिथोल्नु, अभद्र गाली संस्कृति निर्माणमा सामाजिक सञ्जालमा रहेको पुस्तालाई उतार्नु, समाजमा निराशा र भ्रमको खेती गर्दै राजनीतिलाई दुषित तुल्याउने र जनमतलाई विद्यमान राजनीतिक प्रणालीविरुद्ध उभ्याउन उद्यत रहनु यो अनियन्त्रित अभिव्यक्तिको मकसद देखिन्छ ।

 

 

यति अपील भइरहँदा प्रस्तुत विषयवस्तुमा स्पष्टता छ भन्ने लाग्छ । आज होइन, अढाई तीनदशकयता मेरो आदरणीय अध्यक्षलाई मैले राम्रोसँग चिनेको छु, जानेको छु । उहाँविरुद्धको प्रहारले मलाई छोएको छ । यत्रतत्र उभिएर बोल्न सक्नु, तर्क अघि सार्न सक्छु । यसका बावजुद कसैले मलाई यस्ता वाइयात विषयवस्तु लेखेर सेयर गर्छ, ट्याग गर्छ र इन्बक्समा हाल्छ भने तथ्यसत्य उजागर गर्ने प्रमाणित कागजात जुटाओस् । जुटेका सवुतिका आधारमा राज्यको न्यायिक र नियमनकारी निकायमा जान तयार छु । आफू गलत रहेछु भनेर आफैंलाई ठम्याउने छ, सम्याउने छु र सम्हाल्ने छु । प्रचारबाजीमा ल्याएको फेक विषयवस्तुप्रति निन्दा एवम् भत्सर्ना गर्दै गलतका विरुद्ध एक ठाउँमा उभिन अपील गर्दछु ।

 (पथरी शनिश्चरेका बास्कोटा नेकपा एमालेका केन्द्रीय सदस्य हुनुहुन्छ ।)

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

पत्रकार किशोर श्रेष्ठविरुद्ध रास्वपा नेता हिमेश पन्तद्वारा साइबर ब्युरोमा उजुरी

काठमाडौं , असोज ३०। कलाकार तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य हिमेश पन्तले पत्रकार किशोर श्रेष्ठविरुद्ध नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी दर्ता गराउनुभएको

७१औँ प्रहरी दिवसमा उत्कृष्ट प्रहरी र अमर प्रहरीका सन्तति सम्मानित

काठमाडौं , असोज ३०। ७१औँ प्रहरी दिवस २०८३ को अवसरमा आयोजित विशेष समारोहमा विभिन्न विधामा उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारी,अवकाशप्राप्त अधिकारी तथा अमर प्रहरीका सन्ततिहरूलाई

सरकारद्वारा खुला प्रतिस्पर्धाबाट विभिन्न सार्वजनिक निकायमा ६११ पदाधिकारी नियुक्त

काठमाडौं , असोज ३०। सरकारले पछिल्लो अवधिमा विभिन्न मन्त्रालय तथा सार्वजनिक निकायहरूमा खुला प्रतिस्पर्धा र पारदर्शी प्रक्रियामार्फत ६११ जना पदाधिकारी नियुक्ति गरेको छ । प्रधानमन्त्री

मन्त्रिपरिषद् बैठक : गहुँको समर्थन मूल्य निर्धारण, जापान र जर्मनीको अनुदान स्वीकार गर्ने निर्णय

काठमाडौं , असोज ३०। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक गरिएको छ । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले मन्त्रिपरिषद्का १३ मुख्य निर्णय सार्वजनिक गरेका

दशैंमा पिङ खेल्ने हो ? दमकका यी यूवाको सकृयतामा ठडीयो यी ठाउँमा पीङ

दमक, ३० असोज। गाउँघरमा दशैं आएको छनक नयाँ लुगा, मीठो परिकार र रातो टीकासँगै आकाश छुने लिङ्गे पिङले पनि दिन्थ्यो। पिङ मच्चाउँदै रमाउने बालबालिका, पालो

चिकित्सा शिक्षा आयोगद्वारा स्नातक र उच्च तहका सिट निर्धारण, सरकारी संस्थामा सिट वृद्धि

३० असोज, काठमाडौं । चिकित्सा शिक्षा आयोगले शैक्षिक सत्र २०८३/०८४ का लागि चिकित्सा शिक्षाका विभिन्न तहमा सिट निर्धारण गरेको छ । आयोगको २८औँ बैठकले स्नातक,