ऋषिदेव बस्तीलाई ‘जेसीज गाउँ’ घोषणा, शैक्षिक सामग्री वितरण

पथरी, मंसिर ९
पथरी जेसीजले मोरङको पथरी शनिश्चरे वडा नम्बर ६ को मुसहरघट्टालाई ‘जेसीज गाउँ’ घोषणा गर्दै ऋषिदेव बस्तीका बालबालिकाहरूलाई शैक्षिक सामग्री प्रदान गरेको छ ।

 

जेसीज गाउँ राष्ट्रिय संयोजक सुमित्रा घिमिरे भट्टराईको प्रमुख आतिथ्यतामा मुसहरघट्टामा पथरी जेसीजले जेसीज सप्ताह सुरु गर्दै त्यस्तो कार्यक्रम अघि बढाएको हो । मुसरघट्टा पुलमा ‘जेसीज गाउँ’ लेखिएको बोर्ड समेत अनावरण गरिएको छ ।

 

 

सप्ताहको पहिलो दिन अति विपन्न ऋषिदेव बस्तीका १५ घर परिवारका ३५ जना बालबालिकाहरुलाई कापी, डटपेन ,पेन्सिल लगायत शैक्षिक सामग्रीहरू प्रदान गरेको छ ।

 

सो ऋषिदेव बस्तीलाई ‘जेसीज गाउँ’ घोषणा गरी वडा नम्बर ६ को वडा कार्यालयसंग समन्वयमा त्यहाँको शिक्षा तथा सामाजिक विकासका लागि आगामी सन् २०३० सम्म विभिन्न कार्यक्रमहरू संचालन गर्ने घोषणा गरिएको पथरी जेसीज अध्यक्ष राजकुमार विश्वकर्माले बताउनुभयो ।

 

सो सम्बन्धमा वडा नम्बर ६ का वडाध्यक्ष कृष्णकुमार बस्नेत र पथरी जेसीजका अध्यक्ष राजकुमार विश्वकर्माले एक सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको छ ।
पथरी जेसीजका कार्यकारणी उपाध्यक्ष नगेन्द्र बहादुर घिमिरेको संयोजकत्वमा जेसीज सुरू भएको महासचिव निर्मला भट्टराई गिरीले जानकारी दिनुभयो । सप्ताह आगामी मङ्सिर १६ गतेसम्म सञ्चालन हुने छ ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

गोरखा, बागलुङ र धादिङका प्रभावित स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

३०  असोज, काठमाडौं। सरकारले बाढी तथा पहिरोबाट प्रभावित गोरखा, बाग्लुङ र धादिङका विभिन्न स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरेको

‘सिद्धान्तहीन सरकारले कसरी जनताको पक्षमा काम गर्छ ?’ : कमला पन्त

काठमाडौं , असोज ३०। नेपाली कांग्रेसकी राष्ट्रिय सभा संसदीय दलकी नेता कमला पन्तले वर्तमान सरकारमा सैद्धान्तिक विचलन देखिएको आरोप लगाउनुभएको छ । उहाले सरकारसँग स्पष्ट

भूमि तथा वन सम्बन्धी अध्यादेश संसदमै छलफल हुनुपर्छ : कांग्रेस

काठमाडौं,३० असोज। नेपाली कांग्रेसकी प्रमुख सचेतक बासना थापाले भूमि तथा वन सम्बन्धी अध्यादेश संसदमा छलफल गरेर मात्रै अघि बढाउनुपर्ने पार्टीको धारणा रहेको बताउनु भएको छ

धार्मिक विधिसहित खोकना जात्रा मनाइयो

ललितपुरको खोकनामा परम्परागत तथा ऐतिहासिक खोकना जात्रा विभिन्न धार्मिक तथा सांस्कृतिक विधि पूरा गर्दै मनाइएको छ । जात्रामा परम्परागत पूजा, धार्मिक अनुष्ठान तथा सांस्कृतिक गतिविधि

अनुशासनहीन बन्दै समाज : कारण र समाधान

काठमाडौँ,३० असोज । सामान्य अर्थमा भन्दा आफ्नो कर्मलाई धर्म र नैतिक नियम अनुरूप सञ्चालन गर्नु अर्थात कसैको दवाव र करकाप विना आफ्नो कर्तव्य र सामाजिक

कांग्रेसको नयाँ नेतृत्वमा आधा दर्जनभन्दा बढी चिकित्सक, फिरदोस आलम सहमहामन्त्रीमा विजयी

३० असोज, काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत सम्पन्न केन्द्रीय कार्यसमितिको निर्वाचनमा आधा दर्जनभन्दा बढी चिकित्सकहरू निर्वाचित हुनुभएको छ । मतगणनाको प्रारम्भिक नतिजाअनुसार चिकित्सा पेशामा