दमकमा बेसार खेतीमा किसान उत्साहित

दमकमा बेसारको नयाँ ब्राण्ड बनाएर बेच्ने नगरको योजना

दमक, मंसिर २१
नेपाली किसानहरुले के कसो गरेर हुन्छ आफ्नो व्यवसायको प्रवद्र्धन गर्ने मेसो खोजिरहेका छन् । धानसहितका बालीमा उत्पादन लागत बढी पर्ने तर बजारमा अरुले नै कम मूल्य तोकिदिने गरेको परिस्थतीबाट कृषि क्षेत्र समस्यामा पर्दै गरेको अवस्थामा झापाको दमकका किसानले भनें बेसार खेतीलाई रोजेर त्यसबाट राम्रो मुनाफा कमाउने योजना अघि बढाउन थालेका छन् ।

 

दमक नगरपालिका कार्यालयले अनुदानमा बेसारको बीउ र आवश्यक मलखादका साथै प्राविधिक सहयोग समेत उपलब्ध गराएर बेसारको प्रवद्र्धनको योजना बनाएपछि किसानहरु त्यसतर्फ आकर्षित बन्न थालेका हुन् ।

 

सामाजिक अगुवा समेत रहनु भएका दमक १० का देवीप्रसाद दाहालले पहिले आफूले थोरै जग्गामा लगाएको बेसार नगरको प्रवद्र्धनात्मक कार्यक्रमले उत्साह बढेर व्यवसायिक रुपमा नै खेती थालिएको जनाउनु भयो ।

 

गत वर्षबाट दमक नगरपालिकाले यसखाले कार्यक्रम ल्याएपछि बाँझो बसेका तथा सुख्खा क्षेत्रका रुपमा रहेका जमिन बेसारमय हुन थालेका छन् । सो कार्यक्रम अन्तर्गत ४५ किसानले व्यवसायिक बेसार खेती थालेका छन् । उत्साहित रुपमा बेसार खेती गर्नेमा पर्नुहुन्छ दमकका दधिराम शिवाकोटी र पवन अधिकारी पनि ।
त्यसो त नगरको प्रथम नागरिकका रुपमा रहेका धिमाल समूदाय पनि बेसार खेतीमा लागेर आफ्नो व्यवसायिक प्रवद्र्धन गर्ने योजनामा अघि बढिसक्नु भएको छ । प्रथम नागरिक धिमाल व्यवस्थापन समितिको संयोजनमा त्यस समूदायका व्यक्तिहरु पनि यस कार्यक्रममा जोडिनु भएको छ । त्यसमध्येमा हुनुहुन्छ दमक ३ का सोमलाल धिमाल । उहाँले रुखोपाखो जग्गाका रुखहरु हटाएर बेसार खेती लगाउँदै त्यसको आम्दानीले केही गर्न सकिने भरोसामा लागिपर्नुभएको छ ।

 

 

औषधीय गुण भएको उच्च मूल्य पर्ने मसला बाली अन्तर्गतको बेसार किसानले आफ्नै क्षेत्रमा आफैं उत्पादन गर्दा उच्च आम्दानी गर्न सकिने भएकाले नगरपालिकाले यसको प्रवद्र्धनमा चासो राखेर कार्यक्रम ल्याएको नगरको कृषि विकास शाखा प्रमुख चन्द्रकला भट्टराईले बताउनु भयो । कार्यक्रम अन्तर्गत हाल करिब १६ बिगाहा जग्गामा मात्रै व्यवसायिक बेसार खेती भएकाले यसको क्षेत्र समेत विस्तार गर्नु आवश्यक रहेको जनाउँदै दमक नगरको एउटा पहिचानका रुपमा यसको ब्रान्डिङ गर्ने तयारीमा जुटेको समेत उहाँले बताउनु भयो ।

 

बेसारको प्रवद्र्धनका लागि गत वर्ष नगरपालिकाले ५ लाख बजेट छुट्याएर कार्यक्रम थाल्यो । यो वर्ष पनि ५ लाख नै बजेट विनियोजन गरेर किसानको संख्या र खेतीको क्षेत्रफल बढाउँदै बीउ, मल तथा त्यसको प्रशोधन र ब्रान्डिङमा लगानी गर्ने कार्यक्रम छ । साहस नामक संस्थाले ब्रान्डिङमा प्राविधिक सहयोग गर्ने र सेतुमारी कृषि सहकारीले बेसार संकलनको जिम्मेबारी लिएर यसखाले खेतीबाट दमकलाई चिनाउने क्रममा नगरपालिका लागेको नगर प्रमुख रामकुमार थापाले जोड दिनु भयो ।

 

कृषि व्यवसायबाट खास आम्दानी हुन नसकेको भन्दै युवाहरुको विदेश जाने लर्कोलाई रोक्ने हिसाबले राम्रो आम्दानी गर्न सकिने बेसारसहितको खेतीमा सरकारी पक्षको चासो बढ्नु आजको आवश्यकता हो । बजार व्यवस्थापनलाई दर्बिलो बनाउँदै लाने कुरामा ध्यान दिनु अर्को महत्वपूणर् पाटो हो । दमक नगरको यो चासोले कम्तिमा पनि नगरका युवाहरुलाई प्रोत्साहित गरी आफ्नै नगरमा राम्रो आम्दानीको बाटोमा लाग्न अनि कृषि पेशालाई पुनर्जागृत गराउन मद्धत पुर्याउने देखिन्छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

सभामुख अर्याल र राष्ट्रसंघीय आवासीय संयोजकबीच शिष्टाचार भेट

काठमाडौं,१६ वैशाख । सभामुख डोल प्रसाद (डीपी) अर्याल र नेपालका लागि संयुक्त राष्ट्रसंघकी आवासीय संयोजक लीला पिटर्स याहियाले शिष्टाचार भेटवार्ता भएको छ । भेटमा नेपाल–संयुक्त

सुकुम्बासी बस्तीमा डोजर र अध्यादेश शासनबारे सांसदहरूको आपत्ति

काठमाडौं,१६ वैशाख। प्रतिनिधिसभा सदस्यहरूले सुकुम्वासी माथिको सरकारकारी डोजर र अध्यादेशबाट शासन चलाउने विषय गम्भीर रहेको बताउनु भएको छ । बुधबार राजधानीको संवाद डबलीमा भएको कार्यक्रममा

चक्रपथ विस्तारको दोस्रो चरणको सम्झौता सम्पन्न

काठमाडौँ, १६ बैशाख । चक्रपथ विस्तारको दोस्रो चरण अन्तर्गत सहायता सम्बन्धी सम्झौता बुधबार औपचारिक रूपमा सम्पन्न भएको छ। भौतिक पूर्वाधार तथा यातायात तथा शहरी विकास

अन्तर–प्रदेश चल्ने सार्वजनिक यातायातको भाडा वृद्धि

काठमाडौं,१६ वैशाख । यातायात व्यवस्था विभागले देशभरका अन्तर–प्रदेश चल्ने सार्वजनिक यातायातको भाडा दरमा वृद्धि गरेको छ । विभागले २०८० वैशाख १६ गतेदेखि लागू हुने गरी

सर्लाहीको बागमतीमा मानव कङ्काल फेला

सर्लाही,१६ वैशाख । सर्लाहीमा मानव कङ्काल फेला परेको छ । जिल्लाको बागमती नगरपालिका – १२ क्षेत्रमा मंगलबार दिउँसो टाउको र शरीर छुट्टिएको अवस्थामा कङ्काल फेला

एमालेको चुनावी असफलतामा पौडेलको समीक्षा

काठमाडौं,१६ वैशाख । नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले पार्टीले हालै भएको निर्वाचबाट ठुलो राजनीतिक धक्का र असफलता व्यहोरेको स्वीकार गर्नु भएको छ। २७औँ यदु स्मृति