दमक, मंसिर २१
संघीय सरकारले हरेक आर्थिक बिपन्न परिवारमा पनि विद्युतीय चुल्होको पहुच पुर्याउन भने बजेटनै बिनियोजन गरी कार्यक्रम बनाएको थियो । बजेटमा सुन्दा कार्यान्वयन कसरी होला र जस्तो लाग्थ्यो । तर त्यसरी घोषणा गरिएको कार्यक्रम कार्यान्वयन भएको छ ।
जस अन्तर्गत दमक नगरपालिका वडा नम्बर ६ ले यहाँबाट पठाइएको सुचीका आधारमा लाभग्राहीलाई चुल्हो वितरण गरेको छ ।
२३ जनाको नाम पठाइएकोमा सोही बमोजिम विद्युतीय चुल्हो वितरण गरिएको वडाध्यक्ष टेक बहादुर थापाले जानकारी दिनुभयो ।
दमक नगरपालिकाले वडा वडामा पठाएको सो चुल्हो वडाले आफ्नो तथ्यांकमा रहेका बिपन्न परिवारलाई वितरण गरिरहेका छन् ।









