पथरी, मंसिर २१
पथरी शनिश्चरे वडा नम्बर १ को गुम्बा लाइनमा ॐ शान्ति ब्रह्माकुमारी राजयोग पाठशालाले भूमि पूजन तथा दुई तले भवनको शिलान्यास गरेको छ ।
शुक्रबार पथरी शनिश्चरे नगरपालिकाका प्रमुख मोहनप्रसाद तुम्वापो र उर्लाबारी नगरपालिकाका प्रमुख गंगाप्रसाद खरेलले संयुक्त रुपमा भूमि पूजन कार्यक्रम तथा शिलान्यास गर्नुभएको हो।
पथरी शनिश्चरे नगर प्रमुख तुम्वापोले आफ्ना आचरण- व्यवहारहरू परिवर्तन गर्नु पर्ने भन्दै सकरात्मक सोच विकास गर्नुमा जोड दिनुभयो ।
ब्रह्मा कुमारी राजयोग कोशी प्रदेश प्रमुख गीता दिदीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विशिष्ट अतिथिहरुको रूपमा पथरिशनिश्चरे १ का वडाध्यक्ष भीमकुमार राई, संविधानसभाका सभासद् चण्डीप्रसाद राई, आचार्य पण्डित केवल कृष्ण अधिकारी, पथरी उद्योग वाणिज्य संघका अध्यक्ष दीपक बस्नेतको आतिथ्यता रहेको थियो । आतिथ्यता ग्रहण गर्ने अन्यमा सब डिभिजन वन कार्यालय पथरीका प्रमुख त्रिभुवन शाह, पथरी बहुमुखी क्याम्पसका कार्यवाहक अध्यक्ष माधवप्रसाद कोइराला, पथरी खानेपानी उपभोक्ता तथा सरसफाई समिति अध्यक्ष जयराम बिष्ट, पथरी जेसीजका अध्यक्ष राजकुमार विश्वकर्मा, पथरी शनिश्चरे स्वास्थ्य प्रमुख मुरारी प्रसाद आचार्य, सुनाखरी माध्यमिक विद्यालयका व्यवस्थापन समिति अध्यक्ष प्रदिप कुमार राई, पञ्चायत माध्यमिक विद्यालयका विद्यालय व्यवस्थापन समिति अध्यक्ष यज्ञप्रसाद बास्कोटालगायत रहनु भएको थियो ।









