फरकखाले विकास र पर्यटन प्रवद्र्धनको आधार

दमकको आकर्षक बिजनेस टावरको आज प्रम ओलीबाट उद्घाटन हुँदै

दमक, मंसिर २३
नेपालकै अग्लो टावरका रुपमा निर्माण भएको झापाको दमक ३ स्थित ‘दमक बिजनेस कम्प्लेक्स’को आज प्रधानमन्त्री केपी शर्र्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

 

पूर्वपश्चिम मुख्य सडकको ताराबारी उत्तर दमक वडा नं. ३ मा ‘दमक बिजनेस कम्प्लेक्स’ नाम दिइएको १८ तले टावर आकारको भवनको प्रधानमन्त्री ओलीले अपरान्ह २ बजे उद्घाटन गर्ने कार्यक्रम रहेको छ । जसले स्थानीयमा उत्साह ल्याउने भएको देखिन्छ ।

 

सहरी विकास मन्त्रालयले टावरस्थलमा शनिबार पत्रकार सम्मेलन गर्दै यसको सञ्चालनका लागि कम्पनीहरुलाई आव्हान गर्ने तथा केही प्रवेश शुल्क समेत राखेर त्यसको व्यवस्थापन गरिने जानकारी गराएकोे छ । मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देलले टावर उद्घाटपछि व्यापारिक प्रयोजनको हिसाबले समेत कम्पनीहरुले यसको व्यवसायिक सञ्चालनकालागि साञ्चालनको जिम्मा लिनसक्ने उल्लेख गर्नुभयो ।

 

प्रधामन्त्री ओलीको निर्वाचन क्षेत्र झापा ५ मा पर्ने सो टावर प्रधानमन्त्री ओलीकै पहलमा गौरबको आयोजनाका रुपमा रहेको छ । पूर्वको फरक आकर्षकस्थलका रुपमा लिइएको टावरलाई यसबेला आकर्षकरुपले सजाउने काम भएको छ । टावरकोे वरिपरी पानीका फोहोरा, आकर्षक बत्तीसहितको मनोरमस्थल तयार छ ।
यसलाई ‘दमक भ्यू टावर’को नामबाट निर्माण सुरु भएको र पछि ‘दमक बिजनेस कम्प्लेक्स’ नामाकरण गरिएको थियो । यो टावर १ वर्ष अघि नै निर्माण सम्पन्न भएपनि त्यसको सञ्चालनका सम्बन्धमा संघीय सरकारले नीति बनाउन समय लागेपछि यसबेला उद्घाटन हुने अवसर जुरेको छ ।

 

स्थानीय सरकार वा कुन निकायले सञ्चालन गर्ने भन्ने विषयमा अन्योलता सिर्जना भइरहेको थियो । टावरका विषयमा राजनीति पक्ष र विपक्षका हिसाबले हेर्ने र तर्क गर्ने कुराले पनि ठाउँ पाउँदै आएको थियो । यसबीच यसको स्वामित्व अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र विकास समितिलाई दिने तयारीसहित उद्घाटन हुन लागेको हो ।

 

केही समय अघि अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र विकास समितिका कार्यकारी निर्देशक तेजबहादुर राईसहितको टोलीले स्थलगत निरीक्षण गरी यस विषयमा गहन छलफल गरेर अघि बढ्ने प्रतिबद्धता जनाएको थियो । टावरको सञ्चालनको नीति निर्माण सरकारले तय गरेपछि यसखाले गौरबको योजनाले कोशी प्रदेशलाई गौरबको अनुभूति प्रदान गरेकोे कोशी प्रदेशसभा सदस्य होमबहादुर थापाको बुझाई छ ।

 

२०७६ असार २७ गते प्रधानमन्त्री ओलीले यसको शिलान्यास गर्नुभएको थियो । एक सय मिटर अग्लो सो कप्लेक्स १८ तलामा विजाजित छ । ७२ मिटर उचाइ कंक्रिट संरचनामा बनेको छ भने २८ मिटरमा मेटल फ्रेमको टावर रहेको छ ।

 

कुल एक अर्ब ३८ करोड १८ लाख चार हजार पाँच सय ६९ रुपैयाँ लागत लाग्ने सुरुको सम्झौता रहेकोमा परियोजना सम्पन्न हुँदा ५ दशमलव ४ प्रतिशत लागत मूल्य बढेको सहरी विकास तथा भवन निर्माण आयोजना चन्द्रगढीले जनाएको छ । जस अनुरुप यसको लागत एक अर्ब ४५ करोड हुन पुगेको छ । चिनियाँ कम्पनी जेडसीजीआईआईसी र आशिष ओम साइराम निर्माण कम्पनी जेभीले टावर निर्माणको जिम्मा पाएको थियो ।

https://www.facebook.com/share/v/19W1TUP2KL/

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

पत्रकार किशोर श्रेष्ठविरुद्ध रास्वपा नेता हिमेश पन्तद्वारा साइबर ब्युरोमा उजुरी

काठमाडौं , असोज ३०। कलाकार तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य हिमेश पन्तले पत्रकार किशोर श्रेष्ठविरुद्ध नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी दर्ता गराउनुभएको

७१औँ प्रहरी दिवसमा उत्कृष्ट प्रहरी र अमर प्रहरीका सन्तति सम्मानित

काठमाडौं , असोज ३०। ७१औँ प्रहरी दिवस २०८३ को अवसरमा आयोजित विशेष समारोहमा विभिन्न विधामा उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारी,अवकाशप्राप्त अधिकारी तथा अमर प्रहरीका सन्ततिहरूलाई

सरकारद्वारा खुला प्रतिस्पर्धाबाट विभिन्न सार्वजनिक निकायमा ६११ पदाधिकारी नियुक्त

काठमाडौं , असोज ३०। सरकारले पछिल्लो अवधिमा विभिन्न मन्त्रालय तथा सार्वजनिक निकायहरूमा खुला प्रतिस्पर्धा र पारदर्शी प्रक्रियामार्फत ६११ जना पदाधिकारी नियुक्ति गरेको छ । प्रधानमन्त्री

मन्त्रिपरिषद् बैठक : गहुँको समर्थन मूल्य निर्धारण, जापान र जर्मनीको अनुदान स्वीकार गर्ने निर्णय

काठमाडौं , असोज ३०। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक गरिएको छ । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले मन्त्रिपरिषद्का १३ मुख्य निर्णय सार्वजनिक गरेका

दशैंमा पिङ खेल्ने हो ? दमकका यी यूवाको सकृयतामा ठडीयो यी ठाउँमा पीङ

दमक, ३० असोज। गाउँघरमा दशैं आएको छनक नयाँ लुगा, मीठो परिकार र रातो टीकासँगै आकाश छुने लिङ्गे पिङले पनि दिन्थ्यो। पिङ मच्चाउँदै रमाउने बालबालिका, पालो

चिकित्सा शिक्षा आयोगद्वारा स्नातक र उच्च तहका सिट निर्धारण, सरकारी संस्थामा सिट वृद्धि

३० असोज, काठमाडौं । चिकित्सा शिक्षा आयोगले शैक्षिक सत्र २०८३/०८४ का लागि चिकित्सा शिक्षाका विभिन्न तहमा सिट निर्धारण गरेको छ । आयोगको २८औँ बैठकले स्नातक,