दमक, मंसिर २३
नेपालकै अग्लो टावरका रुपमा निर्माण भएको झापाको दमक ३ स्थित ‘दमक बिजनेस कम्प्लेक्स’को प्रधानमन्त्री केपी शर्र्मा ओलीले पानसमा बत्ती बालेर र रिबन काटेर भर्खरै उद्घाटन् गर्नुभएको छ ।
‘दमक बिजनेस कम्प्लेक्स’ नाम दिइएको कुल १ सय मिटरको १८ तले टावर आकारको भवनको प्रधानमन्त्री ओलीले उद्घाटन गर्नुभएको हो ।
समारोहमा सहरी विकास मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देलले कम्प्लेक्स भवनका बारेमा जानकारी गराउनु भयो ।
प्रधामन्त्री ओलीको निर्वाचन क्षेत्र झापा ५ मा पर्ने सो टावर प्रधानमन्त्री ओलीकै पहलमा गौरबको आयोजनाका रुपमा रहेको छ । पूर्वको फरक आकर्षकस्थलका रुपमा लिइएको टावरलाई यसबेला आकर्षकरुपले सजाउने काम भएको छ । टावरकोे वरिपरी पानीका फोहोरा, आकर्षक बत्तीसहितको मनोरमस्थल तयार छ ।
यसको स्वामित्व अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र विकास समितिलाई दिने तयारीसहित उद्घाटन भएको हो ।
समारोहमा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीसहितको उपस्थिती रहेको थियो ।









