लैंगिक हिंसा विरुद्धको कचहरी नाटक चारस्थानमा प्रदर्शन

पथरी, मंसिर २४
लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत मोरङको पथरी शनिश्चरे नगरपालिकाबाट नगरका विभिन्न ४ स्थानमा कचहरी नाटक प्रदर्शनको कार्यक्रम अघि बढेको छ ।

 

‘हामी सबैको प्रतिबद्धताः लैगिक हिंसा अन्त्यको लागि ऐक्यबद्धता’ भन्ने राष्ट्रिय नाराका साथ शब्द थिएटर पथरी शनिश्चरेकोे प्रस्तुतिको नाटकमा शब्द थिएटर र दमकस्थित कदम थिएटरका कलाकारहरुको सहभागिता रहेको छ ।

 

पहिलो दिन शनिश्चरे चोक, दोस्रोे दिन बुद्धचौक र सोमबार तेस्रो दिन हसन्दह बजारमा नाटक प्रदर्शन भएकोे शब्द थिएटरका निर्देशक जीवन बरालले जनाउनु भयो ।

 

मंगलबार अन्तिम दिन वडा नम्बर ३ को आइतबारेमा सो नाटक प्रदर्शन हुनेछ । नाटकलार्ई कदम थिएटरका कला निर्देशक सिजन दाहालले निर्देशन गर्नुभएको छ ।

 

नाटकमा सुमन कुइकेल, पुजन खरेल, सुवासचन्द्र खरेल, पारुमा राई, रोशन मुर्मु, प्रविन भण्डारी, आयुश खतिवडा, बुङ्छेङले लगायतले जीवन्त अभिनय गर्नुभएको छ ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

नेपाललाई विश्व वित्तीय प्रणालीसँग जोड्न क्रस रिभर बैंकको नयाँ अभियान

काठमाडौं,१३ असार । अमेरिकाको अत्याधुनिक वित्तीय पूर्वाधार निर्माणमा अग्रणी संस्था क्रस रिभर बैंकले नेपाललाई विश्व वित्तीय प्रणालीसँग जोड्न एक अभियान सुरु गरेको छ। हाल नेपालमा

धनुषामा पेस्तोल र गोलीसहित दुई जना पक्राउ

जनकपुर,१३ असार । धनुषामा पेस्तोलसहित २ जना पक्राउ परेका छन् । जिल्लाको जनकपुरधाम उपमहानगरपालिका ०९ थापा चोकस्थित एक होटलबाट शनिबार –आज) पेस्तोल, इगल र्याप्टर लेखिएको

राप्रपा महाधिवेशन मंसिर २६ देखि २८ सम्म काठमाडौंमै हुने, मिति सर्दैनः राजेन्द्र लिङ्देन

काठमाडौं,१३ असार । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीको महाधिवेशन आगामी मंसिर २६, २७ र २८ गते काठमाडौंमा नै हुने बताउनु भएको

फुटबलरकी श्रीमतीसहित ९२० भन्दा बढीको मृत्यु!

काराकास,१३ असार । भेनेजुएलामा आएको विनाशकारी भूकम्पमा एक आमाले आफ्नी सानी छोरीलाई बचाउने क्रममा ज्यान गुमाउनु भएको छ। स्थानीय सञ्चारमाध्यम र भेनेजुएलाका फुटबलर हेक्टर बेलोका

लुकाकु बने विश्वकपमा बेल्जियमका लागि सर्वाधिक गोल गर्ने खेलाडी

काठमाडौं,१३ असार । बेल्जियमका अनुभवी फरवार्ड रोमेलु लुकाकु फिफा विश्वकप इतिहासमा बेल्जियमबाट सर्वाधिक गोल गर्ने खेलाडी बन्नु भएको छ। क्यानडाको भ्यानकुभरमा शनिबार सम्पन्न फिफा विश्वकप