नियमित विद्यालय आउने विद्यार्थीले हजारौं रुपैयाँ पाउँछन्

दमक, मंसिर २४
झापाको गौरादह नगरपालिका वडा नम्बर ५ स्थित चप्रामारीमा रहेको भद्रकाली माद्यमिक विद्यालय । यहाँका ४७ जना विद्यार्थीले महिनैपिच्छे पैसा पाउँछन् । त्यो पनि विद्यालय आएवापत । यो अभियान त्यसबेला देखि सुरु भएको हो जतिबेला यहाँका बालबालिकाहरु पैसा अभावकै कारण विद्यालय जान सकिरहेका थिएनन । अर्थात सन् २०१० देखि यस क्षेत्रका १२ जना विद्यार्थीबाट सुरु भएको यो अभियान अहिले २४० जना विद्यार्थीसम्म पुगेको छ । एउटा विद्यालयबाट थालिएको यो अभियान नगरका ११ वटा विद्यालयसम्म छाएको छ ।

 

यहाँ विद्यालयले छनौट गरेका विपन्न विद्यार्थीहरुलाई महिनाको एक हजार तथा वर्षको १२ हजार रुपैँया दिइन्छ । र, यो अभियान चलाउनु भएको हो यही ठाउँबाट ३२ वर्षअघि कोरिया जानु भएका कृष्ण प्रसाद सिटौलाले ।  भद्रकाली माविमा कखरा सिक्नु भएका सिटौलाले आफ्नो ठाउँका विद्यालय जान नसकिरहेका आर्थिक विपन्न विद्यार्थीसम्म पुग्ने वातरण बनाउनु भएको हो ।

 

बालबालिकालाई वर्षमा एक जोर पोशाक, कापी कलम किन्न नसक्ने र घरमै बसीदिए बरु केही पैसा बच्ने थियो कि भन्ने वर्गका छोराछोरीलाई नियमीत विद्यालय जाने काम गराउनु भएको हो । सिटौलाले त्यसखाले परिवारका अभिभावकलाई के भयो भने आफ्ना छोराछोरी विद्यालय पठाउन सक्नु हुन्छ भन्दै सोध्ने र अभिभावकले भनेको समस्या समाधान गरिदिए विद्यालय पठाउने प्रतिवद्धता गराएर त्यसरी मासिक रुपमा नगद नै दिनेगरिको प्रबन्ध गराएको बताउनु भयो ।
त्यसबाट केही रकम बचाएर परिवारमा पनि सानो सहयोग समेत हुने भएकोले यो कामको थालनी गरिएको सिटौलाले भद्रकाली माविमा एक औपचारिक कार्यक्रमको आयोजना गराएर बताउनु भयो । यति मात्रै नभएर उहाँले विपन्न परिवारका छोराछोरीले पनि कम्प्युटर कक्षा पढ्न पाउनु पर्छ भनेर सुरुमा १० वटा कम्प्युटर र अहिले ९० भन्दा बढि कम्प्युटर वितरण गरिसक्नु भएको छ । साथै विद्यालयमा स्मार्ट बोर्ड समेत प्रदान गरेर शिक्षालाई थप प्राविधीमैत्री बनाउन समेत सिटौलाको पहलले काम गरेको छ । यसैको परिणाम स्वरुप यो विद्यालयमा अहिले सीटीइभिटीको कक्षा समेत सञ्चालन गर्ने क्षमताको विद्यालय बन्न समेत सकेको छ ।

 

सिटौलाको पहलमा यहाँ हेल्पिङ रोड नामक कोरियाको संस्थाले सहयोग गरिरहेको छ । यो संस्थामा आफै जोडिएर र केही मनकारी कोरियनहरुलाई अभियानका बारेमा बुझाएपछि यस क्षेत्रको शैक्षिक क्षेत्रको सुधार गर्न यो काम उहाँले अघिबढाइ रहनु भएको छ । हेल्पिङ रोडकी अध्यक्ष भेन लि जि साङले ग्रामीण क्षेत्रका विद्यार्थीको शिक्षा सुधार गर्ने अभियानमा जोडिन पाउँदा आफुलाई गर्व लागेको सुनाउनु भयो ।

 

यसरी विद्यार्थीहरुको शैक्षिक गुणस्तर बृद्धि गर्न छात्रबृद्धिका साथै अन्य उपकरणको क्षेत्रमा पनि अनुकरणीय कार्य गरेको भन्दै यसबाट विद्यार्थीको पठन पाठनमा सुधार भइरहेको विद्यालयले जनाएको छ । भद्रकाकाली माविका प्रधानाध्यापक रेबलाल श्रेष्ठ भन्नु हुन्छ ‘यो महान कामले यस क्षेत्रका विपन्न विद्यार्थीले पनि कम्प्युटर सिक्न पाएका छन् भने नयाँ नयाँ प्रविधिको प्रयोग गरी आफ्नो सिकाईलाई थप सिर्जनशील बनाउन सकेका छन् ।’

 

शनिबार सम्पन्न भएको औपचारिक कार्यक्रमको प्रमुख अतिथी रहनु भएका कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सरकारले शिक्षालयमा भौतिक र प्राविधिक कुरामा विकास गर्दैै त्यस अनुसारको सहयोगका कार्यक्रम बनाइरहेको बताउनु भयो । सरकारले समेत कार्यक्रमलाई सहयोग गर्ने अभियान हेल्पिङ रोड मार्फत चलेकाले आफुहरु भौतिक तथा अन्य कुरामा सहयोग गर्न तयार रहि शिक्षा सुधारको अभियानमा लागिरहेको उल्लेख गर्नुभयो ।

 

हेल्पिङ रोडले यस क्षेत्रका बिभिन्न बालबालिकाहरुलाई बिगत १५ वर्षदेखि निरन्तर सहयोगका कामहरु गर्दै आएको छ । यो पटक पनि केही स्मार्ट बोर्ड र ल्यापटप तथा कम्प्युटर लिएर कोरियाबाट टोली आएको थियो । दुई दिन बिभिन्न कार्यक्रम गरी यस क्षेत्रको शिक्षा सुधारमा निरन्तर जोडिरहने प्रतिवद्धताका साथ फर्कदैछ ।

 

दोस्रो दिन संस्थाको कार्यक्रम सञ्चालन भएका ११ वटा विद्यालयका शिक्षक, अभिभावक, विद्यालय व्वस्थापन समिति र केही विद्यार्थी प्रतिनिधिसहित एकै ठाउँमा भेला भएर कार्यक्रमको प्रभावकारिता र यसको औचित्यका बारेमा अन्तरकृया गरिएको थियो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

गौतमबुद्ध विमानस्थलमा आश गरेर लगानी गर्नेहरू संकटमा स् सांसद अग्रवाल

काठमाडौँ , १ भदौ । रुपन्देहीस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालन नहुँदा व्यवसायी र लगानीकर्तालाई मार परेको सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद पुनमकुमारी अग्रवालले

भूमिहीनलाई अधिकार दिऔं, निराशा होइन : सांसद खत्री

काठमाडौं ,१ भदौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद राजिव खत्रीले भूमिहीनलाई अधिकार दिनुपर्ने र निराशा फैलाउने भाष्य निर्माण गर्न नहुने बताउनु भएको छ । सोमबार प्रतिनिधिसभाको

कोशी प्रदेशमा ११ सदस्यीय मन्त्रिमण्डलले पायो पूर्णता

विराटनगर ,१ भदौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मन्त्रिपरिषद् विस्तार गर्दै मन्त्रीहरूको कार्यविभाजन टुङ्ग्याउनुभएको छ। एमाले र नेकपाबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति भएसँगै

भारतीय स्थल सेनाध्यक्ष सेठलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान

काठमाडौं ,१ भदौं । राष्ट्रपति रामचन्द्र पौडेलले भारतीय स्थल सेनाध्यक्ष धिरज सेठलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गर्नु भएको छ ।   सोमबार राष्ट्रपति

नेपालमा रहेका ब्रिटिश गोर्खाले मनाए नागपञ्चमी

काठमाडौं,१ भदौं। नेपालभर नाग पञ्चमी पर्व श्रद्धा र भक्तिभावका साथ मनाइँदै गर्दा नेपालमा रहेका ब्रिटिश गोर्खाले पनि नागपञ्चमी मनाएका छन् । ब्रिटिश गोर्खाज नेपाल (बीजीएन)को

सामाजिक सञ्जालमा लगाइएको आरोपप्रति सांसद इन्दिरा राना मगरको आपत्ति

काठमाडौं ,१ भदौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद इन्दिरा राना मगरले मानव बेचबिखन तथा ओसारपसारसम्बन्धी विधेयकमा प्रयोग भएका केही शब्दप्रति आपत्ति जनाउँदै नेपाली महिलामाथि