रासायनिक हतियार उत्पादनसँग जोडिएको आशङ्का

सिरियामा इजरायली लडाकु विमानद्वारा सय भन्दा बढी आक्रमण

दमक, मंसिर २५
सिरियाली सञ्चारमाध्यमका अनुसार इजरायली लडाकू विमानले राजधानी दमास्कससहित देशभर दर्जनौँ आक्रमण गरेका छन् ।बेलायतस्थित सिरियन अब्जरभेटरी फर ह्युमन राइट्स (एसओएचआर) ले सैन्य लक्ष्यमा १०० भन्दा बढी आक्रमण भएको जनाएको बिबिसिले जनाएको छ ।

 

स्थानीय सञ्चार माध्यमलाई हवाला दिदै बिबिसिले लेखेको छ ‘ रासायनिक हतियार उत्पादनसँग जोडिएको आशङ्कागरिएको अनुसन्धान केन्द्र पनि प्रभावित भएको छ ।’इजरायलले असद शासनलाई अपदस्थ गरेपछि ‘चरमपन्थीको हातमा पर्ने हतियार’ रोक्नका लागि कदम चालेको बताएको छ ।इजरायलले असद शासनलाई अपदस्थ गरेपछि ’चरमपन्थीको हातमा पर्ने हतियार’ रोक्नका लागि कदम चालेको बताएको छ ।

 

राष्ट्रपति बशर अल असदको पतनपछिको अवस्थाबारे छलफल गर्न सोमबार संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्को बैठक बसेको थियो र आगामी दिनमा वक्तव्यजारी गर्ने बताएको थियो ।

 

सिरियाले सन् २०१३ मा राजधानी दमास्कसको उपनगरीय इलाकामा रासायनिक हतियार आक्रमण गरेको एक महिनापछि ओपीसीडब्लुको रासायनिक हतियार प्रमाणपत्रमा हस्ताक्षर गरेको थियो ।

 

पीडामा डुबेका पीडितहरूको डरलाग्दो तस्बिरले संसारलाई स्तब्ध बनायो। पश्चिमा शक्तिराष्ट्रहरूले यो आक्रमण सरकारले मात्र गर्न सक्ने बताए पनि असदले विपक्षीलाई दोष दिएका छन् ।

 

ओपीसीडब्लु र संयुक्त राष्ट्रसंघले सिरियाली सरकारले घोषणा गरेको सबै १,३०० टन रसायन नष्ट गरे पनि देशमा रासायनिक हतियार आक्रमण जारी छ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

डलरसहित विदेशी मुद्राको आजको विनिमयदर यस्तो

काठमाडौं भदौ १३। नेपाल राष्ट्र बैंकले आज ९शनिबार०का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । जसनुसार आज अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ३१

गाईजात्राको इतिहास प्रताप मल्लभन्दा पनि पुरानो : डा. गोविन्द टन्डन

काठमाडौं , भदौ १३ । संस्कृतिविद् डा. गोविन्द टन्डनले गाईजात्रा प्रताप मल्लको पालामा सुरु भएको भन्ने प्रचलित धारणा ऐतिहासिक रूपमा अपूर्ण रहेको बताएका छन् ।

बाढीपीडितको राहतमा नमुना कलेजले दियो ५ लाख ५ हजार ५५ रुपैयाँ

विराटनगर , भदौ १३ । इटहरीस्थित नमुना कलेजले भोटेकोशी बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि ५ लाख ५ हजार ५५ रुपैयाँ सहयोग गर्ने निर्णय

२४ घण्टामा ५१४ सवारी चालक ट्राफिक कारबाहीमा

काठमाडौं , भदौ १३ । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ५१४ वटा सवारीसाधनका चालकलाई कारबाही गरेको छ ।शनिबार बिहानसम्म काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले

भोटेकोशी बाढीका पहिचान नभएका शव चितवनमा व्यवस्थापन गरिँदै

काठमाडौं,१३ भदौ । रसुवाको भोटेकोशीमा १० भदौमा आएको विनाशकारी बाढीपछि चितवनमा संकलन गरिएका पहिचान हुन नसकेका तथा बेवारिसे शवको व्यवस्थापन गरिने भएको छ।जिल्ला प्रशासन कार्यालय

रसुवाका बाढीपीडितलाई सहयोग गर्न प्राधिकरणको आह्वान

काठमाडौं , भदौ १३। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भोटेकोशीमा आएको भीषण बाढीका कारण ठूलो जनधनको क्षति भएको र प्रभावित क्षेत्रमा हालसम्म पनि