दमक, मंसिर २६
नेपाली बजारमा पछिल्ला दिनमा दैनिक रुपमा सुनको भाउ बढ्दै गएको छ । आज (बुधबार) पनि सुनको भाउ तोलामा दुई हजार रुपैयाँले बढेको छ । आज १ लाख ५४ हजार २ सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
हिजो मंगलबार सुनको मूल्य प्रतितोला २ हजार १ सय रुपैयाँ बढेको थियो । हिजो सुनको मूल्य एक लाख ५२ हजार दुईसय रुपैयाँ थियो । दुई दिनमै सुनको मूल्य चार हजार एकसय रुपैयाँ बढेको छ ।
बुधबार चाँदीको मूल्य भने स्थिर रहेको छ । मंगलवार तोलामा १ हजार ९२५ रुपैयाँमा कारोबार भएको चाँदीको बुधबार पनि सोही मूल्य तय भएको छ ।










