निल डेभिड हेयर एण्ड व्यूटी सेलुनको पथरीमा ८ औं वार्षिकोत्सव

पथरी, मंसिर ३०
पथरी शनिश्चरे १ मा रहेकोे निल डेभिड हेयर एण्ड व्युटी सेलुनको आइतबार ८ औं वार्षिकोत्सव सम्पन्न भएको छ ।

 

पथरी उद्योग वाणिज्य संघका अध्यक्ष दीपक बस्नेत र उपाध्यक्ष रविन्द्रकुमार राई, लायन्स क्लब अफ पथरी शनिश्चरेका अध्यक्ष तथा पथरी शनिश्चरे नगरका स्वास्थ्य शाखाका प्रमुख मुरारी आचार्यले संयुक्त रुपमा उद्घाटन गर्नुभएको हो ।

 

वडा नम्बर १ का अध्यक्ष भीमकुमार राईले प्रमुख अतिथिको तर्फबाट ८ अंक अंकित केक काट्नु भएको थियो । सो अवसरमा वडाध्यक्ष राई र वाणिज्य संघ अध्यक्ष बस्नेतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

 

सेलुनकी संचालक मीरा बस्नेतले ८ वर्ष अघि स्थापनाकालमा २५ लाख रुपैयाँ बराबरको लागतमा महिला तथा पुरुषहरुका लागि खोलिएको सो सेलुनबाट ३ सय बढी युवा युवतीहरुलाई व्यवसायिक तालिम प्रदान गरिएको बताउनुभयो । हाल दमक, उर्लाबारी र पथरी वजारमा सेलुन खोलेर १५ जनालाई रोजगारी दिइरहेको जानकारी गराउनु भयो ।

 

 

नेपालका चर्चित हेयरस्टाइलिस्ट निल डेभिट कटुवालकोे अवधारणामा सञ्चालनमा ल्याइएको सो सेलुनका नेपालमा ४५ वटा शाखाहरू रहेका छन् भने विश्वका विभिन्न देशमा गरी ८२ वटा शाखा रहेको बस्नेतले बताउनुभयो । यहाँ महिलाहरूको व्युटी पार्लर र पुरूषहरूको हेयर कटिङ्ग दक्ष कामदारबाट हुँदै आएको छ ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

गोरखा, बागलुङ र धादिङका प्रभावित स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

३०  असोज, काठमाडौं। सरकारले बाढी तथा पहिरोबाट प्रभावित गोरखा, बाग्लुङ र धादिङका विभिन्न स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरेको

‘सिद्धान्तहीन सरकारले कसरी जनताको पक्षमा काम गर्छ ?’ : कमला पन्त

काठमाडौं , असोज ३०। नेपाली कांग्रेसकी राष्ट्रिय सभा संसदीय दलकी नेता कमला पन्तले वर्तमान सरकारमा सैद्धान्तिक विचलन देखिएको आरोप लगाउनुभएको छ । उहाले सरकारसँग स्पष्ट

भूमि तथा वन सम्बन्धी अध्यादेश संसदमै छलफल हुनुपर्छ : कांग्रेस

काठमाडौं,३० असोज। नेपाली कांग्रेसकी प्रमुख सचेतक बासना थापाले भूमि तथा वन सम्बन्धी अध्यादेश संसदमा छलफल गरेर मात्रै अघि बढाउनुपर्ने पार्टीको धारणा रहेको बताउनु भएको छ

धार्मिक विधिसहित खोकना जात्रा मनाइयो

ललितपुरको खोकनामा परम्परागत तथा ऐतिहासिक खोकना जात्रा विभिन्न धार्मिक तथा सांस्कृतिक विधि पूरा गर्दै मनाइएको छ । जात्रामा परम्परागत पूजा, धार्मिक अनुष्ठान तथा सांस्कृतिक गतिविधि

अनुशासनहीन बन्दै समाज : कारण र समाधान

काठमाडौँ,३० असोज । सामान्य अर्थमा भन्दा आफ्नो कर्मलाई धर्म र नैतिक नियम अनुरूप सञ्चालन गर्नु अर्थात कसैको दवाव र करकाप विना आफ्नो कर्तव्य र सामाजिक

कांग्रेसको नयाँ नेतृत्वमा आधा दर्जनभन्दा बढी चिकित्सक, फिरदोस आलम सहमहामन्त्रीमा विजयी

३० असोज, काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत सम्पन्न केन्द्रीय कार्यसमितिको निर्वाचनमा आधा दर्जनभन्दा बढी चिकित्सकहरू निर्वाचित हुनुभएको छ । मतगणनाको प्रारम्भिक नतिजाअनुसार चिकित्सा पेशामा