दमक, पुष १५
औद्योगिक क्षेत्रबाट निस्कने ठोस फोहोर, रासायनिक फोहोर र वायु प्रदूषणले वातावरणमा नकारात्मक प्रभाव पारिरहेका छन्. औद्योगिक फोहोर व्यवस्थापनमा प्रभावकारी नीति र अनुगमनको अभावले गर्दा यो समस्या झन् जटिल बन्दै गएको छ।विश्वमा वायु प्रदूषण उच्च भएका देशमध्ये नेपाल अग्रस्थानमा पर्छ। सन् २०२३ मा गरिएको एक अध्ययन अनुसार विश्वका १३४ देशमध्ये नेपाल आठौं स्थानमा थियो। नेपालको औसत वायु गुणस्तर सूचकांक ११८ थियो।
यो सूचकांकले नेपालमा वायु प्रदूषणको गम्भीर अवस्थालाई दर्शाउँछ।विशेषगरी काठमाडौं उपत्यकामा वायु प्रदूषणको समस्या चिन्ताजनक छ। सन् २०२३ मा काठमाडौं विश्वका सबैभन्दा प्रदूषित शहरको सूचीमा शीर्षस्थानमा थियो।
विश्व स्वास्थ्य संगठनका अनुसार काठमाडौं उपत्यकाको वायु प्रदूषण दक्षिणएशियामा सबैभन्दा खराब मानिन्छ।विज्ञहरू नेपालमा औद्योगिक फोहोर व्यवस्थापन र वायु प्रदूषण नियन्त्रणका लागि प्रभावकारी नीति, अनुगमन र जनचेतनाको खाँचो रहेको बताउँछन्.
त्यसका लागि सरकार, उद्योग र नागरिकबीच सहकार्य गर्न सकिने उनीहरूको मत छ।वायु प्रदूषणले जनस्वास्थ्यमा गम्भीर असर पुर्याइरहेको विभिन्न अध्ययनले पनि देखाएका छन्. विशेषगरी, श्वासप्रश्वास सम्बन्धी रोग बढेका छन्. वायु प्रदूषणका कारण नेपालमा हरेक वर्ष करीब १० हजार मानिसको ज्यान जाने गरेको विश्व स्वास्थ्य संगठनको आकलन छ।









