नेपाल, भूटान र अमेरिकाका राष्ट्र गानकासाथ ‘भुसको आगो’ विमोचन

अमेरिका, कोलम्बस पुस १६
नेपाल, भूटान र अमेरिकाका राष्ट्र गानकासाथ अमेरिकाको कोलम्बसमा एक भव्य कार्यक्रमकाबीच रमेश दियालीको उपन्यास ‘भुसको आगो’ विमोचन गरिएको छ ।

 

विदेशमा रहेका नेपालीभाषीकालागि साहित्यमा बहुप्रतीक्षित उपन्यास ‘भुसको आगो’ को कोलम्बस, ओहायोमा विमोचन सम्पन्न भएको छ । विश्वकर्मा समाज अमेरिकाको आयोजनामा गंगाराम लामिटारे, शिवलाल दाहाल, भोला शिवाकोटी पुरानाघरे, खेम रिजाल, पुष्पा गजमेर, लीला निशाले विमोचन गर्नुभयो । नेपाल, भूटान र अमेरिकाको राष्ट्रिय गान बजाएर कार्यक्रम शुभारम्भ गरिदाको अवस्था अझ एकताको सन्देश दिएको अनुभूत हुन्थ्यो ।

 

लेखक रमेश दियालीले आफ्नो पुस्तकको मुख्य सन्देश र लेखन प्रक्रियाबारे प्रकाश पार्दै भन्नुभयो, ‘यस उपन्यासले नेपाली समाजको यथार्थ, प्रेम, संघर्ष, र मानवीय सम्बन्धका विविध आयामलाई उजागर गर्छ ।’

 

कार्यक्रममा कविता वाचन, संगीत र नृत्यले सबैलाई मनोरञ्जन प्रदान गर्‍यो । नेपालीभाषी भूटानी र नेपाली साहित्यका प्रतिभाशाली साहित्यकारहरूले विभिन्न सन्देशमूलक कविता र गजल प्रस्तुत गर्नु भएको थियो । हिमालयन म्यूजिक एकेडेमीका विद्यार्थीहरू र योगिता समुहद्वारा मारुनी नृत्य प्रस्तुत गरेका थिए भने त्यसमा नेपाली संस्कृति झल्किएको थियो । त्यसैमा अर्जुन रसाइली र शीतल शर्माले आफ्नो गायनबाट दर्शकहरूको मन जित्नु भयो ।

त्यससँगै, कलम, कागज र शब्दहरूको उत्सबमा अध्यक्ष तथा संगीतकार अर्जुन रसाइलीले शिक्षा नै सभ्यताको आधार, शिक्षकप्रति सधै उच्च सम्मान भन्ने मूल नारा लिएर धमेन्द्र तिम्सिना, निल अधिकारी, गोमा अधिकारी, सुर्दशन अधिकारी, दुर्गा सुवेदी, केशव सुवेदी, इन्दु सुवेदी, तीला फुयाल, राधिका धिमाल, द्रौपदी प्रधान, देव कोइराला र तारा कँडेललाई कदरपत्रका सहित दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।

 

कार्यकर्ममा वक्ताहरू गंगाराम लामिटारे र खेम रिजालले साहित्य प्रवद्र्धनमा यस्ता कार्यक्रमहरूको महत्त्वबारे जोड दिनु भएको थियो भने पुस्तकको समीक्षा लेखक शिवलाल दाहालले गर्नु भएको थियो ।

 

 

दियालीको लेखन शैली सरल र मृदुभाषी छ । समाजका विविध पक्षाहरूका सत्य र यथार्थ विषयलाई पुस्तक मार्फत समाजलाई उजागर गर्नुभएको छ । ‘भुसको आगो’ पुस्तक अब नेपालका प्रमुख पुस्तक पसलहरूमा र अन्तर्राष्ट्रिय पाठकहरूले यसलाई एमाजोनमार्फत खरिद गर्न सकिने लेखकले बताउनु भएको छ ।

 

 

यो कार्यक्रमले नेपाली साहित्य र संस्कृति प्रवद्र्धनमा ठूलो योगदान पुर्‍याएको सहभागिले अनुभूत गरेका छन् । उपस्थित दर्शकहरूले रमेश दियालीको लेखन प्रतिभाको खुलेर प्रशंसा गरेपछि लक्ष्मण दियालीले धन्यवाद ज्ञापन गरि कार्यक्रम समापन भएको थियो । विश्वकर्मा समाजका अध्यक्ष अर्जुन रसाइलीले मन्तव्यले स्वागत गर्नुभएको थियो ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

कागती खेती गर्ने किसान पलायन हुँदै

  पथरीशनिश्चरे, १२ कार्तिक | विगत ७ वर्षदेखि मोरङको पथरी शनिश्चरे वडा नं २ कालापानीमा सुरेन्द्र दाहालले व्यवसायिक रुपमा कागती खेती गर्दै आउनु भएको छ

नागरिकको सुरक्षार्थ भन्दै झापामा एमालेले बनायो २ सय जनाको यूथ फोर्स

दमक, १२ कार्तिक । जेन जि आन्दोलन पछिको परिस्थिति असामान्य बन्दै गएको र नागरिकमा डर र त्रास बढिरहेको नेकपा एमालेका केन्द्रिय सदस्य गोभिन्द थापाले बताउनु

दमकमा दुर्घटनाका कारण एकजनाको मृत्यू २१ जना घाईते

दमक, १२ कार्तिक । दमक नगरपालिका–२ पाङ्गिनी चोक नजिकको भित्री सडक खण्डमा आज राती करिबे बस दुर्घटनामा एकजनाको मृत्यु भएको छ भने २१ जना घाइते

नौमती बाजामा फरक देउसी भैलो

‘अहिले देखिन छोडेको नौमती बाजा । त्यसमा देउसी खेल्नु औधी औधी राम्रो लाग्यो । यसैगरी अझै अघि बढ्नु पर्छ ।’

एसियन हाईवेमा जोखीम मोल्दै यात्रु, पाइलेपिच्छे दुर्घटनाको भय

दमक,११ कार्तिक । एसियन हाइवे , नाम नै गौरवको, तर यात्रुका लागि दुःखको पर्याय बनेको छ । लाखौँको सपना जोड्ने यो सडक अहिले आफैं यात्रुका