नेपाल, भूटान र अमेरिकाका राष्ट्र गानकासाथ ‘भुसको आगो’ विमोचन

अमेरिका, कोलम्बस पुस १६
नेपाल, भूटान र अमेरिकाका राष्ट्र गानकासाथ अमेरिकाको कोलम्बसमा एक भव्य कार्यक्रमकाबीच रमेश दियालीको उपन्यास ‘भुसको आगो’ विमोचन गरिएको छ ।

 

विदेशमा रहेका नेपालीभाषीकालागि साहित्यमा बहुप्रतीक्षित उपन्यास ‘भुसको आगो’ को कोलम्बस, ओहायोमा विमोचन सम्पन्न भएको छ । विश्वकर्मा समाज अमेरिकाको आयोजनामा गंगाराम लामिटारे, शिवलाल दाहाल, भोला शिवाकोटी पुरानाघरे, खेम रिजाल, पुष्पा गजमेर, लीला निशाले विमोचन गर्नुभयो । नेपाल, भूटान र अमेरिकाको राष्ट्रिय गान बजाएर कार्यक्रम शुभारम्भ गरिदाको अवस्था अझ एकताको सन्देश दिएको अनुभूत हुन्थ्यो ।

 

लेखक रमेश दियालीले आफ्नो पुस्तकको मुख्य सन्देश र लेखन प्रक्रियाबारे प्रकाश पार्दै भन्नुभयो, ‘यस उपन्यासले नेपाली समाजको यथार्थ, प्रेम, संघर्ष, र मानवीय सम्बन्धका विविध आयामलाई उजागर गर्छ ।’

 

कार्यक्रममा कविता वाचन, संगीत र नृत्यले सबैलाई मनोरञ्जन प्रदान गर्‍यो । नेपालीभाषी भूटानी र नेपाली साहित्यका प्रतिभाशाली साहित्यकारहरूले विभिन्न सन्देशमूलक कविता र गजल प्रस्तुत गर्नु भएको थियो । हिमालयन म्यूजिक एकेडेमीका विद्यार्थीहरू र योगिता समुहद्वारा मारुनी नृत्य प्रस्तुत गरेका थिए भने त्यसमा नेपाली संस्कृति झल्किएको थियो । त्यसैमा अर्जुन रसाइली र शीतल शर्माले आफ्नो गायनबाट दर्शकहरूको मन जित्नु भयो ।

त्यससँगै, कलम, कागज र शब्दहरूको उत्सबमा अध्यक्ष तथा संगीतकार अर्जुन रसाइलीले शिक्षा नै सभ्यताको आधार, शिक्षकप्रति सधै उच्च सम्मान भन्ने मूल नारा लिएर धमेन्द्र तिम्सिना, निल अधिकारी, गोमा अधिकारी, सुर्दशन अधिकारी, दुर्गा सुवेदी, केशव सुवेदी, इन्दु सुवेदी, तीला फुयाल, राधिका धिमाल, द्रौपदी प्रधान, देव कोइराला र तारा कँडेललाई कदरपत्रका सहित दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।

 

कार्यकर्ममा वक्ताहरू गंगाराम लामिटारे र खेम रिजालले साहित्य प्रवद्र्धनमा यस्ता कार्यक्रमहरूको महत्त्वबारे जोड दिनु भएको थियो भने पुस्तकको समीक्षा लेखक शिवलाल दाहालले गर्नु भएको थियो ।

 

 

दियालीको लेखन शैली सरल र मृदुभाषी छ । समाजका विविध पक्षाहरूका सत्य र यथार्थ विषयलाई पुस्तक मार्फत समाजलाई उजागर गर्नुभएको छ । ‘भुसको आगो’ पुस्तक अब नेपालका प्रमुख पुस्तक पसलहरूमा र अन्तर्राष्ट्रिय पाठकहरूले यसलाई एमाजोनमार्फत खरिद गर्न सकिने लेखकले बताउनु भएको छ ।

 

 

यो कार्यक्रमले नेपाली साहित्य र संस्कृति प्रवद्र्धनमा ठूलो योगदान पुर्‍याएको सहभागिले अनुभूत गरेका छन् । उपस्थित दर्शकहरूले रमेश दियालीको लेखन प्रतिभाको खुलेर प्रशंसा गरेपछि लक्ष्मण दियालीले धन्यवाद ज्ञापन गरि कार्यक्रम समापन भएको थियो । विश्वकर्मा समाजका अध्यक्ष अर्जुन रसाइलीले मन्तव्यले स्वागत गर्नुभएको थियो ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

पत्रकार किशोर श्रेष्ठविरुद्ध रास्वपा नेता हिमेश पन्तद्वारा साइबर ब्युरोमा उजुरी

काठमाडौं , असोज ३०। कलाकार तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य हिमेश पन्तले पत्रकार किशोर श्रेष्ठविरुद्ध नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी दर्ता गराउनुभएको

७१औँ प्रहरी दिवसमा उत्कृष्ट प्रहरी र अमर प्रहरीका सन्तति सम्मानित

काठमाडौं , असोज ३०। ७१औँ प्रहरी दिवस २०८३ को अवसरमा आयोजित विशेष समारोहमा विभिन्न विधामा उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारी,अवकाशप्राप्त अधिकारी तथा अमर प्रहरीका सन्ततिहरूलाई

सरकारद्वारा खुला प्रतिस्पर्धाबाट विभिन्न सार्वजनिक निकायमा ६११ पदाधिकारी नियुक्त

काठमाडौं , असोज ३०। सरकारले पछिल्लो अवधिमा विभिन्न मन्त्रालय तथा सार्वजनिक निकायहरूमा खुला प्रतिस्पर्धा र पारदर्शी प्रक्रियामार्फत ६११ जना पदाधिकारी नियुक्ति गरेको छ । प्रधानमन्त्री

मन्त्रिपरिषद् बैठक : गहुँको समर्थन मूल्य निर्धारण, जापान र जर्मनीको अनुदान स्वीकार गर्ने निर्णय

काठमाडौं , असोज ३०। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक गरिएको छ । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले मन्त्रिपरिषद्का १३ मुख्य निर्णय सार्वजनिक गरेका

दशैंमा पिङ खेल्ने हो ? दमकका यी यूवाको सकृयतामा ठडीयो यी ठाउँमा पीङ

दमक, ३० असोज। गाउँघरमा दशैं आएको छनक नयाँ लुगा, मीठो परिकार र रातो टीकासँगै आकाश छुने लिङ्गे पिङले पनि दिन्थ्यो। पिङ मच्चाउँदै रमाउने बालबालिका, पालो

चिकित्सा शिक्षा आयोगद्वारा स्नातक र उच्च तहका सिट निर्धारण, सरकारी संस्थामा सिट वृद्धि

३० असोज, काठमाडौं । चिकित्सा शिक्षा आयोगले शैक्षिक सत्र २०८३/०८४ का लागि चिकित्सा शिक्षाका विभिन्न तहमा सिट निर्धारण गरेको छ । आयोगको २८औँ बैठकले स्नातक,