दमक क्याम्पस खेलकुद सप्ताहमा ९ खेलको प्रतियोगिता, विद्यार्थी उत्साहित

दमक, पुस १७
कोशीको सामुदायिक क्याम्पसमध्येमा अग्रपंक्तिमा लम्किएको झापाको दमक बहुमुखी क्याम्पस विद्यार्थीको खेलकुद विकाससहितको सृजनशीलताको विकासमा पनि लागिपरेको छ ।

 

अन्तर्राष्ट्रियस्तरको क्यूएए सर्टिफिकेट प्राप्त गरी गुणस्तरीय रुपमा औपचारिक अध्ययनमा अग्रसर बन्नुकासाथै विद्यार्थीको खेलकुदतर्फको विकासमा समेत क्याम्पसले ध्यान दिएको यो वर्ष भएको खेलकुद सप्ताहमा ९ वटा प्रतियोगिताले प्रस्ट्याएको देखिन्छ । क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको आयोजनामा क्याम्पसले आर्थिक व्यवस्थापन गरी प्रतियोगिता सम्पन्न गरेको युनियनका सहसचिव एवम् खेल आयोजक समिति संयोजक भिजन चेम्जोङले जनाउनु भयो ।

 

खेलकुद सप्ताहको समापनका अवसरमा बोल्दै क्याम्पस व्यवस्थापन समिति अध्यक्ष ढुण्डीराज भण्डारीले विद्यार्थीको चौतर्फी विकास गर्दै क्याम्पसलाई नमुना बनाउने क्रममा आफूहरु लागिपरेको बताउनु भयो । उहाँले कोही पनि पढ्नबाट बञ्चित नहुन् भन्ने हिसाबले क्याम्पसले वातावरण बनाएको उल्लेख गर्नुभयो ।

 

कार्यक्रममा बोल्दै पब्लिक क्याम्पस प्राध्यापक संघकी केन्द्रीय कोषाध्यक्ष राधिका ओझाले विद्यार्थीहरुलाई सिपमूलक र रोजगारमूलक शिक्षा दिनु आजको आवश्यकता भएको उल्लेख गर्दै विद्यार्थीको शुल्कका भरमा सञ्चालित क्याम्पस आफैंले पनि विभिन्न विषयहरुमार्फत धेरै प्रयत्न गरिरहेको अवस्था दर्शाउनु भयो ।

 

लामो समयपछि भएको स्ववियु निर्वाचनपछि विद्यार्थीका हकहितकासाथै अन्य सृजनशील क्रियाकलापमा स्ववियुको गतिविधि अघि बढ्न पायो । जसअन्तर्गत यो वर्ष भएको खेलकुद सप्ताहले आफूहरुलाई उत्साहित बनाएको सुस्मिता लावती, डेविट खड्कासहितका विद्यार्थीहरुले प्रतिक्रिया व्यक्त गरेका छन् । यो पटक ९ वटा विधामा प्रतियोगिता भएकोमै खेलमा उत्साह बढेको र अबका दिनमा अझै अन्य विधा थप गर्दै इ स्पोर्ट्‌स समेत सञ्चालनको आवश्यकता बढ्दै गएको स्ववियुका सदस्य सुजन अधिकारी सूर्यले विषय उठान गर्नुभयो ।

 

समापनका अवसरमा क्याम्पसको शिक्षा संयोजक अम्बिका खनाल, अनेरास्ववियु क्याम्पस इकाईका उपाध्यक्ष राकेश खड्का, समाजसेवी मन्दरा पौडेल सहितले खेलकुदले विद्यार्थीमा उत्साह बढाएको उल्लेख गर्दै शुभकामना मन्तव्य व्यक्त गर्नुभयो । सो अवसरमा मन्दरा पौडेलले आफ्‌ना छोरा खगेन्द्रको स्मृतिमा क्याम्पसको अक्षयकोषका लागि २ लाख ५० हजार रुपैयाँको चेक हस्तान्तरण गर्नुभयो ।

 

क्याम्पसको अन्तर कक्षा विद्यार्थी प्रतियोगितामा चेसतर्फ बीबीएस प्रथम वर्षका सुवास मादेन, हाजिरीजवाफमा बीबीएस तेस्रो वर्ष, छात्रको छेलोमा प्रभात राई, छात्रा छेलोमा अविना राई, १ सय मिटर र ४ सय मिटर दौडमा निशान शेर्मा, ४ सय मिटर छात्रा दौडमा सुम्निमा नेम्वाङ प्रथम बनेर पुरस्कृत हुनुभयो ।

 

त्यस्तै, व्याडमिन्टनमा छात्रतर्फ यशु लिम्बू, छात्रातर्फ अर्चना सुवेदी, टेबल टेनिसमा छात्रतर्फ यशु लिम्बू, छात्रातर्फ विनिता राई, छात्र भलिबलतर्फ मनिष श्रेष्ठसहितको टोली, छात्रा भलिबलतर्फ निकिता भट्टराईको टोलीले प्रथम स्थान हाँसिल गर्यो । छात्र फुटबलमा बीबीएस पहिलो वर्ष र छात्रातर्फ समीक्षा लिम्बूसहितको टोली र क्रिकेटतर्फ बीबीएस चौथो वर्षले जित हाँसिल गरेको छ । पुरस्कृतहरुलाई कप मेडलसहितका पुरस्कार प्रदान गरिएको छ । इलाम क्याम्पसमा स्ववियुले आयोजना गरेको अन्तरक्याम्पस फुटबलमा प्रथमस्थान हाँसिल गरेको दमक क्याम्पसको टिमलाई पनि सोही अवसरमा पुरस्कृत गरिएको थियो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

दमकमा मनाइएको साकेलामा देखियो यस्तो रौनकता

दमक,१८ वैशाख । आज साकेला पर्व देशभर बिभिन्न कार्यक्रम गर्दै मनाइएको छ । साकेला अर्थात उभौली पर्व प्रकृतिप्रति कृतज्ञता व्यक्त गर्ने तथा बाली रोपाइंसंग सम्बन्धित

बुद्धको वचन किन तोडीदै

दमक,१८ वैशाख । बुद्ध जन्मेको देश नेपाल । यो वाक्य सुन्दा पनि विस्वभर रहेका नेपालीहरुको छाती गर्वले ढक्क फुल्ने गर्दछ । तर आज गौतम बुद्धको

कांग्रेसले अब ’नबोल्ने व्रत’ तोड्ने थापाको दाबी

काठमाडौं,१८ वैशाख । नेपाली कांग्रेसका सभापति गगन थापाले वर्तमान सरकारको कार्यशैलीप्रति कडा आलोचना गर्नु भएको छ । शुक्रबार नेपाल ट्रेड युनियनको कार्यक्रममा सम्बोधन गर्दै थापाले

दशरथ रंगशालामा सुकुमवासीको विवरण संकलन तीव्र

काठमाडौं,१८ वैशाख । दशरथ रंगशालामा सुकुमवासीको विवरण संकलन गर्ने कार्य तिब्ररुपमा भइरहेको छ । सहरी व्यवस्थापनका लागि विभिन्न स्थानबाट हटाइएका सुकुमवासीलाई अस्थायी बसोबासमा स्थानान्तरण गर्ने

सुन्य खन जोत प्रविधि

उर्लाबारी,१८ वैशाख । परम्परागत रूपमा खेत जोतेर खेती गर्दा लाग्ने समय, श्रम र लागतलाई चुनौती दिँदै बिना जोताई गरिएको खेतीमा उत्पादन राम्रो देखिएपछि कृषकहरू यसतर्फ

जहाँ श्रमिक सम्मानित हुन्छ,त्यही समाज समृद्ध हुन्छ : अध्यक्ष ओली

काठमाडौं,१८ वैशाख । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जहाँ श्रमिकको सम्मान हुन्छ त्यही समाज समृद्ध हुने बताउनु भएको छ । अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा