सहकारीबाट समृद्धि

ग्रामिण क्षेत्रको स्तर उन्नती गर्न गाउँ गाउँमा बिस्तार हुँदै ठुला सहकारी

दमक/
झापाको कमल गाउँपालिकामा मुख्य कार्यालय रहेको पूर्व नेपाल बहुउद्धेस्य सहकारीले मोरङको मिक्लाजुङ्ग गाउँपालिकामा १२ औ सेवा केन्द्र स्थापना गर्यो । यहाँ रहेको मावा समृद्धि बहुउद्धेस्य सहकारी सस्थासँग एकिकरण भएर सस्थाले यहाँ आफ्नो सेवा केन्द्र स्थापना गरेको हो । पूर्व नेपाल मावा समृद्धि मधुमल्ला सेवा केन्द्रको शुक्रबार बिधिवत रुपमा उद्धघाटन गरियो । गाउँपालिकाका अध्यक्ष देवि प्रसाद आचार्यले सेवा केन्द्रको उद्धघाटन गर्नु भएको हो ।

ग्रामिण क्षेत्रबाटै स्थापना भएको पूर्व नेपाल बहुउद्धेस्य सहकारी सस्थाले गाउँका नागरिकको आर्थीक स्तर बृद्धि गर्न किसान केन्द्रित कार्यक्रमहरु बनाउने गरेको छ । मिक्लाजुङ क्षेत्रपनि ग्रामिण गाँपालिका रहेकोले यस क्षेत्रका नागरिकको जिवन स्तर बृद्धि गर्न रचनात्मक कार्यक्रम र योजना ल्याउन अध्यक्ष आचार्यले सहकारीलाई सुभकामना दिनु भएको छ ।

यहाँका अधिकांस नागरिक कृषि पेषामा आवद्ध छन् ।पशुपालन गरेर आफ्नो जिविको पार्जन गरिरहेका छन् । यस क्षेत्रका नागरिकले गर्दै आएको यो पेषालाई व्यवसायीक बनाउन यस प्रकारका बहुउद्धेस्य सहकारीको भूमिका महत्वपुणर् हुने आचार्यले उल्लेख गर्नु भयो । यसका लागि गाउँपालिकाले बनाएका कार्यक्रमहरुसँग समेत साझेदारी गरेर जाने हो भने लक्ष्यमा पुग्न अझ सहज हुने विस्वास उहाँको छ । यस तर्फ सहकारीले बनाउने योजना र गाउँपालिकाकाका योजना मेल खाएमा लक्षीत वर्गसँग पुग्न सहज हुने आचार्य बताउनु हुन्छ ।

मधुमल्ला क्षेत्रमा आफ्नो कारोबार गर्दै आएको मावा समृद्धि बहुउद्धेस्य सहकारी पूर्व नेपालसँग एकिकरण भएको हो । सहकारी अभियानलाई तल्लो तहका नागरिकसम्म पुर्याउन पुजी र लगानीबाट समेत मजबुद बनाउनका लागी सहकारीहरुले एकिकरण गर्ने अभियान चलाइरहेका छन् । मावा समृद्धिका अध्यक्ष भक्त श्रेष्ठले पूर्व नेपाल सहकारीले मधुल्ला बजारको मात्र हैन यहाँका दुर दराजमा समेत पुगेर काम गर्ने बिस्वास व्यक्त गर्नु भयो । गाउँका बासिन्दाको आयआर्जन बृद्धि गर्न सहकारीले किसान केन्द्रित योजना बनाएमा यस क्षेत्रका नागरिकले सहकारी प्रतिको आकर्षण बढाउन मद्यत पुग्ने विस्वास श्रेष्ठको छ ।

सस्थाका अध्यक्ष प्रमे सापकोटाले अहिले किसान केन्द्रित कार्यक्रम सस्थासँग मनग्गे नै रहेको उल्लेख गर्नु भयो । जमिनलाई चक्लाबनदी गरेर एकिकृत खेती गराउने योजना, त्यहाँबाट उत्पादन भएको सामाग्रीको सहकारी आफैले खरिद गर्ने देखी लिएर त्यसकालागि आवश्यक पर्ने कृषि उपकरणहरुमा पनि सहकारीले सहयोग गर्ने गरीको कार्यक्रम तय गरिएको उहाँले उज्यालोसँगको कुराकानीमा बताउनु भयो ।‘ किसान के चाहन्छन् , किसानको आर्थीक हैसियत बढाउँन र बित्तीय साक्षरता बृद्धि गर्न के सम्म गर्नु पर्ने हो ती सबै काम गर्न सस्था तयार छ । ’ सापकोटाले बताउनु भयो ।

सस्थाले आर्थिक वर्ष २०७७/७८ मा १६ अर्व ७४ करोड, ९४ लाख ८२ हजार ९ सय ६३ रुपैँयाको कारोबार गरेको थियो । अहिले सस्थाको शेयर पुजी १९ करोड पुगेको छ भने चालु आर्थीक वर्षमा ३२ कारोड बराबरको शेयर पुजी पुर्याउने लक्ष्य राखीएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

दमकले ल्यायो १ अर्व ५८ करोडको बजेट

दमक, असार १०। दमक नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि एक अर्ब ५८ करोड ६९ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ। नगरपालिकाको १९ औँ

आफ्नो घर सफा, सडक फोहोर  कुकुर पाल्नेहरूको गैरजिम्मेवारी कहिलेसम्म

दमक ,१० असार । शहर र बस्तीमा पछिल्लो समय घरपालुवा कुकुर पाल्नेको संख्या बढ्दो छ। कुकुर पाल्नु राम्रो कुरा हो, तर त्यससँग जोडिएको जिम्मेवारी पनि

दमकको बजेट : कुन क्षेत्रमा कति भयो बिनियोजन?

दमक , १० असार ।दमक नगरपालिकाले आगामी आर्थिक वर्षका लागि विभिन्न क्षेत्रगत कार्यक्रम र योजनामा बजेट बाँडफाँट गरेको छ। यातायात पूर्वाधार, शिक्षा र स्वास्थ्य क्षेत्रमा

दमक नगरको बजेट : यी हुन ५ प्राथमिकता

दमक, असार १०। दमक नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेट तथा कार्यक्रममार्फत विकास, रोजगारी, शिक्षा, स्वास्थ्य, वातावरण र सुशासनलाई प्राथमिकतामा राखेको जनाएको छ। नगरपालिकाको

बाँदरबाट बाली जोगाउन मझुवागढी नगरपालिकाद्वारा बजेट विनियोजन

काठमाडौं,१० असार । किसानले लगाएको वाली भित्राउने वेला बाँदरले खाएर हैरानी पारे पछि खोटाङ जिल्लाको दिक्तेल रुपाकोट मझुवा गढी नगरपालिकाले बाँदर धपाउनका लागि बजेट छुटाइएको

कार र मोटरसाइकल ठोक्किँदा वरिष्ठ सई यादवको मृत्यु

सुनसरी,१० असार । नेपाल प्रहरीका वरिष्ठ नायब निरीक्षक (वरिष्ठ सई) लालुकुमार यादवको सुनसरीमा भएको सवारी दुर्घटनामा मृत्यु भएको छ भने उहाँकी पत्नी रामपरी यादव घाइते