‘म मिर्गौला दिन्छु तर प्रत्यारोपण गर्ने १० लाख छैन, कसरी छोरी बचाउँ ?’

पथरी, माघ ३
आफ्‌नी १७ वर्षीया छोरीको दुवै मिर्गौलामा समस्या भएपछि मोरङ पथरीशनिश्चरे नगरपालिका ९ खरेल डाँडा निवासी शान्ति राईले उपचारका लागि सहयोगको याचना गर्नुभएको छ ।

 

पढ्दै गरेकी छोरी सलिनाको दुवै मिर्लौलामा समस्या भएको र उपचार गराउँदा जायथेथा सकिँदा पनि निको पार्न नसकिएको शान्तिले चिन्ता प्रकट गर्दै आर्थिक सहयोग जुटेर थप उपचार गराउनले अपेक्षामा सबैसँग अपिल गर्नुभएको छ ।

 

स्थानीय भागिरथ मावि कक्षा १२ मा पढ्दै गरेको अवस्थामा सलिना २०८१ जेठदेखि बिरामी पर्नुभयो । नाजुक आर्थिक अवस्थाको पाँचजनाको परिवारको गुजारा र छोरीको डाइलासिस गर्दा लाग्ने खर्च जुटाउन नसकेर शान्ति र उहाँका श्रीमान् विपिनलाई निकै समस्या परेको छ । राई परिवार अहिले उपचार गराउँदा भएभरको जायजेथा सकिएपछि छोरीको जीवन बचाइदिन सबैसँग सहयोगको याचना गर्न पुगेको हो ।

 

सलिनाको बुढीगंगास्थित विराट टिचिङ हस्पिटलमा नियमित डाइलासिस भइरहेको बुबा विपिनले बताउनु भयो । ‘डाइलासिस निःशुल्क भएपनि रगत दिँदा, केही औषधी र सुई लगाउनु पर्दा पैसा आफैंले तिर्नुपर्छ । हप्ताको दुई पटक डाइलासिस गर्नुपर्छ । त्यतिबेला कम्तिमा तीन हजार रुपैयाँ खर्च लाग्छ । पाँचजनाको परिवार पाल्ने जिम्मेवारी पनि छ ।’ शान्तिका श्रीमान् विपिनले समस्या सुनाउँदै भन्नुभयो, ‘छोरीलाई बचाउन डाइलासिसले मात्र हुँदैन । मृगौला नै प्रत्यारोपण गर्नुपर्छ । छोरीको ब्लड ग्रुपसँग मेरो मिल्छ तर प्रत्यारोपण गर्ने खर्च हामीसँग छैन । कसरी छोरी बचाउँ ?’ आफ्नो एउटा मृगौला छोरीकोमा प्रत्यारोपण गर्न चिकित्सकले १० लाख रुपैयाँ खर्च लाग्ने बताएको उहाँले सुनाउनु भयो ।

 

आफुसँग भएको सबै रकम सकिएर साथीभाइसँग सरसापटी गरी उपचार गर्दा अहिलेसम्म ६ लाख रुपैयाँ खर्च भइसकेको विपिनले बताउनु भयो । छोरीको उपचार खर्च जुुटाउन विपिन वैदेशिक रोजगारीका लागि गत साउनमा दुबई पुग्नु भएको थियो । तर छोरीको अवस्था नाजुक बन्दै गएपछि परिवारको आग्रहमा उहाँ ३ महिनामै असोजमा नेपाल फर्किनु भएपछि रोजगारी गुमेको छ । आफ्नो रोजगारी गुमेपछि छोरीको उपचार गराउन ज्यादै सकस परेको विपिनले बिलौना गर्नुभयो ।

 

‘डाक्टरले जतिसक्दो चाँडो मृगौला प्रत्यारोपण गर्न सल्लाह दिएका छन्,’ विपिनले भन्नुभयो, ‘तर, म आफू एक्लैले छोरीको जीवन बचाउन सक्ने अवस्था छैन, कोही इष्टमित्र, साथीभाइ र मनकारी सहयोगीको सहयोग भएमा मात्र मेरो छोरीले जीवन पाउँछिन् ।’

 

विपिनको सम्पर्क नम्बर ९७०६६७१५८६ र ९८०७०८९४४८ रहेको छ । सहयोग गर्न चाहने महानुभावले शान्ति राईको नाममा रहेको सप्तकोसी डेभलपमेन्ट बैक लिमिटेडको खाता नम्बर ०१३००००६२७०१५ मा रकम जम्मा गर्न सकिने छ ।

 

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

गोरखा, बागलुङ र धादिङका प्रभावित स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

३०  असोज, काठमाडौं। सरकारले बाढी तथा पहिरोबाट प्रभावित गोरखा, बाग्लुङ र धादिङका विभिन्न स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरेको

‘सिद्धान्तहीन सरकारले कसरी जनताको पक्षमा काम गर्छ ?’ : कमला पन्त

काठमाडौं , असोज ३०। नेपाली कांग्रेसकी राष्ट्रिय सभा संसदीय दलकी नेता कमला पन्तले वर्तमान सरकारमा सैद्धान्तिक विचलन देखिएको आरोप लगाउनुभएको छ । उहाले सरकारसँग स्पष्ट

भूमि तथा वन सम्बन्धी अध्यादेश संसदमै छलफल हुनुपर्छ : कांग्रेस

काठमाडौं,३० असोज। नेपाली कांग्रेसकी प्रमुख सचेतक बासना थापाले भूमि तथा वन सम्बन्धी अध्यादेश संसदमा छलफल गरेर मात्रै अघि बढाउनुपर्ने पार्टीको धारणा रहेको बताउनु भएको छ

धार्मिक विधिसहित खोकना जात्रा मनाइयो

ललितपुरको खोकनामा परम्परागत तथा ऐतिहासिक खोकना जात्रा विभिन्न धार्मिक तथा सांस्कृतिक विधि पूरा गर्दै मनाइएको छ । जात्रामा परम्परागत पूजा, धार्मिक अनुष्ठान तथा सांस्कृतिक गतिविधि

अनुशासनहीन बन्दै समाज : कारण र समाधान

काठमाडौँ,३० असोज । सामान्य अर्थमा भन्दा आफ्नो कर्मलाई धर्म र नैतिक नियम अनुरूप सञ्चालन गर्नु अर्थात कसैको दवाव र करकाप विना आफ्नो कर्तव्य र सामाजिक

कांग्रेसको नयाँ नेतृत्वमा आधा दर्जनभन्दा बढी चिकित्सक, फिरदोस आलम सहमहामन्त्रीमा विजयी

३० असोज, काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत सम्पन्न केन्द्रीय कार्यसमितिको निर्वाचनमा आधा दर्जनभन्दा बढी चिकित्सकहरू निर्वाचित हुनुभएको छ । मतगणनाको प्रारम्भिक नतिजाअनुसार चिकित्सा पेशामा