अनुशीलन

म साँस्कृतिक गायक भएकाले व्यवसायिक बन्न गाह्रो भो : महेश बुढाथोकी

दमक, माघ ५
वि.सं.०३५/०३६ सालदेखि गीत गाउँन र फूटबल खेल्न रुचाउने एकजना बालक जो नेपाली लोकगीत संगीतको क्षेत्रबाट देश विदेशमा चिनिन सक्ला भनेर त्यो बेला अनुमान गरिएको थिएन । झापाको धुलाबारीमा सामान्य परिवारमा पिता प्रेमबहादुर र माता गीतादेवीको दोस्रो सन्तानका रुपमा वि.सं. २०२१ साल माघ १ गते जन्मिनु भएका लक्ष्मण बुढाथोकी महेश बुढाथोकीको नामले नेपाली लोकगीत संगीतको क्षेत्रबाट आफ्‌नो नाम देशविदेशमा फैलाउन सफल बन्नु भएपछि परिवार निकै खुसी बन्यो ।

 

४२ वर्षअघिबाट मोरङको पथरी शनिश्चरे १ मा बसाईं सरेर परिवारसहित बस्दै आउने क्रममा उहाँले लोकगीत संकलन गर्ने, जनवादी तथा आधुनिक गीत समेत लेख्ने, संगीत भर्ने र गाउने काम गर्दै आउनु भयो । उहाँले व्यवासायिक हिसावले शिक्षण पेशा अपनाउँदै गीतसंगीतको आफ्‌नो रुचिको क्षेत्रलाई पनि सँगसँगै अघि बढाउनु भएको थियो । त्यो बेला उहाँ गाउँबस्ती पुगेर जनताको जागरणमा केन्द्रित जनवादी गीतमा बढी सक्रिय हुनुहुन्थ्यो । जब ०६० मा उहाँको गीत ‘काफलगेडी कुटुक्कै’ आयो, त्यसले भनें उहाँलाई सर्वाधिक चिनायो । त्यसअघि जनवादीखाले केही गीतहरु बाहिर ल्याउनु भएपनि ०५१ सालमा आएको ‘माझीदाई’ लाई उहाँले औपचारिक हिसाबको पहिलो एल्बम मान्नु भएको छ । त्यसपछि ‘कम्मर बारुलै’, ‘हलो अड्काउँदै’, ‘बस्ला है माया’ एल्बम बजारमा आए ।

 

उहाँ सन् २०१५ मा अमेरिका बस्न थाल्नु भएपछि भनें छुट्टिमा नेपाल आएको अवस्थामा एक एक वटा गीत रेकर्ड गरेर युट्यूबमार्फत बाहिर ल्याउँदै आफ्‌नो गीत संगीतको कर्मलाई निरन्तरता दिइरहनु भएको छ । मुलतः आफू व्यवसायिक भन्दा पनि साँस्कृतिक गायक भएको उहाँको ठम्याई छ । उहाँले इमेज अवार्ड, च्यानल नेपाल अवार्डसहितका दर्जन बढी अवार्ड तथा अन्यखाले दर्जनौं सम्मान प्राप्त गर्नुभएको छ ।

 

उहाँले गीत प्रस्तुतिका लागि नेपाल बाहेक भारतका विभिन्न ठाउँकासाथै कोरिया, हङकङ, दुबई पुग्नु भयो । अमेरिकामा गाउन पुगेपछि उहाँ उतै बस्दै टाढा हुँदाखेरीको आफ्‌नो देशको माया र नेपाली गीतसंगीतको अझ बढी मायामा आफूलाई डुबाउँदै आउनु भएको छ । उहाँसँग उहाँको सांगीतिक यात्राका बारेमा उज्यालो खबरले ‘अनुशीलन’ कार्यक्रमको १८ औं श्रृंखलामा गरेको भिडियो कुराकानी र उहाँका गीत प्रस्तुत छ :

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

रसुवामा आएको बाढिमा झापाका १० जना बेपत्ता

दमक,१२ भदौ | रसुवा स्थित भोटेकोसीमा आएको अप्रत्याशित बाढिमा परि झापाका  १० जना बेपत्ता भएका छन ।   जिल्ला प्रशासन कार्यालय झापाको सूचना शाखाका अनुसार

रसुवा बाढीपीडितका लागि ६ घण्टामै २७ करोड ३३ लाख जुट्यो

काठमाडौं , भदौ ११ । रसुवा बाढी प्रभावित क्षेत्रमा राहत, उद्धार, खोज तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग रकम जुट्न थालेको छ।

बाढीपीडितका लागि बिर्तामोड नगरपालिकाले ५ लाख दिने

बिर्तामोड , भदौ ११ । रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारको राहत तथा उद्धारका लागि बिर्तामोड नगरपालिकाले पाँच लाख रुपैयाँ आर्थिक सहयोग गर्ने

रसुवाको मैलुङबाट दोलखाका सन्तोष थपलिया सम्पर्कविहीन, खोजी तीव्र

काठमाडौं , भदौ ११ । दोलखाको मेलुङ गाउँपालिका–१, पवटी स्थायी घर भएका सन्तोष थपलिया रसुवाको मैलुङ क्षेत्रबाट सम्पर्कविहीन भएका छन्। थपलिया विगत डेढ वर्षदेखि कोरियन

बाढीको त्रास र हराउँदै गएको मानवीय संवेदना

काठमाडौं,११ भदौ । भदौ १० गते रसुवाको भोटेकोशी क्षेत्रमा आएको अप्रत्याशित बाढी र पहिरोले केवल घर, सडक र संरचना मात्र बगाएन । धेरै परिवारका सपना,

बाढीमा ३५९ जनाको मृत्यु, ६३ घाइते, २८ प्रहरी सम्पर्कविहीन

काठमाडौँ , ११ भदौ। रसुवा–भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीमा परी हालसम्म ३५९ जनाको शव फेला परेको छ। बाढीपछिको खोज तथा उद्धार कार्यमा ४ हजार ३४८