पथरी, माघ ५
निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल नगर कार्य समिति पथरी शनिश्चरे (प्याब्सन ) द्वारा आयोजित तीन दिवसीय प्याब्सन प्रेसिडेन्ट कप फुटबल तथा भलिबल टुर्नामेन्ट सम्पन्न भएको छ ।
पथरीको जाँतेमोडस्थित खेल मैदानमा सम्पन्न प्रतियोगिताको समापनका अवसरमा पथरी शनिश्चरे नगरपालिकाका प्रमुख मोहनप्रसाद तुम्बापोले ट्रफी, मेडल तथा प्रमाणपत्र वितरण गर्नुभयो ।
प्रतियोगिता अन्तर्गत भलिबल छात्रातर्फबाट एभरेष्ट बोर्डिङ स्कुलले प्रथम स्थान हासिल गरेको थियो भने ’ फष्ट रनर अप’ रेडस्टार माध्यमिक विद्यालय घोषित भएको थियो ।
यसैगरी, भलिबल छात्रतर्फको उपाधि भूपु सैनिक स्कुलले हात पारेको थियो भने अरुणोदय बोर्डिङ स्कुल फ्रष्ट रनर अप भएको छ ।
यसैगरी, कुल १६ वटा विद्यालयहरूले भाग लिएका १५ वर्ष मुनिको फुटबल प्रतियोगिताको उपाधि वाल्मिकी मेमोरियल स्कुलले चुमेको छ । अत्यन्तै प्रतिस्पर्धात्मक खेलमा प्याराडाइज बोर्डिङ स्कुल विरुद्ध वाल्मिकी मेमोरियलले ३–० को गोल अन्तरमा पराजित गर्दै उपाधि उचालेको हो ।
प्याब्सन पथरी शनिश्चरे नगर कार्य समितिका अध्यक्ष सन्तोष बस्नेतको अध्यक्षतामा सम्पन्न सो प्रतियोगिताको समापन समारोहमा प्याब्सन कोशी प्रदेश सहसचिव नवोलकिशोर खनाल, प्याब्सन मोरङ सदस्य खड्गबहादुर श्रेष्ठ, पथरी शनिश्चरेका सल्लाहकारद्वय उपेन्द्र कँडेल र टिकाप्रसाद दङ्गाल, पथरी शनिश्चरे नगरपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख नवीन खुलाल बुढाथोकी, नगरस्वास्थ्य शाखाका प्रमुख मुरारी प्रसाद आचार्य, गायक डम्बर नेपाली, लगायत नगर भित्रका विभिन्न निजी विद्यालयका संस्थापकहरू तथा प्रिन्सिपलहरूको उल्लेखनीय उपस्थिति रहेको प्याब्सन नगरसचिव सुजन बास्तोलाले जनाउनुभयो ।