दमकको फिल्म फेस्टिभलले कलाप्रेमीलाई जगायो उत्साह

दमक, माघ ६
झापाको दमकसहित कोशी प्रदेशका पाँच स्थानमा घुम्तीका रुपमा यो पटक आयोजना भएको ‘काठमाडौं इन्टरनेशनल फिल्म फेस्टिभल’ (किम्फ) ले स्थानीय कलाप्रेमीलाई उत्साह जगाएको छ ।

 

इलामको फिक्कल र झापाको सुरुङ्गापछि कदम थिएटर दमकमा दुईदिने फेस्टिभलमा प्रदर्शित छोटा कलात्मक अनि गहन चलचित्र र डकुमेन्ट्री हेरिसकेपछि कलाप्रेमीलाई केही गर्ने उत्साह जागेको छ ।

 

चलचित्र र डकुमेन्ट्री हेरिसकेपछि सृजना क्षेत्रसँग नजिक दमक बहुमुखी क्याम्पसका विद्यार्थी सविन गौतमले काठमाडौं बाहिरसमेत भएका यसखाले महोत्सवले युवा पुस्तालाई उर्जा भरेको र समाज रुपान्तरणका लागि सन्देश दिएको प्रतिक्रिया दिनु भयो ।

 

शनिबार र आइतबारको महोत्सवमा पहिलो दिन नान्सीको निर्देशनको ‘पासाङ इन द स्याडो अफ एभरेष्ट’, अनिल कुर्मीको निर्देशनको ‘फेरा’, विज्ञान सापकोटाको निर्देशनको ‘गणेश एलिफस मेक्सिमम’, विकास न्यौपानेको ‘लक्ष्मनीया’, प्रान्नि लिम्बू निर्देशित ‘उर्मी’ प्रदर्शन भएको छ ।

 

त्यस्तै, दोस्रो दिन आकांक्षा कार्कीले निर्देशन गरेको ‘सनही’, सरला थापा निर्देशित ‘ब्रिटेनका एक्का गोर्खाहरु’, सफल पाण्डे निर्देशित ‘अर्केष्टा’, किरण श्रेष्ठको ‘एट अनोदर विन्टर’, ऐश्वर्य बैदारको ‘ह्वेयर वाटर हाइसेन्थ ग्रो’ र एलेन जिस्पोनरको ‘हाइडी’ प्रस्तुत भयो ।

 

सन् २००० देखि चलचित्रको गहन मर्मलाई उजागर गर्दै आर्ट मूभिलाई प्रोत्साहन गर्न नेपालीलगायतका चलचित्रको महोत्सव गर्दै आएको किम्फले यो वर्ष घुम्ति कार्यक्रमका रुपमा इलामको फिक्कल र झापाको दमकमा महोत्सव सक्यो । सोमबार र मंगलबार धरानमा अनि त्यसपछि इटहरीमा महोत्सव गर्दैछ । कोरोनापछि भनें पहिलो पटक अर्थात समग्र २१ औं श्रृंखला अघि बढाएको किम्फका बोर्ड अफ डाइरेक्टर शेखर खरेलले जानकारी गराउनु भयो । सृजनात्मक चलचित्र क्षेत्रमा केही गर्न चाहनेकालागि किम्फले आर्थिक व्यवस्थापन समेत गर्ने गरेको उत्साहप्रद सन्देश समेत प्रवाह गर्नुभयो ।

 

आर्ट मूभिमा दख्खल राख्दै आउनु भएका निर्देशक नवीन सुब्बाले ‘सिनेमामा संघीयता’ विषयमा आफ्‌नो धारणा राख्दै अन्तरक्रियात्मक कार्यक्रम अघि बढ्यो ।
कदम थिएटरले चलचित्र महोत्सवको आयोजना गरेर कलाप्रेमीलाई केही न केही दिन सकेको थिएटरका अध्यक्ष एवम् प्रशिद्ध चलचित्र कलाकार हेमन्त बुढाथोकीको भनाई छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

पोखरामा बाढीका १०२ शव : शवगृह भरिएपछि व्यवस्थापनमा समस्या

पोखरा,१२ भदौ। रसुवाको भोटेकोशी बाढीमा ज्यान गुमाएका मध्ये १०२ वटा शव कास्की ल्याइएको छ।तनहुँ, नवलपुर, धादिङ र गोरखा लगायत विभिन्न जिल्लामा फेला परेका ती शवहरूलाई

रसुवामा आएको बाढिमा झापाका १० जना बेपत्ता

दमक,१२ भदौ | रसुवा स्थित भोटेकोसीमा आएको अप्रत्याशित बाढिमा परि झापाका  १० जना बेपत्ता भएका छन ।   जिल्ला प्रशासन कार्यालय झापाको सूचना शाखाका अनुसार

रसुवा बाढीपीडितका लागि ६ घण्टामै २७ करोड ३३ लाख जुट्यो

काठमाडौं , भदौ ११ । रसुवा बाढी प्रभावित क्षेत्रमा राहत, उद्धार, खोज तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग रकम जुट्न थालेको छ।

बाढीपीडितका लागि बिर्तामोड नगरपालिकाले ५ लाख दिने

बिर्तामोड , भदौ ११ । रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारको राहत तथा उद्धारका लागि बिर्तामोड नगरपालिकाले पाँच लाख रुपैयाँ आर्थिक सहयोग गर्ने

रसुवाको मैलुङबाट दोलखाका सन्तोष थपलिया सम्पर्कविहीन, खोजी तीव्र

काठमाडौं , भदौ ११ । दोलखाको मेलुङ गाउँपालिका–१, पवटी स्थायी घर भएका सन्तोष थपलिया रसुवाको मैलुङ क्षेत्रबाट सम्पर्कविहीन भएका छन्। थपलिया विगत डेढ वर्षदेखि कोरियन

बाढीको त्रास र हराउँदै गएको मानवीय संवेदना

काठमाडौं,११ भदौ । भदौ १० गते रसुवाको भोटेकोशी क्षेत्रमा आएको अप्रत्याशित बाढी र पहिरोले केवल घर, सडक र संरचना मात्र बगाएन । धेरै परिवारका सपना,