युवाहरुलाई कम्प्युटर अपरेटर बनाउन दमक ५ र ८ को जमर्को

दमक, माघ १०
झापाको दमक नगरपालिका अन्तर्गत वडा नम्बर ५ र ८ ले आफ्‌ना वडाका युवाहरुलाई कम्प्युटर अपरेटर बनाउने जमर्को गरेको छ । जस अन्तर्गत यी दुई वडाको संयुक्त आयोजनामा युवा लक्षित कार्यक्रम अन्तर्गत आधारभूत कम्प्युटर अपरेटर सम्बन्धी ३ महिने तालिम बिहीबारबाट सुरु भएको छ ।

 

दमक कान्तिपुर एजुकेशनल फाउण्डेशनको सहजीकरणमा सुरु भएको तालिमको वडा नम्बर ५ का सदस्य खड्गबहादुर राई, ८ का सदस्य हरिमाया चुडाल, ५ का सचिव निधिनारायण ढुंगेल, ८ का सचिव संदीप सुवेदीसहितको उपस्थितीमा कार्यक्रम उद्घाटन गरिएको हो ।

 

कार्यक्रममा बोल्दै ५ नम्बर वडा सदस्य खड्गबहादुर राईले युवाहरुका लागि आवश्यक पर्ने कम्प्युटर प्रविधिसँग जोड्ने प्रयासमा वडाहरुले तालिम राखेको जनाउनु भयो ।
कार्यक्रममा बोल्दै ८ नम्बर वडा सदस्य हरिमाया चुडालले कम्प्युटरको आवश्यकता र महत्वका बारेमा प्रष्ट्याउँदै कम्प्युटर र मानवबीच नङ र मासुको सम्बन्ध स्थापित भएको उल्लेख गर्नुभयो ।

 

कार्यक्रममा दमक कान्तिपुर एजुकेशनल फाउण्डेशनका प्रिन्सिपल राम पौडेलले हरेक प्रतिष्पर्धामा आफू अघि बढेर केही गर्ने अठोट युवाहरुमा हुनुपर्ने कुरामा जोड दिँदै युवाहरुलाई प्रविधितर्फ प्रोत्साहित गर्नुभयो ।

८ नम्बर वडा सदस्य पदम गिरीको अध्यक्षताको कार्यक्रममा ५ नम्बर वडा सचिव निधिनारायण ढुंगेल, ८ नम्बर सचिव संदीप सुवेदीसहितले मन्तव्य व्यक्त गर्नुभयो । तालिममा वडा नम्बर ५ का २४ जना र ८ का ३० जनाको सहभागिता रहेको छ ।

 

Share: