‘अनुशीलन’ भाग १९

नाटकबाटै खलपात्रका रुपमा अघि बढेको हेमन्तको खलनायक यात्रा

दमक, माघ १२
आफू काठमाडौंमा क्याम्पस पढ्न गएको बेला चलचित्रका अहिलेका चर्चित निर्देशक नारायण पुरीको समूहले नाटक गर्दै रहेछ । त्यतिबेला कला क्षेत्रमा रमाउने युवा इच्छाबीच ०४५ सालमा बनेको नाटक ‘झुटो रहेछ गीता पनि’ मा नकारात्मक पात्रको भूमिकामा अभिनय गरेपछि झापा दमकका हेमन्त बुढाथोकीको कला यात्रा खलपात्रका रुपमा अघि बढ्यो । उहाँले ०५० सालमा नारायण पुरी कै निर्देशनको ‘सौता’ चलचित्रमा सहखलनायकको भूमिका निर्वाह गरेपछि उहाँको अभिनय यात्रा चलचित्र क्षेत्रमा ख्यातिप्राप्त खलनायकका रुपमा स्थापित बन्न पुग्यो ।

डिल्ली र दिपमाया बुढाथोकीको ४ छोरा र २ छोरीमध्ये माइलो छोराका रुपमा वि.सं. २०२४ साल बैशाखमा दमकमा जन्मिनु भएका हेमन्तले टेलिचलचित्र र ठूलो पर्दाका चलचित्र गरी हालसम्म १ सय वटाको हाराहारीका चलचित्रमा अभिनय गर्नुभएको छ । जसमध्येका चर्चामा रहेका चलचित्रहरु सौता, पृथ्वी, मोहनी, धर्म, दुःख, बाटो मूनिको फूल, देश खोज्दै जाँदा, लक्ष्मीपूजा, जुनतारा, शिवशक्ति, सिमाना, मनसरा लगायत छन् । चर्चित अभिनेताहरु भुवन केसी, राजेश हमाल, धिरेन शाक्य, श्रीकृष्ण श्रेष्ठ, निखिल उप्रेतीसहित अनुबन्धित ती चलचित्रहरुमा उहाँले खलनायकको सशक्त भूमिका निर्वाह गर्नु भएको छ । उहाँले हिन्दी चलचित्र लभ इन नेपालमा पनि अभिनय गर्नुभएको छ ।

 

टेलिचलचित्र विवेक तथा धारावाहिक टेलिचलचित्र सिन्दुर र दुई दिनको जिन्दगानी लगायतमा पनि अभिनय गरेर आफ्‌नो प्रभावकारिता प्रस्तुत गर्नुभयो । हाल निर्माण भइरहेको चलचित्र विमान र बलिदानमा उहाँ आवद्ध हुनुहुन्छ ।

 

नाटकबाट कलायात्रा थालेर हाल पुनः आफ्‌नै नगर दमकमा नाटकसहितको सिंगो रंगमञ्चको प्रवद्र्धनमा उहाँ लागिपर्नु भएको छ । उहाँ अध्यक्ष रहेर दमक ९ मा कदम थिएटर सञ्चालन गर्दै त्यसलाई व्यवसायिक बनाउने ध्याउन्तेमा हुनुहुन्छ ।

 

‘झुटो रहेछ गीता पनि’बाट सुरु भएको उहाँको नाट्यात्रामा असंख्यम् अशिवम् असुन्दरम्, काठमाडौंले कान सुन्दैन, जनता पागल होगई, कविको मृत्यु, विना चिहानको मृत्युहुँदै कदम थिएटरमा १२ दुर्वासासहितका नाटकमा अभिनय गरेर नाट्य क्षेत्रलाई पनि जोड दिँदै आउनु भएको छ ।

 

 

उहाँले चलचित्र विकास वोर्डको पुरस्कार छनोट समिति, ०६४/०६५ मा केन्द्रीय चलचित्र जाँच समिति ( सेन्सर बोर्ड) को सदस्य रहेर काम गरिसक्नु भएको छ । यसका साथै उहाँ नेपाल चलचित्र कलाकार संघका कोषाध्यक्ष, लोकतान्त्रिक चलचित्रकर्मी संघको कोषाध्यक्ष, नेपाल साँस्कृतिक संघको संस्थापक सदस्य रहेर चलचित्रको विकास र प्रवद्र्धनमा भूमिका निर्वाह गर्नुभएको छ ।

 

उहाँको प्रमुख भूमिका रहेको देशभक्तिपूर्ण चलचित्र ‘देश खोज्दै जाँदा’ भारतको नयाँदिल्लीमा भएको सन् २०१६ को दादा साहेब फाल्के अन्तराष्ट्रिय चलचित्र महोत्सवमा छनोटमा परेको थियो । कला क्षेत्रका लागि इमान्दार बुढाथोकीले नेशनल भिजन अवार्ड २०५४ मा बेस्ट खलनायक, ०७९ मा राष्ट्रपतिद्वारा जनसेवाश्री पदक सहित दर्जनौं अवार्ड तथा सम्मान प्राप्त गरेर कला क्षेत्रमा आफ्‌नो उचाई अग्ल्याउनु भएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

पोखरामा बाढीका १०२ शव : शवगृह भरिएपछि व्यवस्थापनमा समस्या

पोखरा,१२ भदौ। रसुवाको भोटेकोशी बाढीमा ज्यान गुमाएका मध्ये १०२ वटा शव कास्की ल्याइएको छ।तनहुँ, नवलपुर, धादिङ र गोरखा लगायत विभिन्न जिल्लामा फेला परेका ती शवहरूलाई

रसुवामा आएको बाढिमा झापाका १० जना बेपत्ता

दमक,१२ भदौ | रसुवा स्थित भोटेकोसीमा आएको अप्रत्याशित बाढिमा परि झापाका  १० जना बेपत्ता भएका छन ।   जिल्ला प्रशासन कार्यालय झापाको सूचना शाखाका अनुसार

रसुवा बाढीपीडितका लागि ६ घण्टामै २७ करोड ३३ लाख जुट्यो

काठमाडौं , भदौ ११ । रसुवा बाढी प्रभावित क्षेत्रमा राहत, उद्धार, खोज तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग रकम जुट्न थालेको छ।

बाढीपीडितका लागि बिर्तामोड नगरपालिकाले ५ लाख दिने

बिर्तामोड , भदौ ११ । रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारको राहत तथा उद्धारका लागि बिर्तामोड नगरपालिकाले पाँच लाख रुपैयाँ आर्थिक सहयोग गर्ने

रसुवाको मैलुङबाट दोलखाका सन्तोष थपलिया सम्पर्कविहीन, खोजी तीव्र

काठमाडौं , भदौ ११ । दोलखाको मेलुङ गाउँपालिका–१, पवटी स्थायी घर भएका सन्तोष थपलिया रसुवाको मैलुङ क्षेत्रबाट सम्पर्कविहीन भएका छन्। थपलिया विगत डेढ वर्षदेखि कोरियन

बाढीको त्रास र हराउँदै गएको मानवीय संवेदना

काठमाडौं,११ भदौ । भदौ १० गते रसुवाको भोटेकोशी क्षेत्रमा आएको अप्रत्याशित बाढी र पहिरोले केवल घर, सडक र संरचना मात्र बगाएन । धेरै परिवारका सपना,