झापाको माटोमा ७० प्रतिशत बढी अम्लियपन, उपचार गर्नु आवश्यक

mato jach

दमक, माघ १३
झापाको माटोमा ७० प्रतिशत बढी अम्लियपन भेटिएको छ । अम्लियपन हटाउन माटोको उपचार आवश्यक रहेको कृषि ज्ञान केन्द्र झापाको सुझाव छ ।

 

जिल्लाको दमक नगरपालिको आयोजनामा आइतबार दमकको माटो परीक्षणका सन्दर्भमा कुराकानी गर्दै ज्ञान केन्द्र अन्तर्गत सुरुङ्गाकी ल्याब टेक्निसियन अञ्जु बुढाथोकीले झापाको माटोका बारेमा जानकारी गराउने क्रममा सो कुरा बताउनु भएको हो । उहाँले रासायनिक मलको बढी प्रयोग भएकाले माटोको उर्बराशक्ति घटेको जनाउँदै प्रांगारिक मल र चुनको प्रयोग गरेर माटोको उपचार गर्नु आवश्यक रहेको सुझाव दिनु भयो ।

 

कृषि ज्ञान केन्द्र अन्तर्गत माटो तथा मल परीक्षण प्रयोगशाला सुरुङ्गाको प्राविधिक सहयोगमा प्रदेश सरकारको कृषि मन्त्रालयले उपलब्ध गराएको मोवाइल माटो परीक्षण ल्याव भेनमा दमक क्षेत्रको माटोको ४८ वटा नमूना परीक्षण भइरहेको छ ।

 

दमक क्षेत्रको माटोको अवस्था जाँच गरेर आवश्यक उपचारका लागि नगरपालिकाले सहयोग गर्ने योजना रहेको कृषि शाखा अधिकृत चन्द्रकला भट्टराईले जनाउनु भयो ।
शिविरमा नगर उपप्रमुख रेगिना भट्टराई प्रसाईंले दमकको माटोलाई उब्जाउ बनाउने नगरको योजना रहेको बताउनु भएको थियो । सो शिविरमा कृषि ज्ञान केन्द्र र दमक नगरका प्राविधिकहरुले ल्याब परीक्षण गरेका छन् ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

पाँचथरमा निर्माणाधीन बेलिब्रिज भाँचियाे, एकजनाकाे मृत्यु, तीन जना गम्भीर घाइते

पाँचथर, ३१ जेठ | पाँचथरको हेवाँ खोलामा निर्माणाधीन बेलिब्रिज भाँचिँदा एक जनाको मृत्यु भएको छ । घटनामा परि अन्य तीन जना गम्भीर घाइते भएका छन्।

दीपिनी मार्गमा प्राइमर हाल्न सुरु (फलोअप समाचार)

दमक, ३१ जेठ / दमक ५ स्थित दीपिनी मार्ग भत्काएर अस्तव्यस्त बनेको २ महिनापछि शनिबार दिउँसोबाट सडक कालोपत्रेको प्रक्रिया अघि बढाइएको छ ।   घर

रतुवा र मावाबाट नदीजन्य सामग्री उत्खनन रोकियो, अवज्ञा गरे कारबाहीको चेतावनी

दमक, जेठ ३१ — दमक नगरपालिकाले पूर्व र पश्चिम तर्फ बहने कमस खोला र मावा खोलाबाट नदीजन्य सामग्री (बालुवा, गिट्टी, ढुंगा आदि) को उत्खनन, संकलन