तेस्रो चुलाचुली पाठशाला नाट्य महोत्सव

भूमि, कला र पर्यावरण कलाको समिश्रण : खेत नै नाट्यशाला

दमक, माघ १६
दक्षिणी इलाममा रहेर रंगमञ्च गतिविधिमा सक्रिय चुलाचुली रंगमञ्चले यसपटक मञ्चसहितको सेटका हिसावले फरक रुपमा नाटक प्रस्तुत गर्ने तारतम्य मिलायो । जुन भूमि, कला र पर्यावरणको सम्मिश्रणका रुपमा निकै फरक र रमितलाग्दोस्थल नाट्यशाला बन्यो ।

 

अर्थात यो वर्ष विद्यालयका विद्यार्थीहरुको प्रस्तुतिमा दुईदिने ‘तेस्रो चुलाचुली पाठशाला नाट्य महोत्सव’ मा खेतको गरामा कलात्मक हिसावले तयार खुला रंगमञ्चमा बालबालिकाका ७ नाटक मञ्चन भए । ‘विश्वव्यापारीकरणमा ग्रामीण सौन्दर्यको खोजी’ भन्ने नाराकासाथ चुलाचुली–३ स्थित शिव ओरक मिलन पोखरी पर्यटन क्षेत्रको गहिरो ठाउँको खेतको गरा अनि नजिकैको पाखोस्थल र त्यहाँ रहेका बोटविरुवासँग खेल्दै पात्रहरुले मन्त्रमुग्ध बनाएका थिए । योखाले नाट्यशालास्थल नेपालमा अलि नौलो बन्यो । मण्डला थिएटर, काठमाडौंका नाट्यकर्मी सोमनाथ खनालले नाटकस्थल र सेट अनि नाट्यप्रस्तुति हेरिसकेपछि भन्नुभयो ‘ योखाले स्थल फरक लाग्यो, वातावरण संरक्षणको सन्देशमा केन्द्रित रहेर यो स्थलमा बालबालिकालाई उतार्नु निकै प्रभावकारी काम हो, निकै रमाइलो लाग्यो ।’

 

 

डाँडोको भित्तामा दर्शक बस्ने बाँसको प्याराफिट शैलीको स्थल छ । पाखामा किरात मुन्धुमसँग जोडिएको सिलामसाक्मा, सातफेराको डोरीसहितका मौलिकबस्तुहरुले ग्रामिण सौन्दर्यतामा नाटकलाई समेत जोडेको देखिन्छ ।

 

महोत्सवमा ७ विद्यालयको प्रस्तुति छनोटमा परेपछि मकवानपुरस्थित हेटौंडासम्मका विद्यार्थीले त्यहाँ नौलोस्थलमा नाटक प्रस्तुत गरेर रमाए । महोत्सवको पहिलो दिन आयोजक चुलाचुली रङ्गमञ्चले ‘भुमरी’, मोरङको सुन्दरहरैंचास्थित सुविजिमुर मेरमोरियल माविले ‘उ जुनेली’, हेटौँडास्थित कलाक्रान्ति नाट्य समूहले ‘डार्क स्याडो’ र चुलाचुली गाउँपालिकास्थित पञ्चबुद्ध एकाडेमीले ‘मणी लुगा’ मञ्चन गर्यो । त्यस्तै चेतना नाट्य समूह इलामको खुला प्रस्तुति रह्यो । नेपाली रङ्गमञ्च तथा नाटकको सन्दर्भ र ‘शिक्षामा सृजनशीलता’ शिर्षकमा अन्तरसंवाद भयो ।

 

दोस्रो दिन चुलाचुली गाउँपालिकास्थित अमृत बोर्डिङ स्कूलले ‘द ल्याण्ड अफ मङ्की’, बालज्योति माविले ‘द रुट’, जनता माविले ‘वातावरण’ र मोरङस्थित रियालन्स माविले ‘मौनताको कथा’ मञ्चन गर्यो । सोही दिन कुलुङ भाषा संस्कृति उत्थान संघ चुलाचुलीको खुला प्रस्तुति समेत भयो ।

 

शैक्षिक संस्थालाई रङ्गमञ्च कसरी बुझाउन सकिन्छ भन्ने अभ्याससँगै नाटक मात्रैभन्दा पनि पर्यावरणबारे पनि बुझाउने प्रयास रहेको संस्थाका अध्यक्ष चेतन आङथुपो ‘डर’ले बताउनु भयो । ‘मैले सोचेर बनाएको नाट्यस्थलमा यही पर्यावरणसँग मिल्दो जुल्दा नै नाटक प्रस्तुत हुँदा हामी सफल भयौं भन्ने लाग्यो । खेलका रुपमा रहेको यो स्थलमा आएर सेटमा काम गर्दा किसानको कामको अनुभूति भयो । ग्रामीण सौन्दर्य यही हो भन्ने लाग्यो ।’– उहाँले खुसी हुँदै भन्नुभयो । महोत्सवमा फाइन आर्ट कार्यशाला, फोटो प्रदर्शनी, नाटक कार्यशाला, विभिन्न जातजातिको लोकबाजा झाँकी प्रदर्शनी गरिएको छ ।

 

चुलाचुली गाउँपालिकाले आर्थिक व्यवस्थापन समेत गर्दै सृजना क्षेत्रको प्रवद्र्धनमा सघाएको छ । गाउँपालिकाले कला, साहित्य, सँस्कृति र पर्यटन सम्बन्धीको एउटा छुट्टै समिति बनाएर सृजना प्रवद्र्धनमा लागिपरेको अवस्थाकाबीच पालिका उपाध्यक्ष दिलकुमारी लिम्बू योङ्हाङले यसखाले प्रस्तुतिको प्रशंसा गर्नुभयो । उहाँले भन्नुभयो ‘यो खाले प्रस्तुतिले मन छोयो । हामीले यो क्षेत्रमा अझै सहयोग गर्दै जानेनै छौं ।’

 

यसखाले पहिलो महोत्सवमा ६ वटा र दोस्रो महोत्सवमा १० वटा नाटक मञ्चन गरिएको थियो ।
२०६९ मा स्थापित चुलाचुली रंगमञ्चले नाटक महोत्सव, नाट्य कार्यशाला जस्ता गतिविधि गर्दै आएको छ । खासगरी विद्यार्थीलाई लक्षित गरी संस्थाले नाट्य कार्यशाला र महोत्सवहरू आयोजना गर्दै आएको छ । विद्यार्थीलाई किताबी ज्ञानका साथै सृजनात्मक गतिविधिमार्फत प्रतिभा बाहिर ल्याउने र असल नागरिक बनाउन यसखाले कार्यक्रम मद्धत पुग्ने आयोजकको अपेक्षा छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

रसुवामा आएको बाढिमा झापाका १० जना बेपत्ता

दमक,१२ भदौ | रसुवा स्थित भोटेकोसीमा आएको अप्रत्याशित बाढिमा परि झापाका  १० जना बेपत्ता भएका छन ।   जिल्ला प्रशासन कार्यालय झापाको सूचना शाखाका अनुसार

रसुवा बाढीपीडितका लागि ६ घण्टामै २७ करोड ३३ लाख जुट्यो

काठमाडौं , भदौ ११ । रसुवा बाढी प्रभावित क्षेत्रमा राहत, उद्धार, खोज तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग रकम जुट्न थालेको छ।

बाढीपीडितका लागि बिर्तामोड नगरपालिकाले ५ लाख दिने

बिर्तामोड , भदौ ११ । रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारको राहत तथा उद्धारका लागि बिर्तामोड नगरपालिकाले पाँच लाख रुपैयाँ आर्थिक सहयोग गर्ने

रसुवाको मैलुङबाट दोलखाका सन्तोष थपलिया सम्पर्कविहीन, खोजी तीव्र

काठमाडौं , भदौ ११ । दोलखाको मेलुङ गाउँपालिका–१, पवटी स्थायी घर भएका सन्तोष थपलिया रसुवाको मैलुङ क्षेत्रबाट सम्पर्कविहीन भएका छन्। थपलिया विगत डेढ वर्षदेखि कोरियन

बाढीको त्रास र हराउँदै गएको मानवीय संवेदना

काठमाडौं,११ भदौ । भदौ १० गते रसुवाको भोटेकोशी क्षेत्रमा आएको अप्रत्याशित बाढी र पहिरोले केवल घर, सडक र संरचना मात्र बगाएन । धेरै परिवारका सपना,

बाढीमा ३५९ जनाको मृत्यु, ६३ घाइते, २८ प्रहरी सम्पर्कविहीन

काठमाडौँ , ११ भदौ। रसुवा–भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीमा परी हालसम्म ३५९ जनाको शव फेला परेको छ। बाढीपछिको खोज तथा उद्धार कार्यमा ४ हजार ३४८