पाथीभरा /मुकुम्लुङ केबलकार निर्माण विवाद

वार्ताको माध्यमबाट समस्या समाधान गर्न सांसद भट्टराईको आव्हान

काठमाडौं, माघ १६
नेकपा एमालेका सचिव एवं ताप्लेजुङका संघीय सांसद योगेश भट्टराईले प्रसिद्ध धार्मिकस्थल पाथीभरा देवी मन्दिरसम्म पुग्ने पाथीभरा देवी मुकुम्लुङ दर्शन केबलकार सम्बन्धी विवाद वार्ताको माध्यमबाट समस्या समाधान गर्न दुबै पक्षलाई आव्हान गर्नुभएको छ ।

 

ताप्लेजुङ जिल्लाको धार्मिक, सांस्कृतिक र पर्यटकीय स्थल पाथीभरामा केबलकार निर्माणबारे बुधवार काठमाडौँमा पत्रकार सम्मेलन गरेर आफ्ना धारणा राख्दै सचिव भट्टराईले त्यहाँ मुख्य मन्दिरलाई असर गर्ने गरी कुनै पनि संरचना समेत नबन्ने बताउँदै समस्या समाधानमा वार्ता अघि बढाउनु पर्ने समेत जनाउनु भयो । सचिव भट्टराईले तत्काल केबलकार निर्माणको विरोधमा भइरहेको आन्दोलन फिर्ता लिन आग्रह गर्नुभएको छ । उहाँले आग्रह गर्दै भन्नुभएको छ, ‘आन्दोलनरत पक्षलाई विरोधका कार्यक्रम फिर्ता लिन र सरकारलाई गिरफ्तार भएका व्यक्तिलाई रिहा गर्न र घाइतेहरूको प्रभावकारी उपचार गरी अविलम्ब वार्ता गर्न माग गर्दछु ।’

 

उहाँले भन्नुभयो, ‘केबलकार निर्माण गर्ने कम्पनीले प्रस्तुत गरेको डीपीआर र राज्यका निकायले स्वीकृत गरेका परियोजना प्रस्ताव तथा वातावरणीय मूल्यांकन प्रतिवेदनका आधारमा हेर्दा केबलकारको संरचनाले कुनै पनि धर्म, संस्कृति र आस्थालाई कमजोर पार्ने देखिदैन । अहिले यसमा असहमति जनाउनु भएका साथीहरुले कान्छीथाम भन्दा माथिबाट केबलकारको डब्बा जाने भयो, यो आस्थामाथि समस्या भयो भनेर भन्नु भएको छ । तर त्यसले असर गर्नेगरी बन्ने कुरा सत्य होइन । मुल मन्दिरभन्दा ८ सय मिटर बाहिर केबलकारको माथिल्लो स्टेशन बन्छ ।’

 

 

पाथीभरको संस्कृति जगेर्नाका लागि मुकुम्लुङ पार्क निर्माण गर्नुपर्ने सचिव भट्टराईको माग छ । ‘पाथीभर केबलकारको निर्माण कार्यलाई निर्वाधरुपमा अघि बढाउँदै निर्माण कम्पनीले उपलब्ध गराउने सामाजिक उत्तरदायित्वको कोष र सरकारले थप बजेटको व्यवस्था गरी स्थानीय संस्कृतिको जगेर्ना र सम्बद्र्धनका लागि मुकुम्लुङ पार्क र संग्राहलय निर्माग गर्न माग गर्दछु,’ सचिव भट्टराईले भन्नुभयो ।

 

 

सचिव भट्टराईले २५ हजार रुख काट्न लागेको भन्ने प्रचार भएको भन्दै यो पनि सत्य नभएको बताउनुभयो । वन मन्त्रालयको प्रतिवेदन मगाएर हेर्दा २ हजार १ सय १२ वटा रुख काटिने र त्यसमा पनि ठूलो रुख जम्मा २ सय ७ वटा मात्रै काटिने भएको तथ्य उहाँले उजागर गर्नुभयो ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

‘सिद्धान्तहीन सरकारले कसरी जनताको पक्षमा काम गर्छ ?’ : कमला पन्त

काठमाडौं , असोज ३०। नेपाली कांग्रेसकी राष्ट्रिय सभा संसदीय दलकी नेता कमला पन्तले वर्तमान सरकारमा सैद्धान्तिक विचलन देखिएको आरोप लगाउनुभएको छ । उहाले सरकारसँग स्पष्ट

भूमि तथा वन सम्बन्धी अध्यादेश संसदमै छलफल हुनुपर्छ : कांग्रेस

काठमाडौं,३० असोज। नेपाली कांग्रेसकी प्रमुख सचेतक बासना थापाले भूमि तथा वन सम्बन्धी अध्यादेश संसदमा छलफल गरेर मात्रै अघि बढाउनुपर्ने पार्टीको धारणा रहेको बताउनु भएको छ

धार्मिक विधिसहित खोकना जात्रा मनाइयो

ललितपुरको खोकनामा परम्परागत तथा ऐतिहासिक खोकना जात्रा विभिन्न धार्मिक तथा सांस्कृतिक विधि पूरा गर्दै मनाइएको छ । जात्रामा परम्परागत पूजा, धार्मिक अनुष्ठान तथा सांस्कृतिक गतिविधि

अनुशासनहीन बन्दै समाज : कारण र समाधान

काठमाडौँ,३० असोज । सामान्य अर्थमा भन्दा आफ्नो कर्मलाई धर्म र नैतिक नियम अनुरूप सञ्चालन गर्नु अर्थात कसैको दवाव र करकाप विना आफ्नो कर्तव्य र सामाजिक

कांग्रेसको नयाँ नेतृत्वमा आधा दर्जनभन्दा बढी चिकित्सक, फिरदोस आलम सहमहामन्त्रीमा विजयी

३० असोज, काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत सम्पन्न केन्द्रीय कार्यसमितिको निर्वाचनमा आधा दर्जनभन्दा बढी चिकित्सकहरू निर्वाचित हुनुभएको छ । मतगणनाको प्रारम्भिक नतिजाअनुसार चिकित्सा पेशामा

यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते

एजेन्सी , असोज ३०। इरान समर्थित हुथी विद्रोहीले बिहीबार यमनको अदेन सहरस्थित राष्ट्रपति भवन ‘अल मासिक प्यालेस’लाई लक्षित गरी क्षेप्यास्त्र प्रहार गरेको छ । हुथीले पाँचवटा