झापा र मोरङमा लाहा खेती विस्तार

लाहा खेतीको सम्भावनाका विषयमा पथरी शनिश्चरेमा मिडिया अन्तरक्रिया

पथरी, माघ १९
मोरङको पथरीशनिश्चरे वडा नम्बर १० मा रहेको भुटानी शरणार्थी शिविरमा लाहा खेतीका बारेमा पत्रकारहरुसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

 

लाहा प्राकृतिक रुपमा रुखमा भेटिने एक प्रकारको किरा हो । यसबाट ‘चप्रा’ लगायतका विभिन्न बस्तुहरु उत्पादन गर्न सकिने र चप्रा फर्निचर उद्योग र सुन पसलमा प्रयोग गरिने कार्यक्रममा जानकारी गराइयो ।

 

बजारमा लाहाको माग धेरै रहेको झापामा चप्रा उद्योग सञ्चालन गरिरहनुभएका डम्बर विश्वकर्माले बताउनुभयो । लाहालाई खयर, बयर, मौवा प्रजातिका रुख विरुवासँगै सामिया लता जातको विरुवालाई विस्तार गरेर व्यवसायिक रुपमा खेती गर्न सकिने उहाँको भनाइ छ । भारतको पश्चिम बङ्गालको उद्योगमा काम गर्दा नेपालमा चप्रा बिक्री हुन थालेको देखेपछि स्वदेशमै उद्योगको सम्भावना देखेर आफूले उद्योग खोलेको उद्योगी विकले बताउनुभयो ।

 

लाहाको कच्चापदार्थ प्रतिकेजी २ सय ५० देखि छ सयसम्म र यसको प्रशोधन गरेपश्चात प्रतिकेजी एक हजार ८०० देखि दुई हजारसम्ममा बिक्री हुने गरेको विश्वकर्माले जानकारी दिनुभयो । विश्वकर्माले गौरदहमा १० हजार समिया लत्ता विरुवा लगाउनु भएको छ ।

 

यसको खेतीमा खास धेरै मेहनत गर्नुपर्दैन । एकपटक लगाएपछि वर्षमा दुईपटक संकलन गर्न सकिन्छ । फर्निचर उद्योग, सुन पसललगायत अन्य विभिन्न काममा प्रयोग हुने लाहा अहिले भारतीय बजारबाट आउने गरेकाले स्वदेशमा नै यसको उत्पादन गर्ने उद्देश्यले यहाँ पनि लगाउन सुरु गरेको व्यवसायीहरुले उल्लेख गरेका छन् ।
विकका अनुसार एक केजी लाहा आयात गर्दा व्यवसायीले चार हजार रुपैयाँसम्म तिर्नुपर्ने हुन्छ । भारतमा उत्पादित लाहा जापान निर्यात हुने गरेको बताउँदै विकले भने– ‘राम्रो लाहा विदेशमा नेलपोलिस र लिपिष्टिक बनाउन प्रयोग गरिन्छ, केही कमसल लाहा केमिकलको सट्टा स्टार होटलमा लेपनका लागि प्रयोग गर्ने गरिन्छ ।’ लाहा अधिक मात्रामा फर्निचरमा प्राकृतिक रंग निकाल्न प्रयोग हुने गरेको छ– विकले भन्नुभयो – ‘लाहाको प्रयोगले असर गर्दैन, रंगको प्रयोगले असर गर्छ तसर्थ अधिकांश ठूला होटलमा लाहाको प्रयोग हुँदै आएको छ ।’

 

झापामा आफूले लाहा उद्योग स्थापना गरेपछि कच्चा पदार्थका लागि किरा खरिद गरेर ल्याएको र सिसौ, वयर, खयर, रहरमा किरा छाडेको बताउँदै विकले भन्नुभयो –‘झापामा लाहा उत्पादन शुरु गरेको यो पहिलोपटक हो, यसमा स्थानीय सरकारले सहयोग गर्ने हो भने झापालाई पुग्ने लाहा उत्पादन गर्दै लाहा खरिदका लागि विदेशिने रकम रोक्न सकिने थियो ।’

 

लाहा उद्योग सञ्चालन गरेका विकले डिभिजनल बन कार्यालय झापालाई सहयोगको माग गरेका छन् । उनले डिभिजनल प्रमुख विष्णुलाल घिमिरेलाई ज्ञापन–पत्र बुझाउँदै झापाको निजी तथा सामुदायिक बनमा लाहा उत्पादन गर्ने किरा लगाउन सकिने र लाहाको कच्चा पदार्थ संकलन गर्दै लाहा उत्पादन गर्न सकिने बताउनु भयो । जसका लागि उनले आफूसहित यो पेशा व्यवसायमा कृषकलाई आकर्षित गरिदिन ज्ञापनमार्फत माग गरिएको छ । धनकुटा र तेह्रथुमबाट प्रतिकेजी ३५० रुपैयाँमा लाहाको कच्चा पदार्थ झिकाएर उत्पादन सुरु गरेको जनाउनु भयो । विकले उत्पादन गरेको लाहा अहिले प्रतिकेजी एक हजार रुपैयाँसम्ममा विक्री हुने गरेको छ । आर्थिक अभावका कारण लाहा धुने मेसिन खरिद गर्न नसकिएको उहाँको भनाई छ ।

 

खयर, बयरसँगै लाहा खेती विस्तार गर्न सकिने सामिया लता जातको बिरुवा सव–डिभिजन वन कार्यालय लेटाङले उत्पादन गरेको छ । तल्लो भेग तथा नदी खोला आसपासका खयर, बयरलगायतका प्रजातिका रुख भएका जंगल लाहा खेतीको लागि उपयुक्त रहेको कार्यालयले जनाएको छ । लाहाको व्यवसायिक खेती विस्तारलाई जोड दिन कृषकलाई आवश्यक सहयोग गर्ने वन कार्यालयको भनाइ छ । लाहाको खेती १५ देखि ३५ डिग्रिसम्मको तापक्रममा हुन्छ । मोरङको राजमार्गदेखि उत्तर क्षेत्रमा लाहा खेती हुने विज्ञहरुले बताएका छन् ।

 

लाहा खेती
विशेष रुखका नरम हाँगामा टाँसिएर त्यही हाँगाको रस चुसेर आफ्नो जीवनचक्र पूरा गर्ने परजीवीलाई लाहा भनिन्छ ।
लाहाका प्रकार
क) भाले लाहा
लाहा भाले र पोथी गरी दुई प्रकारका हुन्छन्‌ । भाले लाहा खुट्टा, आँखा, टाउको भएको १४/१५ मिलिमिटर लम्बाइको तथा कलेजी रङको हुुन्छ । पोथीसँग यौन सम्पर्क भएपछि यसको मुख कुच्चिन्छ । जसले गर्दा खान नसकेर दुई/तीन दिनमै मर्छ । एउटा भालेले ४० वटा पोथीसँग यौनक्रिडा गर्न सक्छ ।

 

ख) पोथी लाहा
यसको आकार चारदेखि पाँच मिलिमिटर तथा कलेजी रङको हुन्छ । पोथी लाहा जीवनपरन्त एक ठाउँबाट अर्को ठाउँमा हिँड्दैन । किनकि यसको आँखा, कान, खुट्टा हुँदैन । यसको पेट, मुुख र मलद्वार मात्र हुन्छ । लार्भा अवस्थामा लाहा भाले वा पोथी के हो छुट्टिएको हुँदैन । जब भाले वा पोथी छुट्टिन थाल्छ त्यसबेला पोथी लाहाको पेट, मुख र मलद्वारबाहेक कुनै अङ्ग बाँकी रहँदैन । यसको आयु अण्डा उत्पादनपछि सकिन्छ ।
पोथी र भालेको घर अलग अलग हुन्छ । सहवास गर्ने बेलामा भाले आफ्नो घरबाट निस्केर पोथीको शरीरमाथि पुग्छ ।

 

रङ्गिन लाहा
यो वर्षमा दुई पटक उत्पादन हुन्छ । पहिलो चार महिना र दोस्रो आठ महिनामा उत्पादन हुने गर्छ । वैशाख/जेठमा लगाएको लाहा असोज कात्तिमा झिक्नु पर्छ । असोज कात्तिकमा लगाएको लाहा वैशाख/जेठमा झिक्ने गरिन्छ । गर्मी महिनामा चार महिनामा उत्पादन हुन्छ भने जाडो महिनामा लाहा उत्पादन हुन पाँच महिना लाग्छ ।

 

कुसुमी
यो छ/छ महिनामा उत्पादन हुन्छ । असार/साउनमा लगाइन्छ र माघ/फागुनमा झिक्नु पर्छ । माघ/फागुनमा लगाएको असार/ साउनमा झिक्नु पर्छ ।
व्यावसायिक दृष्टिले रङ्गिन लाहाभन्दा कुसुमी लाहा उत्कृष्ट मानिन्छ । रङ्गिन लाहाको उत्पादन कम हुन्छ । यसबाट उत्पादन भएको लाहा कमसल मानिन्छ । रङ्गिन लाहाको तौल पनि बढी हुने गर्छ । रङ्गिन लाहाभन्दा कुसुमी लाहाको उत्पादन मूूल्य र सामानको टिकाउपन पनि बढी हुन्छ ।
लाहा उत्पादन हुने रुख नेपालमा रङ्गिन लाहा पलाँस, सिरिस, पिपल, बयर, रहर, लिची, मौवा आदि प्रजातिको रुखमा उत्पादन हुन्छ । कुसुमी लाहाको उत्पादन कुसुम, सेमियालता, बयर, खयर आदि प्रजातिका रुखमा हुने गर्छ ।

 

लाहा उत्पादन
भाले र पोथीको यौनक्रिडापश्चात् पोथी कीराको शरीरमा परिवर्तन हुन्छ । त्यसले हाँगाको रस अत्यधिक चुस्ने गर्छ, अनि अण्डा पार्नका लागि आफ्नो घर निर्माण गर्छ । पोथीको शरीरबाट एक प्रकारको गम वा नरम पदार्थ निस्कन्छ, जसलाई लाहा भनिन्छ । लाहा भालेले बनाउन सक्दैन ।
लाहा उत्पादनका लागि मनसुनी वर्षा र १५ डिग्री सेल्सियसदेखि ४०/४५ डिग्री सेल्सियसम्म तापक्रम राम्रो मानिन्छ । वातावरणका दृष्टिले नेपालमा यसको खेती उपयुक्त देखिन्छ ।

 

यसको बजार
लाहाको प्रयोग फर्निचरको रङ, गरगहना, मेकअपका सामान, जुत्ताको पोलिस, नेल पोलिस, क्याप्सुल, ट्याब्लेट, बिजुलीका बल्ब, लाहा छाप, हातहतियार आदिमा प्रयोग गरिन्छ । त्यसैले यसको बजार नेपालमा मात्र होइन अन्तर्राष्ट्रिय स्तरमा समेत छ ।

 

निर्वाचनको समयमा सरकारले भारत लगायत तेस्रो देशबाट करोडौं रुपैयाँको लाहा आयात गरेको थियो । निर्वाचन कार्यालयको तथ्याङ्कलाई आधार मान्ने हो भने मत पेटिकामा लाहा छापका लागि मात्रै सरकारले करोडौंको लाहा आयात गरेको थियो ।

प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि आयोगले ६७ प्रकारका निर्वाचन सामग्री किन्न करिब चार अर्ब रूपैयाँ खर्च गरेको थियो । जसमध्ये लाहा भारतबाट मात्र आयात गरेको थियो । स्वदेशमा प्रशस्त कच्चा पदार्थ भए पनि सरकारले लाहा उत्पादनमा चासो नदेखाएका कारण लाहा आयातका लागि भारत लगायत तेस्रो देशको भर पर्नु परेको छ ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

सकियो ‘घुमौँ झापा साइकलमा’ कार्यक्रम

बिर्तामोड, चैत ३ । दिगो पर्यटन, स्वस्थ जीवनशैली र सामुदायिक गौरवको अभियानको रुपमा आयोजना गरिएको घुमौँ झापा साइकलमा कार्यक्रम समापन भएको छ । झापा साइक्लिङ

बालेनको ‘ठूलो खेल’ : सरकार बनाउँदै संविधान नै फेरिने संकेत ?

काठमाडौं,३ चैत। ‘दुई तिहाइमा दुई सिट कम’ बहुमतको नजिक पुगेको राष्ट्रिय स्वतन्त्र पार्टी—अब बालेन्द्र शाह नेतृत्वमा सरकार बनाउने तयारीमा छ। तर प्रश्न उठेको छ—यो सरकार

जेनजी आन्दोलनको क्षति : ऐतिहासिक भवन पुनर्निर्माण अन्योलमा

काठमाडौं,३ चैत । गत भदौ २३ र २४ गते भएको जेनजी पुस्ताको आन्दोलनका क्रममा आगजनीपछि क्षतिग्रस्त भएको बबरमल स्थित सडक विभागको ऐतिहासिक भवन पुनःनिर्माण अनिश्चित

उदयपुरमा हुरी : दुईको मृत्यु, छ जना घाइते

उदयपुर,३ चैत। उदयपुरको कटारी नगरपालिका–५ र ८ मा हुरीबतासबाट दुई जनाको मृत्यु भएको छ भने छ जना घाइते भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी

नेपालमा जर्मन प्रविधि लगानीका सम्भावना विषयक अन्तरक्रिया सम्पन्न

काठमाडौं,३ चैत ।नेपालमा स्थानीय तथा वैदेशिक लगानी प्रवद्र्धन गर्ने उद्देश्यका साथ काठमाडौंमा एक विशेष ‘ज्ञान साझेदारी’ (नलेज सेयरिङ) अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । नेपाल

“मधेश प्रदेश सरकारका १०० दिन:मुख्यमन्त्री यादवले ५१ प्रमुख कामहरु सार्वजनिक”

जनकपुर,३ चैत । मधेश प्रदेशका मुख्यमन्त्री कृष्ण प्रसाद यादवले नेपाली कांग्रेसको नेतृत्वमा बनेको सरकारको पहिलो १०० दिनमा गरेको मुख्य ५१ वटा कामहरु बारे जानकारी गराउनु