पाथीभरामा केवलकार निर्माणको विरोधमा बन्द आव्हान

दमकमा ३ जना बन्दकर्ता पक्राउ, बन्दको आंशिक असर

दमक, माघ २०
ताप्लेजुङको पाथीभरा क्षेत्रमा केवलकारको विरोध गर्दै मुक्कुम्लुङ संरक्षण र केबलकार खारेजी संयुक्त संघर्ष समितिका कार्यकर्ताहरुले आव्हान गरेको ९ जिल्ला बन्दको आंशिक प्रभाव परेको छ । यसक्रममा बन्द गदैं हिंडेका ३ जनालाई दमकबाट प्रहरीले पक्राउ गरेको छ ।

 

दमक –६ स्थित आकाशे पुलमा भेला भई बन्द गराउन खोज्दा प्रहरीले पदम बेघासहित ३ जना बन्दकर्तालाई पक्राउ गरी इलाका प्रहरी कार्यालय दमकमा राखिएको छ । यातायातका साधनको चाबी थुत्न खोज्दा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी कृष्णकुमार चन्दले बताउनु भयो ।

 

पूर्वपश्चिम राजमार्गमा यातायातका साधन सञ्चालनमा त्यति कमि नआएको भएपनि पूर्वी पहाडी जिल्लामा भने यातायातका साधन चलेका छैनन् ।

 

बिहान ५ः३० बजे झापाको बुद्धशान्ति ४ बर्नेस्थित मेची राजमार्गमा मुक्कुम्लुङ संरक्षण र केबलकार खारेजी संयुक्त संघर्ष समितिका कार्यकर्ताहरुले २ वटा रुख ढालेर मेची राजमार्ग अवरुद्ध पारेका थिए । त्यसलाई पन्छाएर सडक सुचालू गराएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता चन्दले जनाउनु भयो ।

 

बन्दकर्ताहरुले गत माघ १५ गतेदेखि मेची राजमार्गमा यातायात बन्द यथावत राखेका छन् । जसका कारण जनजीवन असरग्रस्त भएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

दमकमा योग शिक्षकलाई सम्मान

दमक, २६ असार | दमक–८ स्थित अर्गानिक योग साधना केन्द्रले गुरु पूर्णिमाको अवसरमा एक विशेष समारोहको आयोजना गरी पतञ्जली योग समितिमार्फत सञ्चालन गरिएको सह–योग शिक्षक

दमकमा स्यालो ट्युबेल जडानका कारण पानी नपरेपनि रोपाई गर्न सहज

दमक,२६ असार । झापा जिल्लामा असार महिनाको अन्तिम साता नजिकिँदासमेत पर्याप्त वर्षा नहुँदा बर्खे धान रोपाइँ प्रभावित भएको छ। अधिकांश किसान अझै आकाशे पानीको प्रतीक्षामा

हराएको स्कार्पियो फेला पर्‍यो

दमक, २६ असार । धरानबाट हराएको स्कोरपियो फेला परेको छ ।   आज बिहान धरान १८ स्थित धनकुटे रोडमा पार्किङ गरी राखिएको को २ च

बाह्रदशीमा भएको दुर्घटनामा मृत्यु हुनेको संख्या ३ पुग्यो

दमक,२६ असार । झापाको बाह्रदशी गाउँपालिका–१ मा भारतीय नम्बर प्लेटको मोटरसाइकल र स्कुटर ठोक्किएर भएको दुर्घटनामा मृत्यु हुनेको संख्या ३ पुगेको प्रहरीले जनाएको छ ।