कृति समीक्षा

चेली कवि प्रतिमा छेत्रीको मनका तरङ्गहरूभित्र रमाउँदा..

सिलिगुड़ीको साहित्यिक भूमिमा एउटा नयाँ काव्यकृति भूमिष्ठ भयो । यो साँच्चै गर्व र हर्षको कुरो हो मेरो निम्ति ।
कुनै डोल ढ्याङ्ग्रो नबजाई, कुनै हल्ला नगरी कविता, गजल, गीत आदि लेखेर आफूभित्र सन्तुष्ट रही अन्त्यमा एउटा नयाँ काव्यकृति ‘मनका तरङ्गहरू’ सिलिगुड़ीको साहित्यिक फाँटलाई चढ़ाइन् कवि प्रतिमा छेत्रीले । यसको निम्ति भक्कु स्याबासी चेलीकवि प्रतिमालाई ।

 

 

धेर नबोल्ने…उनको स्वभाव नै गम्भीर, शान्त । काव्यकृति ’मनका तरङ्गहरू’ प्रकाशित हुने बित्तिक्कै पहिल्यै मलाई चढ़ाउन भनी मकहाँ आइन् । माइती सम्झी मलाई सर्वप्रथम उनको पहिलो काव्यकृति चढ़ाउन आएकी म खुसी भएँ…भक्कुमारी । किताब हात परेपछि हेरेँ…अहा मैले नै भूनिका लेखेको रहेछु । मलाई सम्मानपूर्वक भूमिका लेखिमागेकी पनि चेली कवि प्रतिमाकन त्यसै पनि अनुगृहित छु ।

 

 

यतिञ्जेल ओझेलमा थिइन् प्रतिमा । हामीले पनि त्यति उनलाई याद नगरेका रहेछौं । प्रचार–प्रसारदेखि कोशौं टाढ़ा बस्ने प्रतिभालाई प्रकाशमा ल्याई उनलाई साहित्य लेखनमा हुटहुटी लाउनु मात्र होइन किताब समेत छाप्नु हुटहुटी लाउने भूमिका नेपालका झर्झराउँदा गीतकार एन बी दाहालले लिएका रहेछन् । साँच्चै दाहालजी जस्ता उदार हृदयी गीतकार नभएका हुँदा हुन् ता प्रतिमालाई भारतीय नारी हस्ताक्षरको रुपमा हामीले चिन्न सक्ने थिएनौँ । यिनै दाहालजीको हुटहुटीले प्रतिमालाई भारतीय नेपाली नारी साहित्यकारको रुपमा हामीले चिन्ने भयौँ । गीतकार दाहालजीजस्ता अरु दुइ चारजना व्यक्ति हुँदा हुन् ता हाम्रा नवोदित साहित्यकारहरू चिचिलामै निँखोज हुने थिएनन् ।

 

 

जे होस् प्रतिमा छेत्रीको पहिलो कृति बल्ल पढ़िसिद्ध्याएँ । यस ’मनका तरङ्गहरू’ हरूमा सय भन्दा धेर नै कविताहरू छन् । यस सङ्ग्रहमा परेका कविताहरू सरसरती पढ़्‌दा के भन्न ठुङमार्दो हुन्छ भने, प्रत्येक मानिसभित्र अनुभूतिका लहरहरू तरङ्गित भइरहेका हुन्छन् । कोमल भावनका धनीहरू यसलाई शब्दमा उतार्नुका साथै ती अनुभुतिलाई जीवन प्रदान गर्छन् भने कसैमा भने ती अनुभूतिहरू आफूभित्रै बिलाएर जान्छन् । खासै भन्नुपर्दा कवि हृदयी मानिसहरू मात्र यस्तो स्नेही काम गर्न सक्छन् । यसरी आफ्नो अनुभूतिलाई नाके डोरी लाउने सबल र अब्बल कवि हुन् प्रतिमा तामाङ । पहिलोपल्ट भारतीय नेपाली नारी कवि हस्ताक्षर रुपमा देखिएकी प्रतिमा तामाङका कवितामा वर्तमानको यथार्थबोध गराउने समसामयिक विषयवस्तुलाई टपक्क टिपेर अनुभूतिपरक संवेदनालाई उजागार गर्दै कवि हृदयका चित्रहरू उतारिएको पाइन्छ । आफूमात्रको होइन हरदर समाजकै पीर वेदनालाई मूल आधार बनाएर विम्बात्मक अनुभूतिहरू कवितामा भक्कु देखिन्छ–
आफ्नो फाइदाको लागि
हामीलाई अल्छी बनायौ
हामी त विश्ववासी थियौं
हामीलाई बुद्धिहीन बनायौ
दुनियाँलाई हत्केलामा नचाउन चाह्यौ

 

…………………………………….
यिनका धेरजसो प्रणय रागका स्वरहरु नै सुनिन्छ । कति कविताहरू गीतकै भाखामा लेखिएको पाइन्छ कतिपय कविताहरू लोकलयमा आधारित पनि देखिन्छ –
त्रिवेणी खोला दोभान तरौंला
मैच्याङ्गलाई फुरुक्कै पारौंला
रङ्गीत खोलो तरौंला
आफू त चिटिक्क परुँला
रङ्गीन खोला तरौंला
फेरि
तीजको दिन सजुँला
फेरि अरु दिन यस्तै हो
यता उता गर्दा नै ठिक्क
व्यस्तको व्यस्त नै हो……

 

जीवनप्रति पनि कविको वितृष्णा देखिन्छ । तर यो वितृष्णा एक्लो कविको मात्र हरदर आमा मान्छेको जीवनप्रतिको वितृष्णा हो । कविता लेखेरे वा कवितामा अनुभूति पोखेर मात्र कविको जिम्मेवारी पूरा हुँदैन । कवि बाँच्नका लागि कविताका साथै तिनका अनुभूति पनि जीवन्त हुनुपर्दछ । जीवनका यावत् पक्ष सङ्घर्ष, दुःख, प्रेम, थकान, हर्ष, चिन्ता, क्रोध, विषाद, विवाद, सहयोग तथा असहयोग आदिलाई निकटबाट परीक्षण–निरीक्षण गरेर कविता मार्फत् अभिव्यक्ति राख्ने कवि प्रतिमाको कवितानुभूति लरतरो देखिन्न –
हर एक कदममा ठक्कर खानु
मात्रै हो यो जिन्दगी
दया र प्यारको भिख माग्नु
भन्ने यो मेरो जिन्दगी
हार खाएँ अब मैले संसारदेखि
पर्दैन अब माया देखाउनु ।

 

सामाजिक विषमता, अन्याय, अत्याचार, वर्गीय शोषण, कहालीलाग्दो अवस्थाले कवि प्रतिमा विचलित बनेकी देखिन्छ ।
न हाँस्न सकिन्छ न कतै एक्लै
हाँसे पागलको उपाधि पाइन्छ
न रुन सकिन्छ भीड़भाड़भित्र

कविता वा गीत सरल भाषामा लेखिएका कविताहरू जीवनका मिठाइला, तिताइला कठोर अनुभूतिहरूको सशक्त माध्यमबाट कवि प्रतिमाले भरसके प्रयास गरेकी देखिन्छ । यिनका कविताहरू पढ़ेर कतिले नाक खुम्याउलान्‌..हुनै सक्छ । तर यो उनको पहिलो प्रयास भएकोले यिनको प्रयास र साहित्यप्रतिको मोहलाई कदर र स्वागत गर्नैपर्छ । यसबारेमा हेनतेन नभनेर यति मात्रै भन्न चाहन्छु, कविता लेखनमा निरन्तरता अवश्यै हुनुपर्छ । कारण भनिएकै छ नि छेउको सियो एक न एक दिन माझमा हुन्छ नै ।
सिलिगुड़ीको साहित्य फाँटमा एउटा नयाँ कृति थपिएको कवि प्रतिमा तामाङकन अशेष शुभकामना ।

कृति – मनका तरङ्गहरू
विधा –कवितासङ्ग्रह
काव्यकार – प्रतिमा छेत्री
प्रकाशक –एन बी दाहाल नवीन
संस्करण – प्रथम
प्रति – ५००
प्रकाशन मिति– २०८१, विजयादशमी
सर्वाधिकर – कविमा सुरक्षित
मूल्य – ३००/–
आवरण / ले–आउट – बुद्ध अफसेट प्रेस, भद्रपुर रोड, बिर्तामोड़
ISBN  – ९७८–९९३७–१–७३५५–१

सिलिगुडी, भारत

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

जेलेन्स्की र नेतान्याहुसँग छुट्टाछुट्टै भेटवार्ता गर्दै ट्रम्प

काठमाडौं,१२ साउन ।  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबार ह्वाइट हाउसमा युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्की र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुसँग छुट्टाछुट्टै उच्चस्तरीय भेटवार्ता गर्दैछन् । ह्वाइट

बुधबार रास्वपाको केन्द्रीय समिति बैठक बस्ने

काठमाडौं,१२ साउन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक भोली (बुधबार) बस्ने भएको छ । बैठक बुधबार बिहान ११ बजे बनस्थलीस्थित पार्टीको केन्द्रीय

भारतीय जेलमा रहेका नेपाली किसानको रिहाइका लागि कांग्रेसको माग

काठमाडौं,१२ साउन । नेपाली कांग्रेसले नेपालमा समयमै रासायनिक मल उपलब्ध नहुँदा भारतबाट मल खरिद गर्न गएका सर्लाहीका दुई नेपाली किसान भारतीय जेलमा परेको घटनाप्रति गम्भीर

धनकुटामा ट्रक दुर्घटनापछि भीषण आगलागीः चालकको मृत्यु, सहचालक घाइते

धनकुटा,१२ साउन । तमोर करिडोरअन्तर्गत धनकुटाको चौबिसे गाउँपालिका–४ फलामेटारमा सोमबार राति हाइड्रोपावरका सामग्री बोकेको ट्रक दुर्घटना भई भीषण आगलागी हुँदा चालकको जलेर मृत्यु भएको छ।

विराटनगरका विद्यालय र कलेज बन्द

विराटनगर,१२ साउन । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा भएको गोलीकाण्डपछि उत्पन्न तनावको प्रभाव छिमेकी जिल्ला मोरङको विराटनगरसम्म पुगेको छ। बिग्रँदो सुरक्षा अवस्थालाई ध्यानमा राख्दै मंगलबार विराटनगरका

सुनसरीका दुई गाउँपालिकामा निषेधाज्ञा र अनिश्चितकालीन कर्फ्यू

सुनसरी,१२ साउन। देवानगञ्ज गाउँपालिका–३ कसनागञ्जमा भएको घटनापछि उत्पन्न सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै जिल्ला प्रशासन कार्यालय सुनसरीले विभिन्न क्षेत्रमा निषेधाज्ञा र अनिश्चितकालीन कफ्र्यू आदेश जारी गरेको