एभरेष्ट स्कुलको ३९ औं वार्षिकोत्सवमा अभिभावक सम्मान, सांस्कृतिक कार्यक्रम

पथरी, माघ २०
मोरङको पथरीशनिश्चरे मा संस्थागत विद्यालयमध्येको सबैभन्दा पुरानो र गुणस्तरीय शिक्षामा अग्रणी एभरेष्ट स्कुलले उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीका अभिभावकलाई सम्मान तथा सांंस्कृतिक कार्यक्रमको आयोजनासहित ३९ औं वार्षिकोत्सव मनाएको छ ।

 

एभरेष्टबाट एसईई परीक्षामा जीपीए ४ ल्याउने विद्यार्थीका अभिभावक हिमालय न्यौपाने र अम्बिका न्यौपानेलाई दोसल्ला तथा सम्मानपत्रले सम्मानित गरिएको छ ।
न्यौपाने परिवारकी छोरी दिक्षा न्यौपानेले ९०.३८ प्रतिशत, छोरा आदर्श न्यौपानेले जीपीए ४ अर्को छोरी अपेक्षा न्यौपानेले पनि ३.०९ जीपीए ल्याएर एसईई परीक्षा उत्तीर्ण गर्नुभएको थियो । तीनै जना छोराछोरी एभरेष्टबाट एसईई र माथिल्लो तहमासमेत उच्च अंक ल्याएर रोगजारीमासमेत लागिसकेको सम्मानित अम्बिका न्यौपानेले मन्तव्यका क्रममा बताउनु भयो ।

 

विद्यार्थी असल बन्नु र उच्च अंक ल्याउनुमा अभिभावकको समेत उत्तिकै महत्व रहेको हुँदा अभिभावकलाई सम्मान गरिदै आएको विद्यालयका निर्देशक समेत रहनुभएका प्रिन्सिपल रविन कन्दङ्वाले बताउनु भयो । प्रिन्सिपल रविन कन्दङ्वाले एभरेष्टले परीक्षामा उत्कृष्ट नजिता मात्र नल्याएर नगर, जिल्ला र प्रदेश स्तरीय खेलकुद, गीत संगीत, नृत्य, अभिनय, चित्रकला, हाजिरी जवाफ, हिज्जो प्रतियोगितासमेत जित्दै आएको विद्यार्थीको नाम समेत सार्वजनिक गर्नुभयो ।

 

 

शिक्षक अभिभावक संघका अध्यक्ष रुपनारायण भट्टराईको अध्यक्षतामा सम्पन्न कार्यक्रमका प्रमुख अतिथि पथरीशनिश्चरे नगर प्रमुख मोहनप्रसाद तुम्बापो, अतिथि शिक्षा विभाग प्रमुख नवीन खुलाल लगायतबाट शुभकाना मन्तव्य व्यक्त गर्नुभयो ।

 

सहप्रचार्य उमाकान्त न्यौपानेले विद्यार्थीहरु खेलेर, कला प्रस्तुत गरेर, देशको नेतृत्व गर्न समेत जन्मिएको हुनसक्ने भएकोले प्रतिभा चिनेर गाइड गर्नुपर्ने बताउनु भयो ।
वार्षिकोत्सवको अवसरमा जीवन बरालद्वारा निर्देशित र स्कुलमा अध्ययनरत विद्यालयहरुको अभिनयमा तयार पारिएको ‘झुटो बोल्यो कि पोल्यो’, बच्चा जन्माउने भाँडो, घोप्टे युग, इच्छा र चाहाना शीर्षकका लघु नाटक प्रस्तुत भए ।

 

विद्यार्थीहरुले नै उद्घोषण गरेको कार्यक्रममा कक्षा नर्सरीदेखि कक्षा १२ सम्मका विद्यार्थीहरुले एकल तथा सामुहिक गीत, नृत्य, वक्तृत्वकला प्रदर्शन गरेर उपस्थित दर्शकहरुलाई प्रभावित पार्दै मनोरञ्जन दिएका थिए । विभिन्न जातजातिको संस्कृतिलाई र्‍याम्पमा समेत उतारेका थिए ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

बाजुराका विभिन्न खेतमा पहेँलपुर भएर पाकेको धानबाली

बाजुराका ९ वटै स्थानीय तहमा यतिवेला धानवाली पाकेर पहेँलुपर अवस्थामा छ। यहाँका किसानलाई एकातिर दशैँ तिहारको रौनकता छ, भने अर्कोतिर पाकेको धानवाली भित्र्याउन चटारो छ

यमनमा क्षेप्यास्त्र प्रहार, पाँच जनाको मृत्यु

एजेन्सी। इरान समर्थित हुथी विद्रोहीले बिहीबार यमनको अदेन सहरस्थित राष्ट्रपति भवन ‘अल मासिक प्यालेस’लाई लक्षित गरी क्षेप्यास्त्र प्रहार गरेको छ । हुथीले पाँचवटा ब्यालिस्टिक क्षेप्यास्त्र

 आज झापामा सात अव्यवस्थित परिवारले पाए लालपुर्जा

झापा अर्जुनधारा,३० असोज । अर्जुनधारा नगरपालिका वडा नम्बर ११ का सात अव्यवस्थित बसोबासी परिवारलाई लालपुर्जा वितरण सम्पन्न भएको छ। जिल्ला भूमि समस्या समाधान समिति झापाको

नवरात्रको छैटौँ दिन,माता कात्यायनीको विशेष पूजाआराधना गरिदैँ

काठमाडौं, ३० असोज । बडा दसैँ अन्तर्गत नवरात्रको छैटौँ दिन दुर्गा पक्षका नवदुर्गा मध्ये छैटौँ स्वरूप माता कात्यायनीको विशेष पूजाआराधना गरिन्छ। माता कात्यायनीको धार्मिक, पौराणिक

कांग्रेस महाधिवेशन स् मतगणना सकियो, शपथग्रहण दशैँपछि

काठमाडौँ ,३० असोज। नेपाली कांग्रेसको १५ औँ महाधिवेशन अन्तर्गत भएको नयाँ नेतृत्व चयनको लागि भएको चुनावको सबै मतगणना शुक्रबार बिहान सकिएको छ । मधेस प्रदेश

काम र नतिजाकै आधारमा प्रहरीको मूल्याङ्कन हुनेछ : गृहमन्त्री

काठमाडौं, ३० असोज। गृहमन्त्री सुधन गुरुङले नेपाल प्रहरीलाई सक्षम, व्यावसायिक र आधुनिक बनाउन सात दशक पुरानो कानुन प्रतिस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने तयारी भइरहेको