एभरेष्ट स्कुलको ३९ औं वार्षिकोत्सवमा अभिभावक सम्मान, सांस्कृतिक कार्यक्रम

पथरी, माघ २०
मोरङको पथरीशनिश्चरे मा संस्थागत विद्यालयमध्येको सबैभन्दा पुरानो र गुणस्तरीय शिक्षामा अग्रणी एभरेष्ट स्कुलले उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीका अभिभावकलाई सम्मान तथा सांंस्कृतिक कार्यक्रमको आयोजनासहित ३९ औं वार्षिकोत्सव मनाएको छ ।

 

एभरेष्टबाट एसईई परीक्षामा जीपीए ४ ल्याउने विद्यार्थीका अभिभावक हिमालय न्यौपाने र अम्बिका न्यौपानेलाई दोसल्ला तथा सम्मानपत्रले सम्मानित गरिएको छ ।
न्यौपाने परिवारकी छोरी दिक्षा न्यौपानेले ९०.३८ प्रतिशत, छोरा आदर्श न्यौपानेले जीपीए ४ अर्को छोरी अपेक्षा न्यौपानेले पनि ३.०९ जीपीए ल्याएर एसईई परीक्षा उत्तीर्ण गर्नुभएको थियो । तीनै जना छोराछोरी एभरेष्टबाट एसईई र माथिल्लो तहमासमेत उच्च अंक ल्याएर रोगजारीमासमेत लागिसकेको सम्मानित अम्बिका न्यौपानेले मन्तव्यका क्रममा बताउनु भयो ।

 

विद्यार्थी असल बन्नु र उच्च अंक ल्याउनुमा अभिभावकको समेत उत्तिकै महत्व रहेको हुँदा अभिभावकलाई सम्मान गरिदै आएको विद्यालयका निर्देशक समेत रहनुभएका प्रिन्सिपल रविन कन्दङ्वाले बताउनु भयो । प्रिन्सिपल रविन कन्दङ्वाले एभरेष्टले परीक्षामा उत्कृष्ट नजिता मात्र नल्याएर नगर, जिल्ला र प्रदेश स्तरीय खेलकुद, गीत संगीत, नृत्य, अभिनय, चित्रकला, हाजिरी जवाफ, हिज्जो प्रतियोगितासमेत जित्दै आएको विद्यार्थीको नाम समेत सार्वजनिक गर्नुभयो ।

 

 

शिक्षक अभिभावक संघका अध्यक्ष रुपनारायण भट्टराईको अध्यक्षतामा सम्पन्न कार्यक्रमका प्रमुख अतिथि पथरीशनिश्चरे नगर प्रमुख मोहनप्रसाद तुम्बापो, अतिथि शिक्षा विभाग प्रमुख नवीन खुलाल लगायतबाट शुभकाना मन्तव्य व्यक्त गर्नुभयो ।

 

सहप्रचार्य उमाकान्त न्यौपानेले विद्यार्थीहरु खेलेर, कला प्रस्तुत गरेर, देशको नेतृत्व गर्न समेत जन्मिएको हुनसक्ने भएकोले प्रतिभा चिनेर गाइड गर्नुपर्ने बताउनु भयो ।
वार्षिकोत्सवको अवसरमा जीवन बरालद्वारा निर्देशित र स्कुलमा अध्ययनरत विद्यालयहरुको अभिनयमा तयार पारिएको ‘झुटो बोल्यो कि पोल्यो’, बच्चा जन्माउने भाँडो, घोप्टे युग, इच्छा र चाहाना शीर्षकका लघु नाटक प्रस्तुत भए ।

 

विद्यार्थीहरुले नै उद्घोषण गरेको कार्यक्रममा कक्षा नर्सरीदेखि कक्षा १२ सम्मका विद्यार्थीहरुले एकल तथा सामुहिक गीत, नृत्य, वक्तृत्वकला प्रदर्शन गरेर उपस्थित दर्शकहरुलाई प्रभावित पार्दै मनोरञ्जन दिएका थिए । विभिन्न जातजातिको संस्कृतिलाई र्‍याम्पमा समेत उतारेका थिए ।

 

Share: