केबलकार विवाद सम्बन्धी वार्ता निष्कर्षविहीन, आज पुनः वार्ता

दमक, माघ २२
पाथीभरा केवलकार निर्माणलाई लिएर उत्पन्न विवाद समाधानका लागि सोमबार बसेको वार्ता निष्कर्षविहीन बनेपनि आज मंगलवार पुनः बस्दैछ ।

 

सरकार र ‘नो केवलकार’ पक्षबीच छलफल घनीभूत रुपमा अझै बाँकी रहेकाले मंगलबारसमेत वार्ताको प्रक्रिया अघि बढाइएको सरकारी वार्ता टोलीका संयोजक एवं नेपाल सरकारका सहसचिव प्रेमप्रसाद भट्टराईले जनाउनु भयो । उहाँले वार्ता सकारात्मक रूपमा अघि बढिरहेको तर, केही विषयमा थप छलफल आवश्यक भएकाले मंगलबार बिहान ११ बजे पुनः वार्ताको काम अघि बढ्दै गरेको बताउनु भयो ।

 

 

आन्दोलनरत पक्षले जारी केवलकार निर्माण कार्य रोक्न र काफ्लेपाटीबाट सुरक्षाकर्मी फिर्ता गर्न प्रस्ताव गरेको तर सरकारी पक्षले जारी निर्माण कार्य रोक्न नसकिने स्पष्ट पारेको उल्लेख छ । बाँकी विषयमा भने थप छलफल हुँदैछ ।

 

 

प्रहरी नियन्त्रणमा रहेका ‘नो केवलकार’ पक्षधर कार्यकर्ताहरूको रिहाइका विषयमा सरकार सकारात्मक रहेको भट्टराईले बताउनु भयो ।
‘नो केवलकार’ पक्षले सोमबार अपराह्न प्राज्ञ अमर तुम्याहाङको नेतृत्वमा वार्ता सहजीकरण समिति गठन गरेको हो । नेपाल सरकारले भने माघ १८ गते सहसचिव भट्टराईको नेतृत्वमा वार्ता समिति गठन गरेको थियो ।

 

 

आन्दोलनरत पक्षका नवीन पोमूले केवलकार निर्माण कार्य रोकिने विषयमा सकारात्मक छलफल नभए आन्दोलनका कार्यक्रम जारी रहने चेतावनी दिएको उल्लेख छ ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

‘सिद्धान्तहीन सरकारले कसरी जनताको पक्षमा काम गर्छ ?’ : कमला पन्त

काठमाडौं , असोज ३०। नेपाली कांग्रेसकी राष्ट्रिय सभा संसदीय दलकी नेता कमला पन्तले वर्तमान सरकारमा सैद्धान्तिक विचलन देखिएको आरोप लगाउनुभएको छ । उहाले सरकारसँग स्पष्ट

भूमि तथा वन सम्बन्धी अध्यादेश संसदमै छलफल हुनुपर्छ : कांग्रेस

काठमाडौं,३० असोज। नेपाली कांग्रेसकी प्रमुख सचेतक बासना थापाले भूमि तथा वन सम्बन्धी अध्यादेश संसदमा छलफल गरेर मात्रै अघि बढाउनुपर्ने पार्टीको धारणा रहेको बताउनु भएको छ

धार्मिक विधिसहित खोकना जात्रा मनाइयो

ललितपुरको खोकनामा परम्परागत तथा ऐतिहासिक खोकना जात्रा विभिन्न धार्मिक तथा सांस्कृतिक विधि पूरा गर्दै मनाइएको छ । जात्रामा परम्परागत पूजा, धार्मिक अनुष्ठान तथा सांस्कृतिक गतिविधि

अनुशासनहीन बन्दै समाज : कारण र समाधान

काठमाडौँ,३० असोज । सामान्य अर्थमा भन्दा आफ्नो कर्मलाई धर्म र नैतिक नियम अनुरूप सञ्चालन गर्नु अर्थात कसैको दवाव र करकाप विना आफ्नो कर्तव्य र सामाजिक

कांग्रेसको नयाँ नेतृत्वमा आधा दर्जनभन्दा बढी चिकित्सक, फिरदोस आलम सहमहामन्त्रीमा विजयी

३० असोज, काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत सम्पन्न केन्द्रीय कार्यसमितिको निर्वाचनमा आधा दर्जनभन्दा बढी चिकित्सकहरू निर्वाचित हुनुभएको छ । मतगणनाको प्रारम्भिक नतिजाअनुसार चिकित्सा पेशामा

यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते

एजेन्सी , असोज ३०। इरान समर्थित हुथी विद्रोहीले बिहीबार यमनको अदेन सहरस्थित राष्ट्रपति भवन ‘अल मासिक प्यालेस’लाई लक्षित गरी क्षेप्यास्त्र प्रहार गरेको छ । हुथीले पाँचवटा