आप्रवासी नेपाली गीतकार संघको प्रथम वार्षिक सम्मेलन सम्पन्न

रेनोल्ड्सबर्ग (ओहायो), माघ २२
आप्रवासी नेपाली गीतकार संघ (इन्ला युएसए) को पहिलो वार्षिक सम्मेलन भव्य रूपमा सम्पन्न भएको छ ।

 

सम्मेलनमा नेपाली गीत–संगीत क्षेत्रमा अतुलनीय योगदान पुर्‍याउने स्रष्टाहरूलाई सम्मान गर्दै इन्ला ज्ञानेन्द्र गदाल गीत सम्मानको अनुमोदन गर्दै यस वर्षको सम्मान वरिष्ठ गीतकार एवं अभिनेता नीर शाहलाई प्रदान गरिएको छ ।

 

 

संघका अध्यक्ष हरि उप्रेतीले दोसल्ला ओढाई ४१ हजार १ र सम्मानपत्र प्रदान गर्दै, विशिष्ट अतिथि एवं संरक्षकहरूको उपस्थितिमा शाहलाई सम्मान गर्नुभयो । साथै, गङ्गाराम लामिटारे, प्रताप सुब्बा, भूषण खरेल, डा. दामोदर पौडेल र मुकेश सिंहलाई समेत संघले साहित्य र संगीतमा उच्च योगदानको कदर गर्दै सम्मान गरेको थियो ।

 

कार्यक्रमका विशेष आकर्षणमध्ये एक आजीवन सदस्यता सम्मान समारोह रह्यो, जसमा संघले विभिन्न प्रतिष्ठित सर्जकहरूलाई आजीवन सदस्यता प्रदान गर्दै सम्मान गर्यो । आजीवन सदस्यता पाउनेहरुमा पातलो अन्तरे, खडानन्द अधिकारी, तिलचन आचार्य, खेम रिजाल, गण्डकी पुत्र, चरण बजगाईं, आरबी खड्का, शेखर कोइराला, हेमकुमार क्षेत्री, केदार उप्रेती, नरेन न्यौपाने, गंगा अविलाशी, डा. चन्द्र गिरी र मनोज राई रहनु भएको छ ।

मनोरञ्जनात्मक प्रस्तुति र सांगीतिक माहोल
सम्मेलनको उद्घाटन नेहा फुयाल र रस्मिका खनालको स्वागत नृत्यद्वारा गरिएको थियो । त्यस्तै, अर्जुन रसाईली, मनोज ढकाल, सुचिता गुरुङ, चरन बजगाईं, हेमकुमार क्षेत्री, खडानन्द अधिकारी लगायतका कलाकारहरूले सांगीतिक प्रस्तुति दिए । एनसीडीसीका कलाकारहरूले समेत बेजोड नृत्य प्रदर्शन गर्दै कार्यक्रममा मनोरञ्जन प्रदान गरे ।

 

 

साधारणसभा गायक एवं संगीतकार मनोज राईको अध्यक्षतामा सम्पन्न भयो । सभाले वार्षिक गतिविधि, आर्थिक प्रतिवेदन, भविष्यका कार्ययोजना तथा इन्ला ज्ञानेन्द्र गदाल गीत सम्मानलाई अनुमोदन गरेको थियो ।

 

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

नागरिकको सुरक्षार्थ भन्दै झापामा एमालेले बनायो २ सय जनाको यूथ फोर्स

दमक, १२ कार्तिक । जेन जि आन्दोलन पछिको परिस्थिति असामान्य बन्दै गएको र नागरिकमा डर र त्रास बढिरहेको नेकपा एमालेका केन्द्रिय सदस्य गोभिन्द थापाले बताउनु

दमकमा दुर्घटनाका कारण एकजनाको मृत्यू २१ जना घाईते

दमक, १२ कार्तिक । दमक नगरपालिका–२ पाङ्गिनी चोक नजिकको भित्री सडक खण्डमा आज राती करिबे बस दुर्घटनामा एकजनाको मृत्यु भएको छ भने २१ जना घाइते

नौमती बाजामा फरक देउसी भैलो

‘अहिले देखिन छोडेको नौमती बाजा । त्यसमा देउसी खेल्नु औधी औधी राम्रो लाग्यो । यसैगरी अझै अघि बढ्नु पर्छ ।’

एसियन हाईवेमा जोखीम मोल्दै यात्रु, पाइलेपिच्छे दुर्घटनाको भय

दमक,११ कार्तिक । एसियन हाइवे , नाम नै गौरवको, तर यात्रुका लागि दुःखको पर्याय बनेको छ । लाखौँको सपना जोड्ने यो सडक अहिले आफैं यात्रुका

मौसम सफा नहुँदा विमानस्थलबाट हुने आन्तरिक र अन्तर्राष्ट्रिय तर्फका दुवै उडानमा केही ढिला

काठमाण्डौ,११ कार्तिक। मौसम सफा नहुँदा हवाई उडान पनि प्रभावित भएको छ । ‘भिजिबिलिटी’ कमजोर हुँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक र अन्तर्राष्ट्रियतर्फका दुवै उडान केही