आप्रवासी नेपाली गीतकार संघको प्रथम वार्षिक सम्मेलन सम्पन्न

रेनोल्ड्सबर्ग (ओहायो), माघ २२
आप्रवासी नेपाली गीतकार संघ (इन्ला युएसए) को पहिलो वार्षिक सम्मेलन भव्य रूपमा सम्पन्न भएको छ ।

 

सम्मेलनमा नेपाली गीत–संगीत क्षेत्रमा अतुलनीय योगदान पुर्‍याउने स्रष्टाहरूलाई सम्मान गर्दै इन्ला ज्ञानेन्द्र गदाल गीत सम्मानको अनुमोदन गर्दै यस वर्षको सम्मान वरिष्ठ गीतकार एवं अभिनेता नीर शाहलाई प्रदान गरिएको छ ।

 

 

संघका अध्यक्ष हरि उप्रेतीले दोसल्ला ओढाई ४१ हजार १ र सम्मानपत्र प्रदान गर्दै, विशिष्ट अतिथि एवं संरक्षकहरूको उपस्थितिमा शाहलाई सम्मान गर्नुभयो । साथै, गङ्गाराम लामिटारे, प्रताप सुब्बा, भूषण खरेल, डा. दामोदर पौडेल र मुकेश सिंहलाई समेत संघले साहित्य र संगीतमा उच्च योगदानको कदर गर्दै सम्मान गरेको थियो ।

 

कार्यक्रमका विशेष आकर्षणमध्ये एक आजीवन सदस्यता सम्मान समारोह रह्यो, जसमा संघले विभिन्न प्रतिष्ठित सर्जकहरूलाई आजीवन सदस्यता प्रदान गर्दै सम्मान गर्यो । आजीवन सदस्यता पाउनेहरुमा पातलो अन्तरे, खडानन्द अधिकारी, तिलचन आचार्य, खेम रिजाल, गण्डकी पुत्र, चरण बजगाईं, आरबी खड्का, शेखर कोइराला, हेमकुमार क्षेत्री, केदार उप्रेती, नरेन न्यौपाने, गंगा अविलाशी, डा. चन्द्र गिरी र मनोज राई रहनु भएको छ ।

मनोरञ्जनात्मक प्रस्तुति र सांगीतिक माहोल
सम्मेलनको उद्घाटन नेहा फुयाल र रस्मिका खनालको स्वागत नृत्यद्वारा गरिएको थियो । त्यस्तै, अर्जुन रसाईली, मनोज ढकाल, सुचिता गुरुङ, चरन बजगाईं, हेमकुमार क्षेत्री, खडानन्द अधिकारी लगायतका कलाकारहरूले सांगीतिक प्रस्तुति दिए । एनसीडीसीका कलाकारहरूले समेत बेजोड नृत्य प्रदर्शन गर्दै कार्यक्रममा मनोरञ्जन प्रदान गरे ।

 

 

साधारणसभा गायक एवं संगीतकार मनोज राईको अध्यक्षतामा सम्पन्न भयो । सभाले वार्षिक गतिविधि, आर्थिक प्रतिवेदन, भविष्यका कार्ययोजना तथा इन्ला ज्ञानेन्द्र गदाल गीत सम्मानलाई अनुमोदन गरेको थियो ।

 

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

निर्वाचन सुधारका ६ प्राथमिकता प्रस्तुत गर्दै : डा. राजीब सुब्बा

काठमाडौं,१२ साउन । संसदीय सुनुवाइ समिति (संयुक्त) ले निर्वाचन आयोगको निर्वाचन आयुक्त पदमा नियुक्तिका लागि प्रस्तावित डा. राजीब सुब्बाको संसदीय सुनुवाइ गरेको छ । सुनुवाइका

बामपन्थी घटक बीच एकता र लोकतान्त्रिक शक्तिहरु बीचमा सहकार्य आजको आवश्यकता

झापा,१२ साउन ।नेपालमा कम्युनिष्ट पार्टीको स्थापना वि.सं. २००६ सालमा पुष्पलाल श्रेष्ठको नेतृत्वमा गठन भएको थियो। स्थापना पछि पार्टीले राणा शासनको अन्त्य, लोकतन्त्रको स्थापना, सामाजिक न्याय

सुधन गुरुङ उपसभापति बन्दै, रास्वपाभित्रको नयाँ चर्चा

काठमान्डौं,१२ साउन । महाधिवेशनले १८ पदाधिकारीसहित १५८ सदस्यीय केन्द्रीय समिति बनाउने निर्णय गरे पनि हालसम्म सभापतिसहित ९९ जना मात्रै निर्वाचित भएका छन्। अब ५१ जना

एकै पटक अस्पतालका चिकित्सकहरूको राजीनामा

वीरगन्ज,१२ साउन । वीरगन्ज (पर्सा) वीरगन्जस्थित नारायणी अस्पतालमा बिरामीको मृत्युपछि भएको तोडफोड र चिकित्सकहरूमाथि भएको कुटपिटको विरोधमा अस्पतालका चिकित्सकहरूले सामूहिक राजीनामा दिएका छन्। सुरक्षाको ग्यारेन्टी

मोरङमा मेला, महोत्सव र विवाहमा डिजे बजाउन रोक

विराटनगर,१२ साउन ।जिल्ला प्रशासन कार्यालय मोरङले जिल्लाभर आयोजना हुने मेला, महोत्सव, विवाह, पार्टी, चाडपर्व, धार्मिक कार्यक्रम तथा पुराण लगायतका कुनै पनि कार्यक्रमहरूमा डिजे बजाउन पूर्ण

सरकार र डा. केसी बीच ७ बुँदे सहमति, ५ औँ दिनमा तोडियो अनसन

धनगढी,१२ साउन । स्वास्थ्य क्षेत्रका विभिन्न माग राखेर अनसन बस्नु भएको ड. गोविन्द केसी र सरकारबीच ७ बुँदे सहमति भएको छ । सहमतिसँगै बिहीबारदेखि धनगढीमा