तीन दिवसीय छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरू

पथरी, माघ २३
‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मूल नाराका साथ पथरी शनिश्चरे नगरपालिका अन्तर माध्यमिक विद्यालय स्तरीय छैटौं राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता–२०८१ को बुधबार उद्घाटन भएको छ ।

 

वडा नम्बर. १ को सुनाखरी माध्यमिक विद्यालयको खेल मैदानमा नगर प्रमुख मोहनप्रसाद तुम्वापोले छैटौं राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता–२०८१ को उद्घाटन गर्नुभएको हो । प्रमुख तुम्वापोले भलिबल रेफ्रीलाई दिएर र छेलो हानी खेलको उद्घाटन पनि गर्नुभयो । मन्तव्यका क्रममा भन्नुभयो–‘छैटौं राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता विद्यार्थीहरुको एउटा सुवर्ण अवसर हो यस कार्यक्रमलाई सबै मिलेर सफल बनाउन आग्रह गर्दछु ।’

 

नगरपालिकाको आयोजनामा भएको सो कार्यक्रममा वडा अध्यक्षहरु भीम राई, नवीन कार्की, उद्धवराज बस्नेत, कार्यपालिका सदस्य वीरध्वज शिवा, नगरपालिकाका निवर्तमान नगर प्रमुख दिलीप कुमार राई (किशोर), नगरपालिकाका शिक्षा शाखा प्रमुख नविन खुलाल, स्वास्थ्य शाखा प्रमुख मुरारी आचार्य, पञ्चायत माविका वि.व्य.स. अध्यक्ष युवराज बास्कोटा, सुनाखरी माविका वि.व्य.स.अध्यक्ष प्रदिपकुमार राई, विद्यालयका प्रधानाध्यापकहरु र विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको आतिथ्यता रहेको थियो । सो प्रतियोगिता माघ २५ गतेसम्म सञ्चालन हुनेछ ।

 

बुधबार सम्पन्न भएका हाईजम्प तर्फ बुद्ध माविका छात्र मौसम विक प्रथम र भागिरथ माविका छात्र जितबहादुर प्रधान दोस्रो स्थान हासिल गर्न सफल बन्नु भएको छ भने छात्रा तर्फ प्रथम पञ्चायत माविकी सरु तामाङ र दोस्रो बुद्ध माविकी विपना आचार्यले सो स्थान हाँसिल गर्नुभयो ।

 

ज्याप्लिङ थ्रो प्रतियोगितामा माविकी छात्रा विपना आचार्य प्रथम, छेलोतर्फ बुद्ध माविको छात्र हेमराज तामाङ र जनता माविका छात्र सायल राई पुरस्कृत बन्नुभयो भने छात्रातर्फ सिंहवाहिनी माविकी छात्रा अञ्जु चौहान र अमरसिंह माविकी सुशीला दर्नाल प्रथम र द्वितीय बन्नु भयो । छात्रातर्फ नकआउट पहिलो चरणको खेल भएको थियो ।

 

विजेता छात्र छात्राहरूलाई पञ्चायत माविका प्रधानाध्यापक अर्जुनकुमार बुढाथोकी, बुद्ध माविका प्रधानाध्यापक बोधराज सिग्देल, सिंहवाहिनी प्रधानाध्यापक उमेश खड्का लगायतले मेडल, ट्रफी र प्रमाणपत्र प्रदान गरी पुरस्कृत गर्नुभएको पथरी शनिश्चरे राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिताका सचिवालय सहसंयोजक बलराम तिम्सिनाले जनाउनुभयो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

बाजुराका विभिन्न खेतमा पहेँलपुर भएर पाकेको धानबाली

बाजुराका ९ वटै स्थानीय तहमा यतिवेला धानवाली पाकेर पहेँलुपर अवस्थामा छ। यहाँका किसानलाई एकातिर दशैँ तिहारको रौनकता छ, भने अर्कोतिर पाकेको धानवाली भित्र्याउन चटारो छ

यमनमा क्षेप्यास्त्र प्रहार, पाँच जनाको मृत्यु

एजेन्सी। इरान समर्थित हुथी विद्रोहीले बिहीबार यमनको अदेन सहरस्थित राष्ट्रपति भवन ‘अल मासिक प्यालेस’लाई लक्षित गरी क्षेप्यास्त्र प्रहार गरेको छ । हुथीले पाँचवटा ब्यालिस्टिक क्षेप्यास्त्र

 आज झापामा सात अव्यवस्थित परिवारले पाए लालपुर्जा

झापा अर्जुनधारा,३० असोज । अर्जुनधारा नगरपालिका वडा नम्बर ११ का सात अव्यवस्थित बसोबासी परिवारलाई लालपुर्जा वितरण सम्पन्न भएको छ। जिल्ला भूमि समस्या समाधान समिति झापाको

नवरात्रको छैटौँ दिन,माता कात्यायनीको विशेष पूजाआराधना गरिदैँ

काठमाडौं, ३० असोज । बडा दसैँ अन्तर्गत नवरात्रको छैटौँ दिन दुर्गा पक्षका नवदुर्गा मध्ये छैटौँ स्वरूप माता कात्यायनीको विशेष पूजाआराधना गरिन्छ। माता कात्यायनीको धार्मिक, पौराणिक

कांग्रेस महाधिवेशन स् मतगणना सकियो, शपथग्रहण दशैँपछि

काठमाडौँ ,३० असोज। नेपाली कांग्रेसको १५ औँ महाधिवेशन अन्तर्गत भएको नयाँ नेतृत्व चयनको लागि भएको चुनावको सबै मतगणना शुक्रबार बिहान सकिएको छ । मधेस प्रदेश

काम र नतिजाकै आधारमा प्रहरीको मूल्याङ्कन हुनेछ : गृहमन्त्री

काठमाडौं, ३० असोज। गृहमन्त्री सुधन गुरुङले नेपाल प्रहरीलाई सक्षम, व्यावसायिक र आधुनिक बनाउन सात दशक पुरानो कानुन प्रतिस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने तयारी भइरहेको