एकैसाथ दमक १ मा कम्प्युटर डिप्लोमा र ड्राइभिङ तालिम सुरु

दमकं, माघ २४
युवाहरुलाई सीपसँग जोडेर रोगजार बनाउने योजना अनुरुप झापाको दमक नगरपालिका १ नम्बर वडा कार्यालयले ३ महिने कम्प्युटर डिप्लोमा र ३० दिने ड्राइभिङ तालिम निःशुल्क रुपमा सञ्चालनमा ल्याएको छ ।

 

बिहीबार एक कार्यक्रमकाबीच वडा कार्यालयमा वडाध्यक्ष हरिप्रसाद न्यौपानलेको अगुवाईमा दुबै तालिमको फरक फरक रुपमा उद्घाटन गरिएको छ ।
कम्प्युटर तालिम उद्घाटन कार्यक्रममा बोल्दै वडाध्यक्ष न्यौपानले प्रविधिसँग जोडिएर युवाहरुलाई व्यवसायिक बनाउने योजनामा वडाले लगानी गरेको जनाउँदै तालिमलाई हेलचेक्राईका रुपमा नलिन सहभागिलाई अनुरोध गर्नुभयो ।

 

ड्राइभिङ तर्फको तालिमका सन्दर्भमा बोल्दै वडा सदस्य प्रकाश बुढाथोकीले २ लाख ५० हजार रुपैयाँ लगानी गरेर राखिएको तालिमले व्यवसायिक बन्ने काममा सघाउ पुर्याउने उल्लेख गर्दै सहभागिलाई उत्साहित भएर सिक्न अनुरोध गर्नुभयो ।

 

कम्प्युटर तालिमका सहजकर्ता एवम् नोबेल कम्प्युटर इस्टिच्युट एण्ड ट्रेनिङ सेन्टर दमक ६ का फडिन्द्र शर्माले हालको प्रविधिको युगमा कम्प्युटर तालिमको महत्वका बारेमा उल्लेख गर्नुभयो ।

 

ड्राइभिङ तालिमका सहजकर्ता दमक ड्राइभिङ ट्रेनिङ सेन्टरका धनबहादुर लिम्बूले पहिले यसखाले तालिम लिन सहज नभएको अवस्थामा हाल निःशुल्क तालिम लिन पाउनु ठूलो अवसर भएको बताउनु भयो ।

 

१ लाख रुपैयाँ बजेट रहेको कम्प्युटर तालिममा वडाका १७ जना तथा ड्राइभिङमा २८ जना सहभागि छन् ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

‘सिद्धान्तहीन सरकारले कसरी जनताको पक्षमा काम गर्छ ?’ : कमला पन्त

काठमाडौं , असोज ३०। नेपाली कांग्रेसकी राष्ट्रिय सभा संसदीय दलकी नेता कमला पन्तले वर्तमान सरकारमा सैद्धान्तिक विचलन देखिएको आरोप लगाउनुभएको छ । उहाले सरकारसँग स्पष्ट

भूमि तथा वन सम्बन्धी अध्यादेश संसदमै छलफल हुनुपर्छ : कांग्रेस

काठमाडौं,३० असोज। नेपाली कांग्रेसकी प्रमुख सचेतक बासना थापाले भूमि तथा वन सम्बन्धी अध्यादेश संसदमा छलफल गरेर मात्रै अघि बढाउनुपर्ने पार्टीको धारणा रहेको बताउनु भएको छ

धार्मिक विधिसहित खोकना जात्रा मनाइयो

ललितपुरको खोकनामा परम्परागत तथा ऐतिहासिक खोकना जात्रा विभिन्न धार्मिक तथा सांस्कृतिक विधि पूरा गर्दै मनाइएको छ । जात्रामा परम्परागत पूजा, धार्मिक अनुष्ठान तथा सांस्कृतिक गतिविधि

अनुशासनहीन बन्दै समाज : कारण र समाधान

काठमाडौँ,३० असोज । सामान्य अर्थमा भन्दा आफ्नो कर्मलाई धर्म र नैतिक नियम अनुरूप सञ्चालन गर्नु अर्थात कसैको दवाव र करकाप विना आफ्नो कर्तव्य र सामाजिक

कांग्रेसको नयाँ नेतृत्वमा आधा दर्जनभन्दा बढी चिकित्सक, फिरदोस आलम सहमहामन्त्रीमा विजयी

३० असोज, काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत सम्पन्न केन्द्रीय कार्यसमितिको निर्वाचनमा आधा दर्जनभन्दा बढी चिकित्सकहरू निर्वाचित हुनुभएको छ । मतगणनाको प्रारम्भिक नतिजाअनुसार चिकित्सा पेशामा

यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते

एजेन्सी , असोज ३०। इरान समर्थित हुथी विद्रोहीले बिहीबार यमनको अदेन सहरस्थित राष्ट्रपति भवन ‘अल मासिक प्यालेस’लाई लक्षित गरी क्षेप्यास्त्र प्रहार गरेको छ । हुथीले पाँचवटा