एकैसाथ दमक १ मा कम्प्युटर डिप्लोमा र ड्राइभिङ तालिम सुरु

दमकं, माघ २४
युवाहरुलाई सीपसँग जोडेर रोगजार बनाउने योजना अनुरुप झापाको दमक नगरपालिका १ नम्बर वडा कार्यालयले ३ महिने कम्प्युटर डिप्लोमा र ३० दिने ड्राइभिङ तालिम निःशुल्क रुपमा सञ्चालनमा ल्याएको छ ।

 

बिहीबार एक कार्यक्रमकाबीच वडा कार्यालयमा वडाध्यक्ष हरिप्रसाद न्यौपानलेको अगुवाईमा दुबै तालिमको फरक फरक रुपमा उद्घाटन गरिएको छ ।
कम्प्युटर तालिम उद्घाटन कार्यक्रममा बोल्दै वडाध्यक्ष न्यौपानले प्रविधिसँग जोडिएर युवाहरुलाई व्यवसायिक बनाउने योजनामा वडाले लगानी गरेको जनाउँदै तालिमलाई हेलचेक्राईका रुपमा नलिन सहभागिलाई अनुरोध गर्नुभयो ।

 

ड्राइभिङ तर्फको तालिमका सन्दर्भमा बोल्दै वडा सदस्य प्रकाश बुढाथोकीले २ लाख ५० हजार रुपैयाँ लगानी गरेर राखिएको तालिमले व्यवसायिक बन्ने काममा सघाउ पुर्याउने उल्लेख गर्दै सहभागिलाई उत्साहित भएर सिक्न अनुरोध गर्नुभयो ।

 

कम्प्युटर तालिमका सहजकर्ता एवम् नोबेल कम्प्युटर इस्टिच्युट एण्ड ट्रेनिङ सेन्टर दमक ६ का फडिन्द्र शर्माले हालको प्रविधिको युगमा कम्प्युटर तालिमको महत्वका बारेमा उल्लेख गर्नुभयो ।

 

ड्राइभिङ तालिमका सहजकर्ता दमक ड्राइभिङ ट्रेनिङ सेन्टरका धनबहादुर लिम्बूले पहिले यसखाले तालिम लिन सहज नभएको अवस्थामा हाल निःशुल्क तालिम लिन पाउनु ठूलो अवसर भएको बताउनु भयो ।

 

१ लाख रुपैयाँ बजेट रहेको कम्प्युटर तालिममा वडाका १७ जना तथा ड्राइभिङमा २८ जना सहभागि छन् ।

Share: