आमा छोरी मृत फेला, यसको रहस्य खुल्नै बाँकी

दमक, माघ २५
कैलालीको गोदावरीको एक घरमा रहस्यम घटनाका रुपमा आमा–छोरी मृत अवस्थामा भेटिएका छन् ।

 

गोदावरी नगरपालिका वडानम्बर ११ गोठानमा अन्दाजी २३,२४ वर्षीया मिरा कामी र २ वर्षीया छोरी प्रिन्सी बिहीबार राति मृत फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी कवीन्द्रसिंह बोहोराले जनाउनु भयो ।

 

चारकोठे टिनको छानो भएको घरमा उनीहरू भेटिएको जनाउँदै घटनाको अनुसन्धान अघि बढाइएको डीएसपी बोहराको भनाई छ ।

Share: