दमक, माघ २७
जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले मेचीनगर नगरपालिका ६ भन्सार गेट हुदैं भारतबाट नेपाल तर्फ अबैध रुपमा लुकाई छिपाई ल्याउदैं गरेका कपडाहरु बरामद गरेको छ ।
जसमा लुङ्गी ५१ पिस, जर्सी २९ पिस, भेष्ट १२ पिस तथा बिभिन्न किसिमको किराना सामान नियन्त्रणमा लिइएको छ ।
जसको मूल्य करिब १ लाख ५० हजार ३८० रुपैयाँ रहेको झापा प्रहरीले जनाएको छ । ती सामान मेची भन्सार कार्यालय काँकडभिट्टा बुझाइँदैछ ।