छैटौँ राष्ट्रपति रनिङ सिल्ड प्रतियोगितामा बुद्ध मावि च्याम्पियन

पथरी, माघ २७
पथरी शनिश्चरे नगरपालिका अन्तर माध्यमिक विद्यालयस्तरीय छैटौं राष्ट्रपति रनिङसिल्ड प्रतियोगिता २०८१ भएको छ । जसमा ८ नम्बर को बुद्ध मावि पुनः च्याम्पियन बनेको छ ।

 

‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मूल नाराका साथ वडा नम्बर १ को सुनाखरी माध्यमिक विद्यालयमा तीन दिवसीय प्रतियोगिता आयोजना भएको थियो ।

पथरीशनिश्चरे नगर प्रमुख मोहनप्रसाद तुम्वापोले एक कार्यक्रमका बीच नगरभित्रका विभिन्न विद्यालयहरुबाट विभिन्न विधाहरूमा विजयी छात्र छात्राहरूलाई पुरस्कृत गर्नुभयो ।

गत वर्ष नगरस्तरीय राष्ट्रपति रनिङ सिल्ड उचालेको बुद्ध माविले यस पटक पनि ८ स्वर्ण तथा ७ रजत सहित प्रथम स्थान हासिल गरेको हो । यसैगरी, सिंहबाहिनी माविले ५ स्वर्ण र ५ रजत सहित पुनः दोस्रो स्थान हासिल गर्न सफल भयो भने पञ्चायत माध्यमिक विद्यालयले ५ स्वर्ण र ३ रजतसहित तेस्रो स्थान हासिल गरेको छ ।

 

पथरी शनिश्चरे नगरपालिकाको आयोजनामा सञ्चालन भएको प्रतियोगिताको समापन समारोहका अवसरमा नगरपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखा अधिकृत नवीन खुलाल बुढाथोकी, विद्यालय व्यवस्थापन समिति पथरी शनिश्चरेका अध्यक्ष युवराज बास्कोटा, पञ्चायत माध्यमिक विद्यालयका प्रधानाध्यापक अर्जुनकुमार बुढाथोकी, ८ नम्बरका अध्यक्ष नवीनजंग कार्की, सुनाखरी माध्यमिक विद्यालयका व्यवस्थापन समिति अध्यक्ष प्रदीपकुमार राई, प्रधानाध्यापक भूमिकादेवी मगरसहितको आतिथ्यता रहेको थियो ।

 

 

यस प्रतियोगिताको छात्र तर्फको भलिबलको उपाधि (स्वर्ण) पञ्चायत माविले उचालेको छ भने रेडस्टार माविले दोस्रो (रजत) स्थान हासिल गरेको थियो । यसैगरी, एभरेष्ट अङ्ग्रेजी बोडिङ्ग स्कुलले छात्रा तर्फको भलिबल प्रतियोगिताको स्वर्ण अवार्ड जितेको छ भने भागिरथ माविले रजतमा चित्त बुझाएको छ ।
भलिबल, फुटबल, दौड, एथलेटिक्स, ज्याब्लिन थ्रो, आदि खेल इभेन्ट्सहरू खेलाइएको थियो । प्रतियोगिता माघ २३ गतेदेखि सञ्चालन भएको थियो ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

बाजुराका विभिन्न खेतमा पहेँलपुर भएर पाकेको धानबाली

बाजुराका ९ वटै स्थानीय तहमा यतिवेला धानवाली पाकेर पहेँलुपर अवस्थामा छ। यहाँका किसानलाई एकातिर दशैँ तिहारको रौनकता छ, भने अर्कोतिर पाकेको धानवाली भित्र्याउन चटारो छ

यमनमा क्षेप्यास्त्र प्रहार, पाँच जनाको मृत्यु

एजेन्सी। इरान समर्थित हुथी विद्रोहीले बिहीबार यमनको अदेन सहरस्थित राष्ट्रपति भवन ‘अल मासिक प्यालेस’लाई लक्षित गरी क्षेप्यास्त्र प्रहार गरेको छ । हुथीले पाँचवटा ब्यालिस्टिक क्षेप्यास्त्र

 आज झापामा सात अव्यवस्थित परिवारले पाए लालपुर्जा

झापा अर्जुनधारा,३० असोज । अर्जुनधारा नगरपालिका वडा नम्बर ११ का सात अव्यवस्थित बसोबासी परिवारलाई लालपुर्जा वितरण सम्पन्न भएको छ। जिल्ला भूमि समस्या समाधान समिति झापाको

नवरात्रको छैटौँ दिन,माता कात्यायनीको विशेष पूजाआराधना गरिदैँ

काठमाडौं, ३० असोज । बडा दसैँ अन्तर्गत नवरात्रको छैटौँ दिन दुर्गा पक्षका नवदुर्गा मध्ये छैटौँ स्वरूप माता कात्यायनीको विशेष पूजाआराधना गरिन्छ। माता कात्यायनीको धार्मिक, पौराणिक

कांग्रेस महाधिवेशन स् मतगणना सकियो, शपथग्रहण दशैँपछि

काठमाडौँ ,३० असोज। नेपाली कांग्रेसको १५ औँ महाधिवेशन अन्तर्गत भएको नयाँ नेतृत्व चयनको लागि भएको चुनावको सबै मतगणना शुक्रबार बिहान सकिएको छ । मधेस प्रदेश

काम र नतिजाकै आधारमा प्रहरीको मूल्याङ्कन हुनेछ : गृहमन्त्री

काठमाडौं, ३० असोज। गृहमन्त्री सुधन गुरुङले नेपाल प्रहरीलाई सक्षम, व्यावसायिक र आधुनिक बनाउन सात दशक पुरानो कानुन प्रतिस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने तयारी भइरहेको