सामाजिक सञ्जाल विधेयकको भ्रम फैलाइयो : महासचिव पोखरेल

काठमाडौं, माघ २७
सत्तारुढ दल नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले साइबर अपराध रोक्न ल्याइएको सामाजिक सञ्जाल सञ्चालन, प्रयोग तथा नियमन गर्न बनेको विधेयकबारे भ्रम फिँजाउने काम भइरहेको सामाजिक सञ्जालमार्फत नै बताउनु भएको छ ।

 

 

आज उहाँँले सामाजिक सञ्जाल अन्तर्गत आफ्‌न्‌ो फेसबुकमार्फत सामाजिक सञ्जालको नियमन तथा दुरुपयोग र साइबर अपराध रोक्न विधेयक ल्याइएको स्पष्ट पार्नुभयो । उहाँले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता रोक्न खोजियो भन्दै भ्रम छर्ने काम भएको भन्दै असन्तुष्टि व्यक्त गर्नुभयो । उहाँले सामाजिक सञ्जालबाट आपराधिक घटना बढेको, चरित्र हत्या भएको लगायतका विषयमा नियमन आवश्यक रहेको उल्लेख गर्दै सरकारले अभिव्यक्ति स्वतन्त्रतामा अङ्कुश लगाउने कुनै काम नगर्ने स्पष्ट पार्नुभयो ।

 

 

विगतमा आफैँले विधेयक मस्यौदा गर्न लगाएका र त्यसका बारेमा आफ्नो मत बाहिर ल्याएका दलहरूले नै यसको विरोध गर्नु अनैतिक कार्य भएको भन्दै महासचिव पोखरेलले यस्ता कुराप्रति नागरिकहरू सचेत हुनुपर्ने धारणा राख्नु भयो ।

 

महासचिव पोखरेलले विधेयकमा केही अस्पष्टता र सुधार गर्नु पर्ने देखिए संसद्ले सुधार गर्न सक्ने जनाउँदै विरोधै गर्नुको कुनै अर्थ नरहेको जनाउनु भयो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

दमकमा योग शिक्षकलाई सम्मान

दमक, २६ असार | दमक–८ स्थित अर्गानिक योग साधना केन्द्रले गुरु पूर्णिमाको अवसरमा एक विशेष समारोहको आयोजना गरी पतञ्जली योग समितिमार्फत सञ्चालन गरिएको सह–योग शिक्षक

दमकमा स्यालो ट्युबेल जडानका कारण पानी नपरेपनि रोपाई गर्न सहज

दमक,२६ असार । झापा जिल्लामा असार महिनाको अन्तिम साता नजिकिँदासमेत पर्याप्त वर्षा नहुँदा बर्खे धान रोपाइँ प्रभावित भएको छ। अधिकांश किसान अझै आकाशे पानीको प्रतीक्षामा

हराएको स्कार्पियो फेला पर्‍यो

दमक, २६ असार । धरानबाट हराएको स्कोरपियो फेला परेको छ ।   आज बिहान धरान १८ स्थित धनकुटे रोडमा पार्किङ गरी राखिएको को २ च

बाह्रदशीमा भएको दुर्घटनामा मृत्यु हुनेको संख्या ३ पुग्यो

दमक,२६ असार । झापाको बाह्रदशी गाउँपालिका–१ मा भारतीय नम्बर प्लेटको मोटरसाइकल र स्कुटर ठोक्किएर भएको दुर्घटनामा मृत्यु हुनेको संख्या ३ पुगेको प्रहरीले जनाएको छ ।