पथरी शनिश्चरे नगरको सार्वजनिक सुनुवाई : बढी विकास निर्माणका सवाल

पथरी, माघ २८
उत्तरपूर्वी मोरङको विकासको गतिमा प्रगति हाँसिल गर्दै गरेको पथरी शनिश्चरे नगरपालिकाको सेवा प्रवाह तथा योजनासहितका विषयमा सार्वजानिक सुुनुवाई कार्यक्रम सम्पन्न भएको छ ।

 

नगरपालिकाको आयोजनामा वडा नम्बर ५ र ६ को पायक पर्ने स्थान हसन्दह बजारमा आयोजना गरिएको सार्वजानिक सुनुवाई कार्यक्रममा विशेषतः नगरको विकास निर्माण, स्वास्थ्य, शिक्षा र कृषिसँग सम्वन्धित सवालहरु उठेका थिए ।

 

नगर प्रमुख मोहनप्रसाद तुम्वापोको अध्यक्षतामा भएको सो कार्यक्रममा नगरवासीको उल्लेख्य मात्रामा उपस्थिति रहेको थियो । इङ्घम मिडिया प्रा.लि.को सहकार्यमा भएको सो कार्यक्रममा उठेका सवालहरुमा नगर प्रमुख मोहनप्रसाद तुम्वापो, प्रमुख प्रशासकीय अधिकृत शशि राई र स्वास्थ्य शाखा प्रमुख मुरारी आचार्यले जवाफ दिनुभएको थियो । प्रमुख प्रशासकीय अधिकृत राईले सुझावका रुपमा आएका शव वाहनमा स्टेचर, हसन्दह बजारमा लाइट, डस्बिन, विपन्नको फुसको छानो हटाउने अभियान तुरुन्त गरिने प्रतिवद्धता जाहेर गर्नुभयो ।

 

यसैगरी नगर प्रमुख तुम्वापोले नगरपालिकामा सम्पन्न भएका र हुन बाँकी विकास योजनाहरुलाई ताकेता गरिरहेको बताउनुहुँदै अधुरा कामहरु छिट्टै पूरा गर्ने उल्लेख गरेर समग्र नगरका विषयमा आफू गम्भिर भएर लागिपरेको सुनाउनुभयो ।

 

कार्यक्रम नगर उप–प्रमुख देवीमाया काफ्ले, वडा नम्बर १ का अध्यक्ष भीम राई, २ का अध्यक्ष नैना राई, ४ का अध्यक्ष लोकनाथ न्यौपाने, ५ का अध्यक्ष चेतेन्द्र खड्का, ३ का कार्यवाहक अध्यक्ष चन्द्रप्रकाश चेम्जोङ, ६ का कार्यवाहक अध्यक्ष विष्णुकुमार लिम्बूसहितका जनप्रतिनिधि, नगरपालिकाका शाखा प्रमुखहरु, राजनीतिक दलका प्रतिनिधिहरु, शिक्षक बिुद्धिजिवीहरु र पत्रकारहरुको उपस्थिति रहेको थियो ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

बाजुराका विभिन्न खेतमा पहेँलपुर भएर पाकेको धानबाली

बाजुराका ९ वटै स्थानीय तहमा यतिवेला धानवाली पाकेर पहेँलुपर अवस्थामा छ। यहाँका किसानलाई एकातिर दशैँ तिहारको रौनकता छ, भने अर्कोतिर पाकेको धानवाली भित्र्याउन चटारो छ

यमनमा क्षेप्यास्त्र प्रहार, पाँच जनाको मृत्यु

एजेन्सी। इरान समर्थित हुथी विद्रोहीले बिहीबार यमनको अदेन सहरस्थित राष्ट्रपति भवन ‘अल मासिक प्यालेस’लाई लक्षित गरी क्षेप्यास्त्र प्रहार गरेको छ । हुथीले पाँचवटा ब्यालिस्टिक क्षेप्यास्त्र

 आज झापामा सात अव्यवस्थित परिवारले पाए लालपुर्जा

झापा अर्जुनधारा,३० असोज । अर्जुनधारा नगरपालिका वडा नम्बर ११ का सात अव्यवस्थित बसोबासी परिवारलाई लालपुर्जा वितरण सम्पन्न भएको छ। जिल्ला भूमि समस्या समाधान समिति झापाको

नवरात्रको छैटौँ दिन,माता कात्यायनीको विशेष पूजाआराधना गरिदैँ

काठमाडौं, ३० असोज । बडा दसैँ अन्तर्गत नवरात्रको छैटौँ दिन दुर्गा पक्षका नवदुर्गा मध्ये छैटौँ स्वरूप माता कात्यायनीको विशेष पूजाआराधना गरिन्छ। माता कात्यायनीको धार्मिक, पौराणिक

कांग्रेस महाधिवेशन स् मतगणना सकियो, शपथग्रहण दशैँपछि

काठमाडौँ ,३० असोज। नेपाली कांग्रेसको १५ औँ महाधिवेशन अन्तर्गत भएको नयाँ नेतृत्व चयनको लागि भएको चुनावको सबै मतगणना शुक्रबार बिहान सकिएको छ । मधेस प्रदेश

काम र नतिजाकै आधारमा प्रहरीको मूल्याङ्कन हुनेछ : गृहमन्त्री

काठमाडौं, ३० असोज। गृहमन्त्री सुधन गुरुङले नेपाल प्रहरीलाई सक्षम, व्यावसायिक र आधुनिक बनाउन सात दशक पुरानो कानुन प्रतिस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने तयारी भइरहेको