‘मनदेखि मनसम्म’ कार्यक्रममा साहित्य, संगीत र प्रेमको महोत्सव

ह्यारिसबर्ग, माघ २८
विश्व भूटानी साहित्यिक संगठन (जीवीएलओ) को आयोजनामा अमेरिकाको ह्यारिसबर्गस्थित मम्स् ममको मझेरीमा आयोजित ‘मनदेखि मनसम्म’ कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ ।

 

प्रणय दिवसको अवसर पारेर गरिएको यस कार्यक्रममा ह्यारिसबर्ग वरपरका प्रतिष्ठित साहित्यकार, कवि, तथा सामाजिक अभियन्ताहरूको उपस्थितिले कार्यक्रमलाई अझ विशेष बनाएको महासचिव पातलो अन्तरेले जानकारी दिनुभयो ।

 

 

कवि तथा गीतकार शेखर कोइरालाले कार्यक्रमको उद्घाटन गरेपछि विभिन्न श्रष्टाहरूले प्रेम र समर्पणलाई उजागर गर्ने आफ्ना सिर्जनाहरू प्रस्तुत गरेका थिए । १५ जना कवि तथा स्रष्टाहरूले प्रेमका विविध आयाम समेट्ने आफ्ना उत्कृष्ट रचनाहरू वाचन गरेर उपस्थित दर्शकलाई मन्त्रमुग्ध बनाए ।

 

 

कार्यक्रममा सहभागिता जनाएर आफ्‌ना प्रस्तुति दिने साहित्यिकारहरु अनील नेम्वाङ, डी.पी. दुलाल, त्रिबिक्रम न्यौपाने, देवी दाहाल ‘डगाने’, शेखर कोइराला, डी.बी. सारु मगर, डा. नरद पोखरेल, जितु गुरुङ, बालकृष्ण अधिकारी, गोविन्द अधिकारी, गण्डकी पुत्र, मदन दुलाल, पातलो अन्तरे, भरत तिम्सिनासहित रहनु भएको थियो ।

 

 

कार्यक्रमको अन्त्यतिर गायक तथा संगीतकार मनोज राईले प्रेमिल गीत प्रस्तुत गरेर माहोललाई झनै रोमान्टिक बनाइदिनु भयो । उहाँको गीतले उपस्थित सबैलाई भावुक बनायो ।

 

कार्यक्रमलाई सफल बनाउन गीतकार अगम गुरूङले स्थल उपलब्ध गराएर महत्वपूर्ण भूमिका निर्वाह गर्नु भएको थियो । उहाँले शुभकामना व्यक्त गर्दै भन्नुभयो, ‘यस्ता कार्यक्रम गर्न मेरो यो प्राङ्गण सँधै खाली छ ।’ उहाँको यो अभिव्यक्तिले आयोजकहरूलाई अझ उत्साहित बनायो ।

 

 

जीवीएलओका प्रतिनिधिहरूले कार्यक्रमको सफलताप्रति खुशी व्यक्त गर्दै आगामी दिनहरूमा यस्ता साहित्यिक तथा सांगीतिक कार्यक्रमहरूलाई निरन्तरता दिने प्रतिबद्धता जनाए । साहित्य, संगीत र प्रेमको यो संगम ह्यारिसबर्गका नेपाली समुदायकालागि अविस्मरणीय र यादगार बनेकोमा संस्थाका महासचिव अन्तरेले खुसी ब्यक्त गर्नुभयो ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

नागरिकको सुरक्षार्थ भन्दै झापामा एमालेले बनायो २ सय जनाको यूथ फोर्स

दमक, १२ कार्तिक । जेन जि आन्दोलन पछिको परिस्थिति असामान्य बन्दै गएको र नागरिकमा डर र त्रास बढिरहेको नेकपा एमालेका केन्द्रिय सदस्य गोभिन्द थापाले बताउनु

दमकमा दुर्घटनाका कारण एकजनाको मृत्यू २१ जना घाईते

दमक, १२ कार्तिक । दमक नगरपालिका–२ पाङ्गिनी चोक नजिकको भित्री सडक खण्डमा आज राती करिबे बस दुर्घटनामा एकजनाको मृत्यु भएको छ भने २१ जना घाइते

नौमती बाजामा फरक देउसी भैलो

‘अहिले देखिन छोडेको नौमती बाजा । त्यसमा देउसी खेल्नु औधी औधी राम्रो लाग्यो । यसैगरी अझै अघि बढ्नु पर्छ ।’

एसियन हाईवेमा जोखीम मोल्दै यात्रु, पाइलेपिच्छे दुर्घटनाको भय

दमक,११ कार्तिक । एसियन हाइवे , नाम नै गौरवको, तर यात्रुका लागि दुःखको पर्याय बनेको छ । लाखौँको सपना जोड्ने यो सडक अहिले आफैं यात्रुका

मौसम सफा नहुँदा विमानस्थलबाट हुने आन्तरिक र अन्तर्राष्ट्रिय तर्फका दुवै उडानमा केही ढिला

काठमाण्डौ,११ कार्तिक। मौसम सफा नहुँदा हवाई उडान पनि प्रभावित भएको छ । ‘भिजिबिलिटी’ कमजोर हुँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक र अन्तर्राष्ट्रियतर्फका दुवै उडान केही