‘मनदेखि मनसम्म’ कार्यक्रममा साहित्य, संगीत र प्रेमको महोत्सव

ह्यारिसबर्ग, माघ २८
विश्व भूटानी साहित्यिक संगठन (जीवीएलओ) को आयोजनामा अमेरिकाको ह्यारिसबर्गस्थित मम्स् ममको मझेरीमा आयोजित ‘मनदेखि मनसम्म’ कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ ।

 

प्रणय दिवसको अवसर पारेर गरिएको यस कार्यक्रममा ह्यारिसबर्ग वरपरका प्रतिष्ठित साहित्यकार, कवि, तथा सामाजिक अभियन्ताहरूको उपस्थितिले कार्यक्रमलाई अझ विशेष बनाएको महासचिव पातलो अन्तरेले जानकारी दिनुभयो ।

 

 

कवि तथा गीतकार शेखर कोइरालाले कार्यक्रमको उद्घाटन गरेपछि विभिन्न श्रष्टाहरूले प्रेम र समर्पणलाई उजागर गर्ने आफ्ना सिर्जनाहरू प्रस्तुत गरेका थिए । १५ जना कवि तथा स्रष्टाहरूले प्रेमका विविध आयाम समेट्ने आफ्ना उत्कृष्ट रचनाहरू वाचन गरेर उपस्थित दर्शकलाई मन्त्रमुग्ध बनाए ।

 

 

कार्यक्रममा सहभागिता जनाएर आफ्‌ना प्रस्तुति दिने साहित्यिकारहरु अनील नेम्वाङ, डी.पी. दुलाल, त्रिबिक्रम न्यौपाने, देवी दाहाल ‘डगाने’, शेखर कोइराला, डी.बी. सारु मगर, डा. नरद पोखरेल, जितु गुरुङ, बालकृष्ण अधिकारी, गोविन्द अधिकारी, गण्डकी पुत्र, मदन दुलाल, पातलो अन्तरे, भरत तिम्सिनासहित रहनु भएको थियो ।

 

 

कार्यक्रमको अन्त्यतिर गायक तथा संगीतकार मनोज राईले प्रेमिल गीत प्रस्तुत गरेर माहोललाई झनै रोमान्टिक बनाइदिनु भयो । उहाँको गीतले उपस्थित सबैलाई भावुक बनायो ।

 

कार्यक्रमलाई सफल बनाउन गीतकार अगम गुरूङले स्थल उपलब्ध गराएर महत्वपूर्ण भूमिका निर्वाह गर्नु भएको थियो । उहाँले शुभकामना व्यक्त गर्दै भन्नुभयो, ‘यस्ता कार्यक्रम गर्न मेरो यो प्राङ्गण सँधै खाली छ ।’ उहाँको यो अभिव्यक्तिले आयोजकहरूलाई अझ उत्साहित बनायो ।

 

 

जीवीएलओका प्रतिनिधिहरूले कार्यक्रमको सफलताप्रति खुशी व्यक्त गर्दै आगामी दिनहरूमा यस्ता साहित्यिक तथा सांगीतिक कार्यक्रमहरूलाई निरन्तरता दिने प्रतिबद्धता जनाए । साहित्य, संगीत र प्रेमको यो संगम ह्यारिसबर्गका नेपाली समुदायकालागि अविस्मरणीय र यादगार बनेकोमा संस्थाका महासचिव अन्तरेले खुसी ब्यक्त गर्नुभयो ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

टिमुरेमा ६ वर्षीया बालिकाको ६० घण्टापछि जीवितै उद्धार

काठमाडौँ , भदौ १३ । रसुवाको टिमुरे क्षेत्रबाट ६ वर्षीया बालिकाको जीवितै उद्धार भएको छ।बुधबार बिहान ९ नबज्दै तिब्बत क्षेत्रबाट आएको बाढीले रसुवागढी हुँदै टिमुरे

रसुवाको बाढीपछि धनगढीकी २४ वर्षीया पुष्पा शाही सम्पर्कविहीन

धनगढी,१३ भदौ । रसुवाको बेत्रावती क्षेत्रमा आएको भीषण बाढीपछि धनगढी उपमहानगरपालिका–५ की २४ वर्षीया पुष्पा शाही सम्पर्कविहीन हुनुन्छ । शाही एनएमबी लघुवित्त वित्तीय संस्था लिमिटेडको

लेदोले विद्यालय पुरियो, कक्षाकोठामै थन्किए विद्यार्थीका झोला

काठमाडौँ , भदौ १३ । भोटेकोशी हुँदै त्रिशुलीमा आएको बाढीका कारण धादिङको गल्छी गाउँपालिका–६ बैरेनी बजारस्थित बागेश्वरी मावि क्षतिग्रस्त छ।विद्यालयको प्रांगण र कक्षाकोठामा लेदोले भरिएको

रसुवाको बाढीपछि बर्दियाका दुई मजदुर चार दिनदेखि बेपत्ता

काठमाडौँ , १३ भदौ। शनिबार दिउँसो १२ बजेर ४१ मिनेट गएको थियो । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल अगाडी शान्तिकुमारी थारुले अस्पतालको शव गृह अगाडीको गेटमा

मुख्यमन्त्री थापा : रसुवाका बाढी प्रभावितको आवागमन सहज बनाउन वैकल्पिक मार्ग खोल्दैछौँ

काठमाडौं, भदौ १३ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले रसुवाका बाढी प्रभावित क्षेत्रका नागरिकको यात्रा सहज बनाउन प्रदेश सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको बताउनुभएको छ।मुख्यमन्त्री थापाले

पहिचानविहीन शवबीच आफन्त खोज्दै परिवार, आशा मर्दै

काठमाडौँ ,१३ भदौ। त्रिवि शिक्षण अस्पतालमा शवदाह गृह अगाडि आफन्तहरूको घुइँचो छ । अस्पतालको अद्यावधिक विवरण अनुसार अहिलेसम्म २६ जनाको शव आइपुगेको छ । जसमध्ये